एनआरएनएको सहयोगमा डोटीका भुकम्प पिडितलाई राहत सामाग्री वितरण
नेपालबहस संवाददाता
कात्तिक २८, २०७९ मंगलबार १:५२:२४
२७ कात्तिक, काठमाडौं । गैर आवासिय नेपाली संघ (एनआरएनए)को आयोजना तथा कैलाली उद्योग बाणिज्य संघ र डोटि उद्योग बाणिज्य संघको संयुक्त सहकार्यमा डोटिका भुकम्प पिडितलाई राहत सामाग्री वितरण गरिएको छ ।
राहत सामग्रमिा कार्तिक २२ गते मंगलबार राति ९ बजेर ७ मिनेटमा दिपायल केन्द्रविन्दु भएर आएको ५.७ म्याग्निच्युटको भूकम्पको पश्चिम नेपालका अधिकांश जिल्लामा भूकम्पको धक्का महसुस गरिएको थियो । डोटीमा भूकम्पले घर भत्किँदा ६ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका थिए ।
जिल्ला विपत व्यवस्थापन समिति मार्फत भूकम्प पीडितलाई साढे तीन लाख भन्दा बढी बराबरको राहत सामाग्री सहयोग गरिएको गैर आवासिय नेपाली संघ (एनआरएनए) का कार्यकार अध्यक्ष रविना थापाले जानकारी दिनुभयो । सो ठाउँमा भुकम्पमा परेर जनधनको क्षति भएपछि (एनआरएनए)ले उद्योग वाणिज्य सघहरुसंगको समन्वयमा डोटिका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख र नेपाल रेडक्रस सोसाईटी डोटी शाखाका प्र्रदेश महासचिवलाई राहात सामाग्री हस्तान्तरण गरेको अध्यक्ष थापाले जानकारी दिए ।
‘ एनआरएनएले स्थानीय प्रशासन तथा उद्योग वाणिज्य संघहरुसंगको सहकार्यमा खाद्यान्न लत्ता कपडा आदी राहत हस्तान्तरण गरेको छ । यसले भुकम्पबाट पीडितहरुलाई तत्कालै सानो भएपनि राहत मिल्ने हाम्रो अपेक्षा हो ।’ थापाले भने । एनआरएनएले २०७२ सालको भुकम्पमा पनि गोर्खा लगायतका विभिन्न जिल्लामा ठूलो सहयोग गरेको थियो ।
एनआरएनएको सहयोगमा डोटीमा तीन लाख ५४ हजार सात सय ५० बराबरको राहत सामाग्री वितरण गरिएको र यसले भुकम्प पिडीतहरलाई ठूलो राहत मिलेको डोटी उद्योग बाणिज्य संघका महासचिव दीपक बहादुर खड्काले बताए
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार