विश्वप्रकाश शर्माले निर्वाचन आचारसंहिता उल्लंघन नगरेको निर्वाचन आयोगको ठहर
नेपालबहस संवाददाता
कात्तिक ३०, २०७९ बुधबार १७:५१:७
३० कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवम् झापा क्षेत्र नं. १ का उम्मेदवार विश्वप्रकाश शर्माले निर्वाचन आचारसंहिता उल्लंघन गरेको पुष्टि नभएको निर्वाचन आयोगले निष्कर्ष निकालेको छ ।
उम्मेदवार शर्माले अग्निपीडि केशव निरौलालाई ११ हजार रुपैयाँ आर्थिक सहयोग गरेको विषयलाई विजय दाल्मियाले निर्वाचनको बेला अग्नि पीडितलाई नगद सहयोग गरेर शर्माले निर्वाचन आचारसंहिता विपरीत कार्य गरेको भन्दै आफ्नो सामाजिक संजाल फेसबुकमा रकम हस्तान्तरण गर्दैगरेको तस्बिर पोष्ट गरेको विषयमा परेको उजुरीमाथि निर्वाचन आयोगले यस्तो निष्कर्ष निकालेको हो ।
उजुरी परेपछि आयोगले शर्मालाई स्पष्टिकरण सोधेको थियो । स्पष्टिकरणको जफावमा शर्माले निर्वाचनमा मतदातालाई प्रभावित पार्न नभई आफ्नी आमाको पुण्य स्मृतिमा विशुद्ध मानवीय भावनाले आगलागीका पीडितलाई आर्थिक सहयोग प्रदान गरेको र अरु दुई लाख ५० हजार रुपैयाँ सोही पीडितलाई प्रदान गर्न अमेरिकाबाट मुनिन्द् नेम्वाङको नेतृत्वमा पहिल्यै जम्मा भएको कम दिइएको र रकम हस्तान्तरण गर्दा कुनै किसिमका सार्वजनिक कार्यक्रम नगरिएको विषय खुलाएका थिए । जवाफमा मानवीय भावनाले गरिएको सहयोगलाई कुनै दोस्रो व्यक्तिले सामाजिक संजालमा तस्बिर पोष्ट गर्दैमा आचारसंहिता उल्लंघन गरेको भन्न नमिल्ने जिकिर गरिएको थियो ।
उजुरी र जवाफको अध्यायनपछि आयोगले शर्माबाट भएको उक्त रकम हस्तान्तरण कार्य र मिसिलमा उप्लब्ध कागजात र प्रमाणबाट आचारसंहिता उल्लंघन हुन गएको भन्ने उजुरी वस्तुगत रुपमा पुष्टि हुन नसकेको ठहर गर्दै उजुरी तामेलीमा राख्ने निर्णय आयोगका केन्द्रीय आचारसंहिता अनुगमन समिति संयोजक रामप्रसाद भण्डारीद्वारा आदेशमा उल्लेख छ ।
निजको उक्त कार्यबाट निर्वाचन आचारसंहिता उल्लंघन हुन गएको भन्ने कुरा वस्तुगत रुपमा पुष्टि हुन सकेको देखिएन’ आयुक्त रामप्रसाद भण्डारीद्वारा जारी आदेशमा आयोगको भनिएको छ, ‘मिसिलमा संलग्न कागजातहरु र निज विश्वप्रकाश शर्माबाट पेश भएको स्पष्टिकरण जवाफ समेतबाट निर्वाचन आचारसंहिता २०७९ विपरीतको कार्य गरेको पुष्टि हुन आएको नदेखिँदा प्रस्तुत उजुरी तामेलीमा राखिदिने ठहर्छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
ऋण लिएको स्वीकार गरेपछि रविलाई आफ्नै बयान भयो गलपासोः यस्तो छ अभियोग पत्र
माघ ७, २०८१ सोमबार
शक्तिकेन्द्रलाई बेकुफ बनाउँदै आईजीपी कुँवर उठ्ती पुठ्ती धन्दामा
माघ ७, २०८१ सोमबार
राष्ट्रपतिको सपथ लिँदै ट्रम्पले भने– म सधैं अमेरिकालाई प्राथमिकता दिनेछु
माघ ८, २०८१ मंगलबार
वडाध्यक्षको पहलमा कार्यालय परिसरमा फूलबारी
माघ ८, २०८१ मंगलबार
देवदह र रामग्रामबाट लुम्बिनीसम्म बिजुली बस सञ्चालन हुँदै
माघ ८, २०८१ मंगलबार
रूकुमको एउटै पालिकाबाट ६ करोडको अदुवा बिक्री
माघ ८, २०८१ मंगलबार
रुख कटान नहुँदा मदन भण्डारी राजमार्ग निर्माण प्रभावित
माघ ८, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
माघ ८, २०८१ मंगलबार