बर्दियाका उम्मेदवार सहजै जित्ने जिकिर गर्दै विकासका एजेण्डा बोकेर घरदैलोमा
नेपालबहस संवाददाता
कात्तिक २९, २०७९ मंगलबार २१:२७:४९
२९ कात्तिक, बर्दिया । आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि बर्दियामा प्रतिनिधिसभा सदस्यमा दुई र प्रदेशसभा सदस्यमा चार जना निर्वाचित हुँदैछन् । जिल्लाको क्षेत्र नं १ को २ मा प्रदेशसभा सदस्य पदका लागि सत्तागठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रकी अन्जु दहित, एमालेका भक्तबहादुर विक तथा स्वतन्त्र उम्मेदवार सुवास पोख्रेलबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।
क्षेत्र नं १ को २ बाट प्रदेशसभा सदस्य पदका लागि उम्मेदवारी दिएकी दहित यसअघि बर्दिया नगरपालिकाको उपप्रमुखसमेत हुन । आफूले सहजै जित्ने जिकिर गर्दै विकासका एजेण्डा बोकेर घरदैलो गरिरहेको उनले बताइन ।
सुकुम्वासी नेताका रुपमा परिचित नेकपा ‘माले’का भक्तबहादुर विक यसपटक चुनावी मैदानमा उत्रिएका छन । गरिब र सर्वहारा वर्गको उत्थानका लागि आफनो उम्मेदवारी रहेको उनी बताउछन ।आफूहरुले सहजै जित्नेसम्भावना रहेको विक बताउछन । लामो समय राजनीतिमा बिताएका पोख्रेल पुराना ठूला राजनीतिक पार्टीले विश्वास गुमाएको भन्दै आफूले स्वतन्त्रबाट उम्मेदवारी दिएको बताए ।
क्षेत्र नं १ मा एक स्वतन्त्रसहित १० उम्मेदवार छन् । यस क्षेत्रमा वामलोकतान्त्रिक गठबन्धनबाट पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता सञ्जय गौतम यसपटक पनि उम्मेदवार छन । यस्तै एमालेबाट पार्टी केन्द्रीय सदस्य लक्ष्मण ज्ञवाली उम्मेदवार बनेका छन । यिनै दुईबीच नै मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । एमालेका उम्मेदवार ज्ञवालीले जिल्लाका भूमिहीन सुकुम्बासी, मुक्त कमैया र स्थानीय जनताको हकअधिकारका लागि आन्दोलन गर्दै आएको र उनीहरूको सुख–दुःखको साथी पनि भएको हुनाले आफूलाई जनताले मत दिने बताउछन ।
गठबन्धनको तर्फबाट बर्दिया–१ का उम्मेदवार कांग्रेसका गौतम विगतमा आफूले जिल्लामा धेरै विकास र निर्माणका काम गरेको जिकिर गर्दै जनताले आफूलाई नै भोट दिएर जिताउनेमा विश्वस्त छन। गत प्रतिनिधिसभा सदस्यको चुनावमा एमाले र माओवादीको गठबन्धन भए पनि तत्कालीन एमालेका उपाध्यक्षसमेत रहेका वामदेव गौतमलाई पराजय गरेर गौतम विजयी भएका थिए । बर्दिया क्षेत्र नं १ प्रतिनिधिसभा–१ मा एक लाख ६२ हजार छ सय ६२ मतदाता रहेकामा प्रदेशसभा क्षेत्र नं १ ‘१’ मा ८१ हजार नौ सय १९ मतदाता र क्षेत्र नं १ ‘२’ मा ८० हजार सात सय ४३ मतदाता छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
बाइडेनले दिए करिब १५०० अपराधीलाई क्षमादान
मंसिर २७, २०८१ बिहिबार
औषधि विधेयक अन्तिम चरणमा छ: स्वास्थ्यमन्त्री पौडेल
मंसिर २७, २०८१ बिहिबार
अदालत परिसरबाट फेरि पक्राउ परे दुर्गा प्रसाईं, समर्थकबाट सरकार विरुद्ध नाराबाजी
मंसिर २७, २०८१ बिहिबार
मन्त्रालयले भन्यो:- कोही कसैबाट एम्बुलेन्सको दुरुपयोग भएमा खबर गर्नु
मंसिर २७, २०८१ बिहिबार
प्रहरी समायोजन कार्य छिट्टै सम्पन्न गरेर सङ्घीयतालाई थप बलियो बनाइने : गृहमन्त्री लेखक
मंसिर २७, २०८१ बिहिबार