म विकासका एजेण्डासहित तपाईँहरुमाझ आएको छु : नेता रिजाल
आबिद हुसेन
कात्तिक २८, २०७९ मंगलबार २:२५:१७
२८ कात्तिक, बीरगञ्ज । नेपाली कांग्रेसका नेता एवं पर्सा क्षेत्र नम्वर ४ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रमेश रिजालले आफू विकासको मुद्धा लिएर मतदाताको घरदैलोमा आएको बताएका छन् ।
राजनैतिक अधिकारको लडाईं सकिएकाले अब विकासका एजेण्डासहित आफू मतदातामाझ आएको बताएका हुन् । सोमबार जगरनाथपुर गाउँपालिका ४ मा घरदैलो गर्दै नेता रिजालले मतदाताको मत कुनै पनि हालतमा खेर जान नदिने गरि आफूले आफ्नो ठाउँको विकास र समृद्धिका लागि काम गर्ने प्रतिबद्धता जनाए ।
जगरनाथपुरको सुहपुर, सोहरी, हरपुर, मोटोल लगायतमा घरदैलोमा पुगेका नेता रिजाल र प्रदेशसभा सदस्यका उम्मेदवार शंकर चौधरीलाई मतदाताले घरघरमा फुलमाला लगाएर भव्य स्वागत गरेका थिए ।मतदाताहरुले अहिले नेता रिजालको विकल्प नरहेको भन्दै आफूहरुले मत हाल्ने प्रतिबद्धता जनाउँदै जितको अग्रिम शुभकामना पनि दिए ।
घरदैलो कार्यक्रममा कांग्रेस नेता रामदेव चौहान, नबिन सिंह, माओबादी क्षेत्रीय इन्चार्ज इमदाद गद्दी, क्षेत्रीय सचीव बलिष्टर अहमद, इमरान मिया, मोजमिल मिया, मुस्लिम अन्सारी, हैतुल्लाह मिया मन्सुरी, जाकिर मिया, ढेलावन मिया, सुट्टी मिया, अस्लम गद्दी, रसिद देवान लगायतका गठबन्धनका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपप्रयाग अहमदको अध्यक्षतामा मदर्सा बरकतुल उलुमको नयाँ कार्यसमिति चयन
मंसिर १६, २०८१ आइतबार
बाघको आक्रमणबाट रौतहटमा वडा अध्यक्ष घाइते
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
एसिया कपमा बंगलादेशसँग नेपाल ५ विकेटले पराजित
मंसिर १६, २०८१ आइतबार
कविता : मनको बाघ
मंसिर १६, २०८१ आइतबार
वेडिङ फोटो अवार्डको लागि आवेदन खुल्ला, कसरी हुने सहभागी ?
मंसिर १६, २०८१ आइतबार
निर्वाचन आयोग भन्छ, उपनिर्वाचनमा ६२ प्रतिशतमाथि मत खस्यो, आजबाटै गणना सुरु हुन्छ
मंसिर १६, २०८१ आइतबार
प्रयाग अहमदको अध्यक्षतामा मदर्सा बरकतुल उलुमको नयाँ कार्यसमिति चयन
मंसिर १६, २०८१ आइतबार
सरेको सरै भयो भाटभटेनीका सञ्चालक गुरुङले एमालेलाई दान दिएको जग्गा विवादविरुद्धको रिट
मंसिर १६, २०८१ आइतबार