महोत्तरी–४ः दुई गठबन्धनबीच मुख्य प्रतिस्पर्धा, चुनाव परिणाम कस्तो होला ?
नेपालबहस संवाददाता
कात्तिक ३०, २०७९ बुधबार १९:४:५६
३० कात्तिक, महोत्तरी । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा महोत्तरी–४ मा प्रतिनिधिसभा सदस्यमा दुई गठबन्धनबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।
महोत्तरी–४ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेन्द्रकुमार राय र एमाले–जसपा गठबन्धनबाट जनता समाजवादी ‘जसपा’ नेपालका केन्द्रीय सदस्य डा. सुरेन्द्रकुमार यादवसहित प्रतिनिधिसभा सदस्य पदमा १४ उम्मेदवार छन। जसमा स्वतन्त्र उम्मेदवारको सङ्ख्या छ छ । चुनावी प्रतिस्पर्धामा दुई गठबन्धनका अतिरिक्त जनमत पार्टी, राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपा नेपालसहितका दलका उम्मेदवार छन् ।
यद्यपि यहाँ निवर्तमान सांसद डा यादव र नेकां केन्द्रीय सदस्य रायबीच नै मुख्य प्रतिस्पर्धा हुने आकलन गरिँदैछ । निर्वाचनमा खुला प्रचारको अवधि सकिनैलाग्दा धेरैजसो अन्तिम आकर्षक सभाको तयारीमा जुटेका छन् ।
निर्वाचनको मतदान कार्यक्रम अब चार दिनमात्र बाँकी हुँदा आम सर्वसाधारणमा चुनाव परिणाम कस्तो होला भन्ने खुल्दुली र चासो देखिन्छ । क्षेत्रमा धेरैजसो डा. यादव र कांग्रेस केन्द्रीय सदस्यबीच मुख्य प्रतिस्पर्धाकै चर्चा गरिएको पाइएको छ । यसअघि २०७४ मा डा यादव त्यतिखेरको वाम गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार मोहम्मद रजि हैदरलाई पछि पार्दै विजयी भएका थिए । त्यतिखेरका मुख्य प्रतिस्पर्धी हैदर अहिले रायको पक्षमा छन ।
सत्ता गठबन्धनबाट राय उम्मेदवार छन । त्यसबाहेक सत्ता गठबन्धनआवद्ध माओवादी केन्द्र, नेकपा ‘एकीकृत समाजवादी’ र लोसपाका नेता–कार्यकर्ता रायको पक्षमा जुटेका छन् । यो गठबन्धनआवद्ध राष्ट्रिय जनमोर्चाको भने यहाँ गतिविधि देखिँदैन । त्यसैगरी जसपा र एमालेका नेता कार्यकर्ता डा यादवको पक्षमा जुटेका छन् ।
खुला प्रचारको अवधि सकिनै लाग्दा उम्मेदवारले प्रचार अभियान झन तीव्र बनाएका छन् । जसपाका डा यादव पनि सहयोगी दल एमालेका स्थानीय नेतासाथ सघन भेटघाट र एकै दिन कैयौँ ठाउँमा कोणसभा गरिरहेका छन ।
महोत्तरी–४ मा औरही नगरपालिकाका छ, मनराशिवा नगरपालिकाका सात, रामगोपालपुर नगरपालिकाका नौ ‘सबै’, सम्सी गाउँपालिकाका सात ‘सबै’ र सोनमा गाउँपालिकाका आठ ‘सबै’ गरी जम्मा ३७ वडा समेटिएका छन् । प्रदेशसभा ‘१’ मा १८ र प्रदेशसभा ‘२’ मा १९ वडा छन् ।
महोत्तरी–४ प्रतिनिधिसभा क्षेत्रभित्रका दुई प्रदेशसभा क्षेत्रमध्ये प्रदेशसभा ‘१’ र ‘२’ मा क्रमशः सत्ता गठबन्धनबाट क्रमशः लोसपाका कौशलकुमार राय ‘यादव’ र नेकपा ‘माओवादी केन्द्र’का लालेन्द्रकुमार मण्डल छन । उनीहरूमध्ये राय यसअघि सोही प्रदेशसभा क्षेत्रबाट सङ्घीय समाजवादी पार्टी ‘पछि जसपा’बाट निर्वाचित भए पनि यसपटक लोसपाबाट उम्मेदवार बनेका हुन । त्यसैगरी मण्डल विसं २०६४ को पहिलो संविधानसभा सदस्य थिए ।
यसैगरी एमाले–जसपा गठबन्धनबाट प्रदेशसभा क्षेत्र ‘१’ मा एमालेका केन्द्रीय सदस्य सरोज यादव र ‘२’ बाट जसपाका यसअघि सोही क्षेत्रबाट निर्वाचित प्रदेशसभा सदस्य सरोजसिंह कुशवाहा उम्मेदवार हुन । प्रदेशसभामा पनि यिनै दुई गठबन्धनबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।
प्रदेशसभा क्षेत्र ‘१’ मा तीन महिलासहित २५ उम्मेदवार छन । स्वतन्त्र उम्मेदवारको सङ्ख्या १७ छ । त्यसैगरी प्रदेशसभा क्षेत्र ‘२’ मा २० उम्मेदवार रहेका छन । यहाँ एक मात्र महिला उम्मेदवार हुन । स्वतन्त्र उम्मेदवारको सङ्ख्या १४ रहेको निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन अधिकृत दशरथ गौतमले जानकारी दिए । महोत्तरी–४ प्रतिनिधिसभा क्षेत्रमा ९८ हजार आठ सय ९६ मतदाता छन् । कुल ६० मतदानस्थलमा एक सय २२ मतदान केन्द्र कायम गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
नेपाली सेनामा नर्स, पण्डितदेखि भिडियो सम्पादन लगायतका पदहरुमा भर्ना खुल्यो (सूचनासहित)
मंसिर २८, २०८१ शुक्रबार
एनपीएल: लुम्बिनीविरुद्व ब्याटिङ गर्दै कर्णाली
मंसिर २८, २०८१ शुक्रबार
राजदूतमा सिफारिस नेपालीको संसदीय सुनुवाइ प्रक्रिया प्रारम्भ
मंसिर २८, २०८१ शुक्रबार
लोप हुँदै लालुपाते
मंसिर २८, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर २८, २०८१ शुक्रबार
पत्रकार महासंघको नयाँ नेतृत्वका लागि आज निर्वाचन
मंसिर २८, २०८१ शुक्रबार