चुनावपछि सरकारमा को जाने, प्रधानमन्त्री कसले खाने ?
नेपालबहस संवाददाता
कात्तिक ३०, २०७९ बुधबार १६:५८:११
♦ अनुसा थापा / भक्तपुर
नेता हुनका लागि धेरै गुण चाहिन्छ । नेताको मन जहिले पनि फराकिलो हुनुपर्छ । सच्चा नेता कहिले पनि पद र पैसाको लागि दौडिँदैनन् । नेपाली कांग्रेसका नेता गणेशमान सिंहलाई राजाले प्रधानमन्त्री बन भन्दा उनले त्याग गरेको इतहास सबैलाई स्मरण नै छ । उनले म प्रधानमन्त्री खाँदिन, पदबिनै जनताका लागि काम गर्छु भनेका थिए । मरेर गएपनि अहिले जुनसुकै पार्टीका नेताले गणेशमानलाई राम्रो नेता भन्छन् ।
बाबु त्यागी भएपनि छोरा प्रकाशमान त्यसको उल्टो स्वभावका छन् । राजनीतिक परिवर्तन गर्नका लागि गणेशमान जेल गए, थुप्रै यातना भोगे, भूमिगत गए । बुबाले गरेको लगानीलाई अाधार बनाएर यतिखेर प्रकाशमानले ब्याज खाने भाँडो बनाएका छन् । बुवाको नाम बेचेर उनले राजनीति गर्दै आइरहेका छन् । कहिले बुवाको नाम लिएर पार्टीको सभापति लड्ने ।
मेरो बुवाको नामले पनि कांग्रेसका कार्यकर्ताले मलाई भोट दिन्छन् भनेर सभापतिमा होमिए । सय भोटमा सीमित भएपछि पार्टी सभापति शेरबहादुर देउवाकै शरणमा पुग्ने । बुवाकै नाम लिएर श्रीमती सिर्जनालाई काठमाडौंको मेयरमा उठाउने । काठमाडौंका जनताले चिन्दै नचिनेको, राजनीतिमा लाग्दै नलागेका व्यक्तिलाई काठमाडौंको मेयरमा उठाइयो । प्रकाशमानको दबाबमा परेर सिर्जनाले टिकट पाइन्, अन्ततः हार नै खेप्नुपर्यो ।
उनले म गणेशमानको बुहारी भनेर भोट मागिन् । मैले घर राम्ररी चलाए, अब महानगरपालिका चलाउँछु भनिन् । तर, काठमाडौंबासीले पत्याउँदै पत्याएनन् । काठमाडौं क्षेत्र नम्बर १ बाट प्रकाशमानले तीनचोटि चुनाव जितिसकेका छन् । २०६४, २०७० र २०७४ को चुनावमा उनले बाजी मारेका थिए । आसन्न चुनावमा पनि कांग्रेसबाट उनी नै उम्मेदवार छन् । तर, तीनपटक चुनाव जित्दा पनि क्षेत्र नम्बर १ को विकास त्यति राम्रो छैन् । प्रकाशमानले सिन्कोसमेत नभाँचेको यहाँका स्थानीयबासीको गुनासो छ । पार्टीमा जहिले पनि गुट बनाउने अनि पदको लागि बार्गेनिङ गर्ने । अनि आफ्नो क्षेत्रमा आएको बजेटमा रजाँइ गर्ने । क्षेत्र नम्बर १ मा भएका सरकारी सम्पत्ति जोगाउन कुनै चासो नदेखाउने । उक्त क्षेत्रमा भएका गुठीका जग्गा, ताल, पोखरी, सार्वजनिक जग्गा, ढुंगेधारा, चौतारा, पार्टीपौवा सबै व्यक्तिको नाममा गइसकेको छ ।
सो खोजतलास गर्नतर्फ पनि उनको ध्यान गएन् । यो क्षेत्रका जनताहरुको भनाइअनुसार यो चुनावमा प्रकाशमानलाई ग्राहो छ । उनको विगतका काम हेरेर स्थानीयबासीले उनलाई मत दिने छैनन् । प्रकाशमानले तपाईहरु मलाई भोट दिएर चुनेर पठाउनुहोस्, अब प्रधानमन्त्री बन्ने पालो मेरो हो भन्दै भोट मागिरहेका छन् । यता, काठमाडौं ४ का उम्मेदवार गगन थापा पनि सोही कुरा बताउँदै आएका छन् ।
