अनुहार हेरेर हाेइन योग्यताको आधारमा मतदान गर्नुस्, चुनाव जितेर विकास गर्छु : जन्मजय तिमिल्सेना
नेपालबहस संवाददाता
कात्तिक २८, २०७९ सोमबार २२:४:११
२८ कात्तिक, बर्दिया । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अब मात्र ६ दिन बाँकी छ। हरेक निर्वाचनमा जस्तै मंसिर ४ को निर्वाचनमा बर्दिया निर्वाचन क्षेत्र नं २(ख) चर्चामा छ।
अनुहारको आधारमा होइन, काम, विचार र योग्यताको आधारमा मतदान गरेर आफूलाई जिताउन गठबन्धनका साझा उम्मेदवार जन्मजय तिमिल्सेनाले आग्रह गरेका छन् । ठाकुरबाबा नगरपालिका गरिएको चुनावी सभामा बोल्दै तिमिल्सेनाले चुनावी प्रतिस्पर्धामा आफ्नो जित निश्चित हुने बताएका हुन् ।
निर्वाचनका लागी गठबन्धनका साझा उम्मेदवार र एमालेबीच यतिबेला याे क्षेत्रमा तिब्र प्रतिस्पर्धा देखिएकाे छ । बर्दियामा पनि चुनावी सरगर्मी बढेसँगै अहिले प्रदेशसभा सदस्य पदमा साझा उम्मेदवार नेपाली कांग्रेसका तिमिल्सेना र एमालेका लाहानु थारुबीच तिब्र प्रतिस्पर्धा हुने भएकाे छ ।
निर्वाचन क्षेत्र नं २(ख) का प्रदेशसभा सदस्यमा चुनावी प्रतिस्पर्धामा आफ्नो जित निश्चित तिमिल्सेनाले बताउदै आएका छन । सधैं जनताका कामप्रति दत्तचित्त र इमानदार नेता र स्पष्टवक्ताको रुपमा रहेका तिमिल्सेनाले चुनावी सभालाई सम्बोधन गर्दै आम मतदातामाझ प्रस्तुत हुदा इतिहासदेखि विकास बोकेर हिडेकाले मतदाता विश्वस्त देखिएकाले चुनावमा बिजय निश्चित भएको दाबी गरेका छन् ।
वन्यजन्तु पीडितका लागि चुनाव जिते लगत्तै प्याकेज बनाएर काम गर्ने दिर्घकालिन योजना लागु गर्ने तिमिल्सेनाले चुनावीसभामा बोल्दै आएका छन् । जिल्ला भएर बग्ने दुई वटा नदी बबई र कर्णालीमा बर्सेनि आउँने बाढी नियन्त्रणका लागि आयोजना ल्याउँन र बिगतदेखि तटबन्धका लागि पहलले गर्दा चुनावमा विजयी हुने संकेत देखिएको उनको भनाइ छ । उनी भन्छन्,‘चुनाव जित्छु,विकास गर्छु।
यसअघि तिमिल्सेना नेपाल तरुण दलको कार्यबाहक अध्यक्षका जिम्मेवारी बसेका छन् भने थारु एमालेका गाबिस उपाध्यक्ष जिम्मेवारी रहदा स्थानीयस्तरमा मतदाताको आर्कषण छ। निर्वाचन क्षेत्रनं. २ को प्रदेश २ ख मा तिमिल्सेना र थारुबीच प्रतिस्पर्धा रोमान्चक देखिएको स्थानीय मतदाताको भनाइ छ ।
स्थानीय निर्वाचनमा उक्त क्षेत्रमा ठाकुरबाबा र मधुवन नगरपालिकामा काग्रेसले जित निकाल्न सफल भएको थियो । उक्त क्षेत्रमा गठबन्धनले काग्रेसको जित्ने आधारमा स्थानीय निर्वाचनको मतदानलाई आधार मानेको छ । तर,थारु बाहुल्यरहेको क्षेत्रमा एमालेका प्रतिस्पर्धी थारुको लोकप्रियता गठबन्धनका साझा उम्मेदवार तिमिल्सेनालाई भारी पर्ने एक पक्षिय मतदाताले दाबी गर्दै आएका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार
अमेरिकी डलर देखाई साढे ६ लाख ठगी गर्ने २ जना पक्राउ
मंसिर २७, २०८१ बिहिबार
संघीय निजामती विधेयकका संशोधनकर्तासँग छलफल सुरु
मंसिर २७, २०८१ बिहिबार
बाइडेनले दिए करिब १५०० अपराधीलाई क्षमादान
मंसिर २७, २०८१ बिहिबार
औषधि विधेयक अन्तिम चरणमा छ: स्वास्थ्यमन्त्री पौडेल
मंसिर २७, २०८१ बिहिबार