दाङमा महिला उम्मेदवार ‘हेविवेट’ पुरुष उम्मेदवारसँग प्रतिस्पर्धा गर्दै, जित्न कति सहज ?
नेपालबहस संवाददाता
मंसिर १, २०७९ बिहिबार १९:२८:२८
♦ नारायणी रजौरे÷दीपक बोहरा
१ मंसिर, दाङ । दाङमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा महिला उम्मेदवार ‘हेविवेट’ पुरुष उम्मेदवारसँग प्रतिस्पर्धा गर्दैछन् । दाङ निर्वाचन क्षेत्र नं १ मा सत्ता गठबन्धनका उम्मेदवार नेकपा ‘एकीकृत समाजवादी’ का मेटमणि चौधरी र उनको प्रतिस्पर्धीमा नेकपा ‘एमाले’ की शान्ता चौधरी चुनावी मैदानमा छिन ।
दाङ क्षेत्र नं २ मा एमालेका शङ्कर पोखरेलसँग सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका स्थायी कमिटी सदस्य रेखा शर्मा तथा दाङ क्षेत्र नं ३ मा नेपाली कांग्रेसका दीपक गिरीसँग एमालेकी कोमल वलीले प्रतिस्पर्धा गर्दै छिन ।
मेटमणि सहरी विकासमन्त्रीसमेत हुन । उनी दोस्रो पटक निर्वाचन लड्दै छन । यसअघि २०७४ सालमा वाम गठबन्धन हुँदा देउखुरीबाट कांग्रेसका उम्मेदवार सुशीला चौधरीलाई हराउँदै उनी विजयी भएका थिए । विसं २०६४ मा पहिलोपटक समानुपातिकतर्फबाट एमाले सांसद भएकी शान्ता २०७४ सालमा पनि समानुपातिकबाटै सांसद हुँदै सचेतक भएका थिए।
दुई पटक समानुपातिकबाट सांसद भएकी शान्ता प्रत्यक्षतर्फ दोस्रोपटक प्रतिस्पर्धा गर्दै छिन । विसं २०७० को दोस्रो संविधानसभाको निर्वाचनमा उनी दाङ २ मा प्रत्यक्षतर्फ कांग्रेसकी सुशीला चौधरीसँग पराजित भएकी थिइन। अहिले त्यही क्षेत्रबाट मेटमणिसँग प्रतिस्पर्धा गर्दै छिन ।
तत्कालीन अवस्थामा क्षेत्र नं २ देउखुरी क्षेत्रमा पथ्र्यो । सङ्घीयतापछि समग्र देउखुरीलाई समेटेर घोराही र बङ्गलाचुलीको केही वडा समेटेर क्षेत्र नं १ बनाइएको छ । अहिले पनि भूगोलका हिसाबले त्यही क्षेत्रबाट निर्वाचन लड्दै छिन । यद्यपि उनको मतदाता नामावली चाहिँ घोराही उपमहानगरपालिका–४ मा पर्छ जुन निर्वाचन क्षेत्र नं २ हो ।
गत स्थानीय तह निर्वाचनमा गठबन्धन एमालेभन्दा दोब्बर मतले अघि देखिन्छ । एकीकृत समाजवादीलाई कांग्रेस र माओवादीले साथ दिएमा मेटमणिलाई जित्न सहज हुने देखिन्छ । गठबन्धनको मत सबै आफुलाई प्राप्त हुने चौधरीको दाबी छ । “यो गठबन्धन कुनै चुनाव जित्नलाई मात्रै नभई यो विशेष परिस्थितिमा मुलुक जोगाउन गरिएको हो”, उनी भन्छन, “त्यसैले गठबन्धनको मत बाहिर जाँदैन, चुनाव हामीले जित्छौँ ।” यो क्षेत्रमा २०७४ सालमा कांग्रेसले २१ हजार तीन सय २९ समानुपातिक मत पाएको थियो भने एमालेले २२ हजार पाँच सय ९९ र माओवादी केन्द्रले १४ हजार आठ सय छ मत ल्याएको थियो । एमाले विभाजन भए पनि मतमा भने खासै अन्तर देखिएको छैन ।
थारुको बाहुल्यता भएको यो निर्वाचन क्षेत्रमा सबै उम्मेदवारको आँखा थारु मतदातामै छ । शान्ताले आफू पूर्वकमलरी हुँदै कमलरी मुक्तिका लागि खेलेको भूमिका महत्वपूर्ण भएकाले थारु समुदायले भोट दिने अपेक्षा गरेका छन । “थारु समुदाय निकै पछाडि परेको समुदाय हो, म आफैँ पनि अर्काको घरमा कमलरी बसेर आएको मान्छे हुँ”, उनले भने ।
क्षेत्र नंं १ मा एमालेका केन्द्रीय सदस्य गङ्गा चौधरीले पार्टी परित्याग गरी भर्खर खुलेको हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दिएकी छिन । उनी दुई पटक समानुपातिकतर्फबाट सांसद भइन । विसं २०७० मा उनी थरुहट तराई पार्टीको तर्फबाट समानुपातिक सांसद भइन भने २०७४ सालमा एमालेको तर्फबाट समानुपातिक सांसद भएकी थिइन ।