मंसिर ४ गतेपछिको पहिलो प्रधानमन्त्री मै हो भन्दै गगन घरदैलो पुगेका छन् । कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले चुनावपछि देशको प्रधानमन्त्री शेरबहादुर देउवा हो भनिसकेका छन् । यता, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि प्रधानमन्त्री बन्ने इच्छा देखाएका छन् । देउवासँग भेटवार्ता गरेर उनले पाँच वर्षको कार्यकालमा आधाआधा प्रधानमन्त्री खाने कुरा राखिसकेका छन् ।
कांग्रेसभित्र देउवाको बहुमत छ । अहिलेको चुनावमा पनि देउवा पक्षका उम्मेदवार बढी छन् । कांग्रेसले एकल बहुमत ल्याउँदैन भन्ने त सबैलाई थाहा छ । माओवादीको सहयोगबिना सरकार बन्न असम्भव छ । गगन डा. शेखर कोइरालाको गुटको मान्छे हुन् । शेखरको गुटले अहिले कति क्षेत्रमा टिकट पाएका छन् ? यो जनता र कांग्रेस पार्टीलाई थाहा छ । क्षेत्र नम्बर ४ बाट चुनाव हार्ने भएपछि गगनले यो रणनीति अप्नाएको बुझिन्छ ।
उनले चुनाव जितेपनि अर्को २० वर्ष उनी प्रधानमन्त्री हुन पाँउदैनन् । यसअघि पनि विभिन्न आश्वासन दिलाएर भ्रममा पारेर उनले चुनाव जितेका हुन् । योचोटि जनतालाई झुक्याउने गाह्रो पर्ने भएपछि उनले प्रधानमन्त्रीको कार्ड फालेका हुन् । प्रकाशमान गुण्डा पाल्ने मान्छे हो, गगन आफैं गुण्डा हुन् । उनले गुण्डाको भरमा राजनीति गरेका हुन् । गगनसँग राजनीति गर्ने क्षमता पनि छैन् । राजनीति गर्न धैर्यता, नम्रतालगायतका गुणहरु आवश्यक छ । जुन उनीमा अलिकति पनि छैन् । कसैलाई गाली गर्नुपर्यो भने आँखा चिम्लेर गाली गर्छन् ।
मिडियाबाजी गरेर गगन अगाडि आए । तर, उनी कस्ता व्यक्ति हुन् भनेर मिडियाले खोजतलास गरेन् । उनको भित्री तथ्य खोताल्न कोही पनि सफल भएन् । मिडियामा जे आयो, जनताले त्यही पत्याए । देखाउने र चपाउने दाँत छुट्टाछुट्टै भएका व्यक्तिको आनीबानी पनि त्यस्तै हुन्छ ।गगन माओवादीको ‘खुंखार’ विरोधी हुन् । हिजो उनले माओवादीको धजिया उडाएका थिए । माओवादी र नेकपा एकीकृत समाजवादी पार्टीप्रति आस्था राख्ने व्यक्तिले उनलाई भोट दिँदैनन् । माओवादीलाई सिध्याउने पनि गगन नै हुन् । यो क्षेत्रका जनतालाई विभिन्न प्रलोभन देखाएर, पैसा बाँडेर गगनले चुनाव जितेछन् भनेपनि प्रचण्डले उनलाई कुनै हालतमा प्रधानमन्त्री बन्न दिँदैनन् ।
राजनीति र कुटनीतिमा प्रचण्डका अगाडि गगन बच्चा हुन् । आफूमाथि आउनका लागि जतिबेला पनि प्रचण्डलाई चुनौती दिन्थे । प्रचण्ड जुन क्षेत्रबाट चुनाव लड्छ, म त्यहीबाट चुनाव लड्छु भनेर गगन भाषण दिइहाल्थे । उनी जहिले पनि प्रचण्डको विरोध गर्थे र मिडियाले पनि यही विषयलाई हाइलाइट बनाउथ्यो । प्रचण्डको दाउरा समातेर गगन यहाँसम्म आइपुगेका हुन् । प्रचण्डले मुटुमाथि ढुंगा राखेर केही भनेका छैनन् । उनी धैर्यताका साथ हिँडेका छन् । हिजो माओवादी टुक्राटुक्रा बनाउन पनि गगनको ठूलो हात छ । प्रचण्डको जालमा नेकपा एमाले त फस्यो । एमाले टुक्राटुक्रा बन्यो, केपी शर्मा ओली, महेश बस्नेत, शंकर पोखरेल, गोकुल बास्कोटा एकातिर झलनाथ खनाल, माधव नेपाल अर्कोतिर । एमालेसँग प्रचण्डले बदला पूरा गरिसकेका छन् ।
