जुम्ला प्रदेशसभा-२ मा त्रिपक्षीय प्रतिस्पर्धा, उम्मेदवारलाई मतदाता भेट्ने चटारो
नेपालबहस संवाददाता
कात्तिक ३०, २०७९ बुधबार १८:४८:३३
३० कात्तिक, जुम्ला । निर्वाचनको मौन अवधि सुरु हुन केही दिनमात्र बाँकी छ । मौन अवधिमा चुनावी प्रचार–प्रसार गर्न नपाइने भएकाले अहिले जुम्लाका उम्मेदवार मतदाता भेटघाटको चटारोमा छन् ।
एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको जुम्लामा प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र–२ ‘२’ मा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ । सत्ता गठबन्धनका तर्फबाट नेकपा ‘एकीकृत समाजवादी’बाट पदम रोकाया, नेकपा ‘एमाले’बाट टेकराज पछाईँ र स्वतन्त्रबाट धनबहादुर बस्नेतबीच कडा प्रतिस्पर्धा हुने सम्भावना छ । राप्रपाबाट देवप्रसाद न्यौपाने र नेमकिपाका विर्षबहादुर रावत उम्मेदवार हुन ।
बस्नेतले कांग्रेस छाडेर स्वतन्त्र उम्मेदवारी दिएका हुन् । सत्ता गठबन्धन भएकाले रोकाया आफु जित्नेमा ढुक्क छन। एमालेका पछाईँ संगठन बलियो भएका कारण आफु जित्ने बताउछन।
विसं २०७४ को निर्वाचनमा कांग्रेसका भीमनिधि हमाललाई पराजित गरेर प्रदेशसभा सदस्यमा निर्वाचित भएका रोकायालाई त्यतिबेला एमालेको साथ थियो । पछि उनी नेकपा ‘एकीकृत समाजवादी’मा प्रवेश गरेका हुन् ।
रोकाया र पछाईँलाई चुनौती दिन स्वतन्त्र उम्मेदवार धनबहादुर बस्नेत चुनावी मैदानमा उत्रिएका छन् । उनले ४८ वर्ष कांग्रेसमा रहेर राजनीति गरे । जुम्लामा ८३ मतदानस्थल, एक सय छ मतदान केन्द्र र दुई अस्थायी मतदान केन्द्र कायम गरिएकोे जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा कुल ६८ हजार छ सय ३८ मतदाता छन् । प्रदेशसभा ‘१’ मा ३६ हजार सात सय ८३ र प्रदेशसभा ९२० मा ३१ हजार आठ सय ५५ मतदाता छन् ।
गत वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा तिला, सिंजा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष माओवादी केन्द्रले जितेको थियो । हिमा र कनकासुन्दरी गाउँपालिकामा कांग्रेसले अध्यक्ष र उपाध्यक्ष जितेको थियो । एमाले पालिका नेतृत्वविहीन अवस्थामा छ ।
तिला, हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिका प्रदेश ‘२’ मा पर्छन् । यस्तै प्रदेशसभा ‘१’ मा सत्ता गठबन्धबाट नेपाली कांग्रेसका ललितजङ्ग शाही, एमालेका धीरेन्द्रराज गिरी, नेमकिपाबाट राजेश्वर देवकोटा र स्वतन्त्रबाट देवेन्द्रबहादुर शाही चुनावी प्रतिस्पर्धामा रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन
मंसिर १०, २०८१ सोमबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
लालझाडीमा जङ्गली हात्तीले आतंक मच्चायो
मंसिर १०, २०८१ सोमबार
अफिसमा रोमान्स गर्नेलाइ १२ सय पुरस्कार, जोडी मिलाए १० हजार बढी
मंसिर १०, २०८१ सोमबार
एनआइसी एसियाको स्वामित्वमा रहेको ४ कम्पनीको सेयर लिलामी भर्ने आज अन्तिम दिन
मंसिर १०, २०८१ सोमबार
वायु प्रदुषण गर्ने दिल्लीका सवारीलाइ १६४ करोड जरिवाना
मंसिर १०, २०८१ सोमबार
धरहराकाे पहिलो दिनकाे आम्दानी १ लाख २० हजार बढी
मंसिर १०, २०८१ सोमबार
लुम्बिनीमा हवाई सेवा सञ्चालन गर्न कम्बाेडियासँग सभामुखको जोड
मंसिर १०, २०८१ सोमबार