दाङ क्षेत्र नं २ मा एमाले शङ्कर पोखरेलसँग गठबन्धनका तर्फबाट माओवादी केन्द्रका स्थायी कमिटी सदस्य रेखा शर्माबीच चुनावी टक्कर हुने देखिन्छ । विसं २०७० र २०७४ को निर्वाचनमा उनी समानुपातिक सांसद भए । विसं २०७२ मा उनी सामान्य प्रशासनमन्त्री समेत भए । अहिले शर्माले पोखरेलसँग पहिलोपटक प्रत्यक्ष निर्वाचनतर्फ सामना गर्दै छिन ।
एमाले महासचिव पोखरेल पनि धेरै पटक प्रत्यक्ष निर्वाचन लडेका छन । विसं २०५१ को प्रतिनिधिसभा सदस्य र २०७४ सालको प्रदेशसभा निर्वाचनमा मात्रै उनले सफलता हात पारेका थिए। उनले २०५६ सालको चुनावमा कृष्णकिशोर घिमिरेसँग हार ब्यहोरे भने २०७० सालको निर्वाचनमा दाङ क्षेत्र नं ४ बाट बुद्धिराम भण्डारीसँग पराजित भए । विसं २०६४ को निर्वाचनमा भने उनी समानुपातिक सांसद बने । त्यसबीचमा उनी मन्त्री भए भने विसं २०७४ को निर्वाचनपछि लुम्बिनी प्रदेशको मुख्यमन्त्री बने । त्यतिबेला उनले दाङ क्षेत्र नं २ को प्रदेशसभा १ बाट चुनाव जिते । स्थानीय तह निर्वाचनमा वडाध्यक्षका उम्मेदवारले पाएको मतका आधारमा वाम लोकतान्त्रिक गठबन्धन र नेकपा ‘एमाले’का उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ ।
विसं २०७४ मा कांग्रेसले २२ हजार ९२ समानुपातिक मत पाएको थियो, भने एमालेले २२ हजार आठ सय ६९ र माओवादी केन्द्रले १७ हजार पाँच सय ८४ मत ल्याएको थियो ।
दाङ क्षेत्र नं ३ मा पटक–पटक प्रत्यक्ष निर्वाचन लडेर निखारिएका कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीसँग एमालेकी कोमल वलीले पहिलोपटक प्रतिस्पर्धा गर्दै छिन । गिरीले यसअघि एक पटक मात्रै निर्वाचन जिते । विसं २०५१ मा तत्कालीन दाङ क्षेत्र नं ३ बाट एमाले नेता शङ्कर पोखरेलसँग हार ब्यहोरेका गिरीले २०५६ सालमा निर्वाचन लडेनन । उनको ठाउँमा गेहेन्द्र गिरीले चुनाव लडे । उनले जित हात पारे । विसं २०६४ मा दाङ क्षेत्र नं ५ बाट माओवादीकी सुष्मा शर्मा घिमिरेसँंग गिरी पराजित भए । विसं २०७० मा भने उनले चुनाव जिते । उनी २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा एमालेका तत्कालीन जिल्ला सचिव हीराचन्द्र केसीसँग पराजित भए । वली भने यसअघि एमालेबाट २०७४ सालमा राष्ट्रियसभा सदस्य भएकी थिइन ।
विसं २०७४ को निर्वाचन अनुसार कांग्रेसले यो क्षेत्रमा ३० हजार पाँच सय ७२ समानुपातिक मत पाएको थियो भने एमालेले २७ हजार पाँच सय ४३ र माओवादी केन्द्रले १० हजार आठ सय पाँच मत पाएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
कांग्रेसले चैत्र मसान्तभित्र भ्रातृ संस्थाको महाधिवेशन गराउने, देउवाले तोके संयोजक
मंसिर २६, २०८१ बुधबार
रवि लामिछानेलाई आज पोखरा लगिँदै, अनुसन्धान प्रतिवेदन बुझाउने तयारीमा प्रहरी
मंसिर २६, २०८१ बुधबार
टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
मंसिर २६, २०८१ बुधबार
जापानले रक्षा बजेट विस्तारका लागि कर बढाउने
मंसिर २६, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
उपराष्ट्रपति यादव कतारको राष्ट्रिय दिवसमा सरिक
मंसिर २६, २०८१ बुधबार
अफगान शरणार्थी मन्त्रीको आत्मघाती विष्फोटमा मृत्यु
मंसिर २६, २०८१ बुधबार
मानव बेचबिखनमा वृद्धि: राष्ट्रसंघ
मंसिर २६, २०८१ बुधबार