लमजुङ-१ मा जमिन्द्रमान र टकराज दोस्रो पटक आमनेसामने, कसले मार्ला बाजी ?
नेपालबहस संवाददाता
कात्तिक ३०, २०७९ बुधबार १७:३१:४६
३० कात्तिक, लमजुङ । निर्वाचनको मिति नजिकिँदै जाँदा लमजुङमा उम्मेदवारको पक्ष विपक्षमा मत विभाजनसँगै जीत हारको चर्चा परिचर्चा चल्न थालेको छ । यसपटक लमजुङ क्षेत्र नं। १ को प्रदेशसभा सदस्यमा पुनः एमालेका जमिन्द्रमान घले र नेपाली कांग्रेसका डा. टकराज गुरुङ आमनेसामने छन् ।
उनीहरू दुवैजना २०७० को दोस्रो संविधानसभा निर्वाचनमा प्रतिस्पर्धी थिए। एमाले केन्द्रीय सदस्य जमिन्द्रमान घले यसपटक प्रतिनिधि सभा निर्वाचन लड्न चाहन्थे। कांग्रेस जिल्ला सभापति रहेका डा। टकराजपनि प्रतिनिधिसभा मै सिफारिस भएका थिए। तर, पार्टीले दुवैलाई प्रदेशमा झार्यो। घले र गुरुङ अहिले प्रदेशमा प्रतिष्पर्धा गर्दैछन्।
दोस्रो संविधानसभामा गुरुङलाई ७ सय ९८ मतले हराएर घले संविधानसभा सदस्यमा निर्वाचित भएका थिए। यसपटक घले आफ्नो जीतको विरासत जोगाउन कस्सिएका छन भने गुरुङ विरासत तोड्न।
विगतमा कांग्रेसको ‘किल्ला’का रूपमा रहेको यस क्षेत्र २०६४ पछि बामपन्थी दलले कब्जा गरेका छन्। पहिलो संविधानसभा निर्वाचनमा नेकपा माओवादीका बुद्धिराम तमु निर्वाचित भए।
दोस्रो संविधानसभा निर्वाचनमा एमालेका घले निर्वाचित भए भने ०७४ मा प्रदेशसभामा बाम गठबन्धनबाट एमालेका धनन्ञ्य दवाडी निर्वाचित भए। यतिबेला दुवैले चुनावी प्रचार तीव्र बनाएका छन्। दुवैले चुनाव जित्ने दावी पनि गरेका छन्। गठबन्धन भएकाले टकराज आफूले चुनाव जित्ने दावी गर्छन्।
जमिन्द्रमान आफ्नो संगठन र लोकप्रियता राम्रो भएकाले चुनाव जित्ने बताउँछन्। दुवैको एउटै लक्ष्य छ, आफूले चुनाव जितेमा कृषि, पर्यटन, जलस्रोतसहित विकासका पूर्वाधारहरूमा काम गर्ने।
लमजुङ प्रदेश १ मा ४ स्थानीय तह छन्। जसमध्ये २ वटा गाउँपालिकामा एमालेका अध्यक्ष, एउटा गाउँपालिका र एउटा नगरपालिकामा कांग्रेसले प्रमुख जितेका छन्।
एमाले र कांग्रेसले एक(एक उपाध्यक्ष जित्दा माओवादीले दुईवटा उपप्रमुख जितेको छ। स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धन र एमाले प्रतिस्प्रर्धी थिए। प्रदेश ‘१’ मा पर्ने बेंसीसहर नगरपालिका–१० र ११ वडाको अध्यक्ष एमालेले जितेको छ।
प्रमुखरअध्यक्ष तथा वडाअध्यक्षले पाएको मतअनुसार एमालेभन्दा गठबन्धन ४ सय २१ मत अगाडि छ। एमालेले १९ हजार ७ सय ६ ल्याउँदा गठबन्धनले २० हजार १ सय २७ मत ल्याएका छन्। यी दुईमध्ये कुन नेताले बाजी मार्छन त्यो थाहा पाउन मंसिर ४ कुर्नैपर्ने हुन्छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
कांग्रेसले चैत्र मसान्तभित्र भ्रातृ संस्थाको महाधिवेशन गराउने, देउवाले तोके संयोजक
मंसिर २६, २०८१ बुधबार
रवि लामिछानेलाई आज पोखरा लगिँदै, अनुसन्धान प्रतिवेदन बुझाउने तयारीमा प्रहरी
मंसिर २६, २०८१ बुधबार
टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
मंसिर २६, २०८१ बुधबार
जापानले रक्षा बजेट विस्तारका लागि कर बढाउने
मंसिर २६, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
उपराष्ट्रपति यादव कतारको राष्ट्रिय दिवसमा सरिक
मंसिर २६, २०८१ बुधबार
अफगान शरणार्थी मन्त्रीको आत्मघाती विष्फोटमा मृत्यु
मंसिर २६, २०८१ बुधबार
मानव बेचबिखनमा वृद्धि: राष्ट्रसंघ
मंसिर २६, २०८१ बुधबार