आफूमाथि लागेको चोटमा उनले आधा मल्हम लगाइसकेका छन् । अब पालो कांग्रेसको । मंसिर ४ पछि कि देउवा र प्रचण्डले आधाआधा प्रधानमन्त्री खाने सहमति हुन्छ । गगनले प्रधानमन्त्री पद सुघ्न पनि पाँउदैनन् । कि त कांग्रेस टुंक्राटुक्रा हुन्छ । गगनले निहुँ खोजेपनि प्रचण्डको भनाइमा आएर देउवाले कांग्रेसको साधारण सदस्यसमेत नरहने गरी उनलाई हटाइदिन्छन् । हिजो एमाले र माओवादी एक हुँदाखेरि प्रचण्डले ओलीलाई पार्टीको साधारणसहित नरहने गरी निष्काशन गरेको त कसैले बिर्सिका छैनन् । ओलीलाई त नछोडेकाले गगनलाई बाँकी राख्छन् ? गगनको राजनीतिको डोरो प्रचण्डको हातमा छ । हिजोजस्तो दबाब दिन्छु, पार्टीका नेता कार्यकर्तालाई घुँडा टेकाउँछु भनेर गगनले नसोच्दा नै बेस हुन्छ । किनकि कांग्रेस एक्लैले सरकार चलाउन सक्दैन् ।
माओवादीको सहारा चाहिन्छ । माओवादीले गगनलाई अघि बढ्न दिँदैनन् । कांग्रेस माओवादीकरण भइसकेको छ । कांग्रेसको सिद्धान्त र विचार माओवादीले सखाप पारिदियो । पार्टी कार्यालयमा गिरिजाप्रकाश कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, मातृकाप्रसाद कोइरालालगायत अन्य कांग्रेसका नेताको फोटो हटाएर प्रचण्डको फोटो राख्दा राम्रो होला । देशको राजनीति शक्ति प्रचण्डको हातमा गएको छ । प्रचण्डले जे भन्छन्, त्यही हुन्छ । देउवा, रामचन्द्र पौडेल, गगन, प्रकाशमानलगायत अन्य कांग्रेसी नेता पदका लागि प्रचण्डको शरणमा जाने दिन आयो । प्रचण्ड इतिहास बिर्सिएझैं गरेर बसिरहेका छन् । हिजो माओवादी नेताहरुको टाउकोको मूल्य ५० लाख राख्ने देउवा नै हुन् । देउवाको घोषणालाई पैतालामुनि राखेर प्रचण्ड हिँडिरहेका छन् ।
कांग्रेसलाई सिध्याएर आफुमाथि जानका लागि प्रचण्डले रणनीति बनाए । हिजो एमालेको नेताहरुको नारी छाम्यो अब पालो कांग्रेसीको । एमाले र कांग्रेसले अब प्रचण्डको शरणमा आउनुपर्छ । चुनावपछि कांग्रेस फुटेर चार टुक्रा हुन्छ । एमाले पनि थप टुक्रामा विभाजित हुन्छ । एमालेले आफ्नो धेरै क्षेत्रबाट हात धुँदैछ । जसको कारण एमाले पनि टुक्रिन्छ । घुमाइघुमाइ एमाले र कांग्रेसलाई प्रचण्डले सिध्याइदिए । राजनीति र कुटनीतिमा प्रचण्डलाइर्मा कसैले भेट्टाउँदैन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवाणिज्य क्षेत्रका समस्या र सरकारको पहल
मंसिर १०, २०८१ सोमबार
छैटौँ एशियाली जनसङ्ख्या सम्मेलनः जनसङ्ख्या र विकासका सवाल
मंसिर ९, २०८१ आइतबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार