रुपन्देही क्षेत्र नं ५ गठबन्धनका शाह र एमालेका घिमिरेबीच मुख्य प्रतिस्पर्धा
नेपालबहस संवाददाता
कात्तिक ३०, २०७९ बुधबार १९:४०:८
♦ निरा गौतम
३० कात्तिक, रुपन्देही । बुद्ध जन्मभूमि लुम्बिनीसँग जोडिएको रुपन्देहीको क्षेत्र नं ५ मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सबैको चासोको विषय बनेको छ । यस क्षेत्रबाट उम्मेदवार बनेका सबै उम्मेदवारले लुम्बिनीको बृहत्तर विकास र बुद्ध जन्मस्थल लुम्बिनीलाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान गराउने मुख्य एजेन्डा बन्ने गरेका छन् ।
यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्य पदका लागि सत्ता गठबन्धनबाट भरतकुमार शाह र नेकपा एमालेबाट वासुदेव घिमिरेबीच मुख्य प्रतिस्पर्धा देखिएको छ । यस क्षेत्रबाट लगातार निर्वाचन जित्दै आएका शाह यो पटक पनि जित दोहो¥याउने रणनीतिका साथ चुनावी मैदानमा खटिएका छन । २०७४ को स्थानीय तहको निर्वाचनमा तिलोत्तमा नगरपालिकाको प्रमुखमा निर्वाचित भएर देशकै नमूना नगरपालिका बनाउन सफल भएकाले यसपटक नतिजा फेरिने विश्वाससहित घिमिरे चुनावी प्रचारप्रसारमा सक्रिय बनेका छन । तिलोत्तमा नगरपालिकाका पूर्वप्रमुख घिमिरेलाई भने एमालेले पहिलोपटक सङ्घीय संसद्को उम्मेदवार बनाएको हो ।
“यो क्षेत्रका लागि शाह परिचित अनुहार हो । तर, घिमिरेले पनि तिलोत्तमामा सफल नेतृत्व गरेर नाम कमाएका कारण कस्ले बाजी मार्छ भनेर आङ्कलन गर्न सक्ने अवस्था छैन । कडा प्रतिस्पर्धा हुन्छ”, स्थानीय समाजसेवी विष्णु बस्याल भन्छन ।
कांग्रेस नेता शाहले २०७४ को निर्वाचनमा नेकपा एमालेको समर्थनमा नेकपा माओवादी केन्द्रबाट चुनाव लडेका डिलाराम आचार्य र २०७० को निर्वाचनमा एमालेका स्व नेता रामनाथ ढकाललाई पराजित गरेका थिए । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा एमालेका स्व नेता ढकालले शाहलाई पराजित गरेका थिए । त्यसअघि २०५६ सालमा पनि शाह निर्वाचित भएका थिए । यो क्षेत्रमा लगातार जित्दै आएका शाह यो पटक पनि जीत दोहो¥याउने बिश्वासमा छन । “मैले यो क्षेत्रमा सडक तथा भौतिक संरचनामा उल्लेखनीय विकास गरेका कारण जित्दै आएको छुँ”, शाह भन्छन ।
तीनपटक सङ्घीय संसद्मा निर्वाचित भइसकेका शाहलाई मुलुकमै सफल जनप्रतिनिधिको छवि बनाएका घिमिरेले कडा चुनौती दिएका छन। उम्मेदवार घिमिरेले विगतको अनुभवका आधारमा बुद्धभूमिसँग जोडेर समग्र क्षेत्र नं ५ लाई नमूना बनाउने योजना सुनाउँदै मतदातासँग मत मागिरहेका छन । “रुपन्देहीका अन्य क्षेत्रको तुलनामा यो ठाउँ पछाडि छ । यहाँको विकास र समृद्धिका लागि लुम्बिनीसँग जोडर केही योजना बनाएको छु, ती योजनाको कार्यान्वयनका लागि यो क्षेत्रमा नेतृत्व परिवर्तन आवश्यक छ”, घिमिरे भन्छन।
प्रदेशसभा सदस्यका लागि नेकपा एमालेका तर्फबाट ५ ‘१’ मा भूमिश्वर ढकाल र ५ ‘२’ मा रामचन्द्र यादव तथा सत्ता गठबन्धनका तर्फबाट प्रदेश सभा १ मा विनोद पहाडी र २ मा फखरुद्दिन खान चुनावी मैदानमा उत्रिएका छन । एमालेका उम्मेदवार ढकाल पनि यसअघि प्रदेशसभा सदस्यमा निर्वाचित भइसकेका छन । यादवलाई भने एमालेले पहिलोपटक उम्मेदवार बनाएको हो । पडाडी संविधानसभाका सदस्य भइसकेका छन, भने खान यसअघि ०७४ मा प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।
यो क्षेत्रमा प्रतिनिधिसभा सदस्य पदका लागि स्वतन्त्र उम्मेदवार भीष्म राना र सब्बिर खाँ पनि चुनावी मैदानमा छन । यो क्षेत्रमा गैडहवा गाउँपालिका, सैनामैना नगरपालिका–५, ६, ७, ८, ९, १० र ११, कञ्चन गाउँपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका–१ तथा ३ देखि ११ सम्म र मायादेवी गाउँपालिका–१ पर्दछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार
अमेरिकी डलर देखाई साढे ६ लाख ठगी गर्ने २ जना पक्राउ
मंसिर २७, २०८१ बिहिबार
संघीय निजामती विधेयकका संशोधनकर्तासँग छलफल सुरु
मंसिर २७, २०८१ बिहिबार
बाइडेनले दिए करिब १५०० अपराधीलाई क्षमादान
मंसिर २७, २०८१ बिहिबार
औषधि विधेयक अन्तिम चरणमा छ: स्वास्थ्यमन्त्री पौडेल
मंसिर २७, २०८१ बिहिबार