नेपालगञ्जमा बम विष्फोट हुँदा दुई जना घाइते, खुल्ला सीमानाका कारण थप चुनौति
नेपालबहस संवाददाता
मंसिर १, २०७९ बिहिबार १८:३०:११
♦ दीपक शर्मा
१ मंसिर, बाँके । निर्वाचनको मिति नजिकिदै गर्दा सुरक्षा चुनौति पनि थपिदै गएको छ । पछिल्लो पटक निर्वाचन बहिष्कार गर्ने पाटी तथा समुहले आतंक सृजना गर्ने सक्ने भन्दै प्रहरी चनाखो भएपछि बाँकेमा भने ठुलो दुर्घटना हुनबाट जोगीएको छ ।
नेपालगञ्ज बजार दिनभर व्यस्त बजार बेलुकी पख पनि बजारमा सामान्य चहल पहल भैरहेको हुन्छ तर चिसो सुरु भएसगै बेलकी बजार भने सुनसान हुने गरेको छ । यस्तै सुनसानकैबीच बुधवार बेलुकी करिब ८ वजेतिर नेपालगञ्ज उपमहानगरपालिका १० जनस्वाथ्य कार्यलय नजिकै नेपालगञ्ज बजार नै थर्कमान हुने गरी ठुलो विस्फोट भयो । विस्फाटेमा परी दुइ जना घाइते भए ।
स्थानिय दिवाकर विक्रम मल्लको घरमा विस्फाट भएलगत्तै शरिर भरी रगत भएको अवस्था दुइ जना युवा चिच्याउदै बाहिर निस्किए तत्कालै प्रहरीलाई खवर गरियो प्रहरी घटनास्थल आइपुग्यो । प्रहरीले घाइते अवस्थामा रहेका दुइ जनालाई अस्पताल लग्यो । विस्फोट भएको सूचना आएपछि प्रहरीले घटनास्थलको अध्ययन पछि थप केहि विस्फोटक पदार्थ हुन सक्ने भन्दै घटनास्थल नियन्त्रण लियो ।
विस्फोट भएको कोठामा प्रहरी पुग्दा आफै अचम्ममा परेको बाँके प्रहरी उपरिक्षक श्यामकृष्ण अधिकारीले बताए । उनका अनुसार सो कोठामा प्रेसर कुकर बम विस्फोट भएको थियो । एउटा तयारी अवस्थामा थियो भने अर्को बनाउने क्रममा विस्फोट भएको उनले बताए । तयारी अवस्थामा रहेको प्रेसर कुकर बम नेपाली सेनाले डिस्फोज गरेको थियो ।
अर्को कुकर बम बनाउने क्रममा प्रेसर कुकर विस्फोटबाट विप्लपका जिल्ला नेता डिल्ली डिसी र अर्का धर्मराज बडुवाल घाइते भएका छन । घाइते दुवै जनाको भेरी अञ्चल अस्पतालमा उपचार भैरहेको छ ।
प्रहरी उपरिक्षक श्यामकृष्ण अधिकारीका अनुसार निर्वाचनलाई लक्षित गर्दे नेपालगञ्जका विभिन्न स्थानमा विस्फोट गराउने मनसायले योजना बनाएको हुन सक्ने बताए ।
घटना पछि नेपालगञ्जको सुरक्षा व्यवस्था थप कडा पारिएको छ । कोठामा प्रेसर कुकर बम बनाउनका लागी तयारी अवस्थामा राखिएका थप ६ वटा प्रेसर कुकर , वारुद लगायतका ठुलो मात्रामा विस्फाटक सामाग्री पनि फेला पारिएको छ ।
भारत संग सीमा जोडिएको बाँकेको यो घटनाले सुरक्षा माथि थप चुनौति दिएको छ । खुल्ला सिमानाका कारण यस्ता निर्वाचन विरोधि गतिविधिलाई नजिकबाट नियालि रहेको प्रहरीको भनाई रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनवीनतम् र रचनात्मक कार्य गर्न प्रहरी महानिरीक्षकको निर्देशन
मंसिर १०, २०८१ सोमबार
नेपाल प्रहरीका ८ जना डीआईजीमा बढुवाका लागि सिफारिस
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
निर्वाह भत्ता दिने निर्णय नसच्याए काम छाडेर सडकमा उत्रने आवासीय चिकित्सकहरुको चेतावनी
मंसिर ११, २०८१ मंगलबार
इजरायली राजदूतद्वारा बीपी सङ्ग्रहालयको निरीक्षण
मंसिर ११, २०८१ मंगलबार
चार महिनामा १ अर्ब ४३ करोड बराबरको सुन भित्रियो, मूल्य घटेपछि बजारमा बढ्यो चहलपहल
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
महिला किसान समूहलाई बाख्रा वितरण
मंसिर ११, २०८१ मंगलबार