ओलीकाे चुनावी फण्डा : नाइट क्लबमा झुम्नेदेखि ‘भाइरल’ पात्रसँग फाेटाे खिच्नेसम्म
नेपालबहस संवाददाता
कात्तिक २८, २०७९ सोमबार २०:२:३६
२२ कात्तिक, काठमाडौं । प्रदेश र प्रतिनिधिसभा निर्वाचन नजिकिएसँगै दल तथा स्वतन्त्र उम्मेदवारहरू प्रचारप्रसारमा व्यस्त छन् । मतदाता फकाउन, प्रचार र चर्चामा आउन उम्मेदवारहरूले विभिन्न गतिविधि जारी राखेका छन् ।
उनीहरु सामाजिक सञ्जालदेखि मिडियामा ‘भाइरल’ हुन र चर्चामा आइरहन विभिन्न हथ्कण्ड अपनाइरहेका छन् । यस्ता गतिविधिमा दलका शीर्ष नेताहरु समेत अगाडि देखिएका छन् ।
यसै क्रममा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रोचक शैली देखिएका छन् । कहिले सार्वजनिक मञ्चमै नानी उमेरका बालिकहरुको हात समात्दै नाच्ने त कहिले कालो चश्मा लगाएर ‘हिरो’ पल्टेर भाषण गर्दै आएका ओलीले युवायुवतीसँग मध्यरातमा एलओडी नाइट क्लब पनि पुगेर र्याप गीतमा नाचेका छन् । गीत गाउँदै उनको यो गतिविधिलाई चुनावी फण्डाबाहेक अरु केही नभएको निकटस्थ बताउँछन् ।
यस्तै एमालेकै प्युठानबाट प्रतिनिधिसभाका उम्मेदवार सूर्य थापाले पनि फण्डा देखाइरहेका छन् । सामाजिक सञ्जाल र युटुव च्यानलमा भाइरल भएका प्यूठानका ‘भेलु बाजे’ भनेर चिनिने मेनबहादुर बुढासँग तस्बिर खिचाएर उम्मेदवार थापाले अर्को चुनावी फण्डा मच्चाएका छन् ।
भेलु बाजेले बाेल्ने थुप्रै शब्दमा धेरैले टिकटक बनाएका छन् । तिनै भेलु बाजेसँग उम्मेदवार थापाले चुनाव प्रचारका क्रममा माला लगाएर खिचाएको तस्बिर सामाजिक सञ्जालको आफ्नो पेजमा राखेका छन् ।
सामाजिक सञ्जालमा देखिएको भिडियो र फोटा अनुसार भेलु बाजे र सूर्य थापा फूलमालासहित एकै ठाउँमा छन् । जहाँ भेलु बाजेले सूर्य थापाको लागि भोट मागेका छन् । छेउँमा थापा मख्ख परेका छन । उनकाे याे तरिकालाइ ओलीकै ‘सिकाे’काे रूपमा बुझ्नेकाे संख्या कम छैन । तस्बिर खिचाउँदा प्रचारमा हल्ला पुग्ने ठानेरै उनी यस्ता गतिविधिमा लागेको बताउँछन् ।
प्यूठानमा नेकपा एमालेले सूर्य थापा र गठबन्धनले राष्ट्रिय जनमोर्चाकी दूर्गा पौडेललाई उम्मेदवार बनाएका छन् । चुनावी मैदान भने थापासँग सत्तारुढ गठबन्धनबाट जनमोर्चाकी दुर्गा पौडेलले कडा टक्कर दिँदैछिन् । थापा ओली प्रधानमन्त्री छँदा प्रेस हेर्ने ठाउँमा बसेर खटनपटन चलाउँदा उनकै संगठन र टिमभित्र चर्को आलोचनामा परेका पात्र हुन् । ओलीका ‘किचन मेम्बर’ भएकै कारण प्युठानबाट थापाले उम्मेदवार टिकट पाएका भन्दै सहकर्मीहरु अहिले पनि रुष्ट छन् ।
थापा सत्ता गठबन्धन विरुद्ध एक्लै प्रतिस्पर्धा गर्दै जिल्लामा राष्ट्रिय जनमोर्चाको विरासत तोड्न कस्सिएका छन् । थापाको यो पहिलो संसदीय स्पर्धा हो । उनका प्रतिस्पर्धी राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष समेत रहेकी दुर्गा पौडेल भने समानुपातिक र निर्वाचित गरी दुई पटक सांसद भएको अनुभवका साथ चुनावी मैदानमा उत्रिएकी छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार
अमेरिकी डलर देखाई साढे ६ लाख ठगी गर्ने २ जना पक्राउ
मंसिर २७, २०८१ बिहिबार
संघीय निजामती विधेयकका संशोधनकर्तासँग छलफल सुरु
मंसिर २७, २०८१ बिहिबार
बाइडेनले दिए करिब १५०० अपराधीलाई क्षमादान
मंसिर २७, २०८१ बिहिबार
औषधि विधेयक अन्तिम चरणमा छ: स्वास्थ्यमन्त्री पौडेल
मंसिर २७, २०८१ बिहिबार