जुम्लामा एक हजार नौ सय ५४ सुरक्षाकर्मी खटिए
नेपालबहस संवाददाता
मंसिर १, २०७९ बिहिबार २०:३९:४५
♦ दिलमाया शाही
१ मंसिर, जुम्ला । ४ मंसिरमा हुने निर्वाचनको तयारी पूरा भएको निर्वाचन कार्यालयले जनाएको छ। मतदातालाई मतदान गर्न सहज बनाउन सुरक्षाकर्मीहरु खटिएका छन्। जिल्ला प्रशासन कार्यालय जुम्लाका अनुसार एक हजार नौ सय ५४ जना सुरक्षाकर्मी खटिएका छन् ।
एक सय ६ मतदान केन्द्र स्थायी र दुई अस्थायी गरी एक सय आठ मतदान केन्द्र र ८६ मतदान स्थल रहेको जुम्लाकी प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले बताइन् । उनका अनुसार एउटा अस्थायी मतदान केन्द्र कर्मचारी र अर्को कारागारका कैदीबन्दीका लागि राखिएको हो ।
कर्मचारी र कारागारमा रहेका कैदीबन्दीले सामानुपातिकतर्फ मात्रै मतदान गर्न पाउने ब्यवस्था छ । जुम्लाको सुरक्षा निकायले पार्टीका कार्यकर्ताहरूको झडप, आपराधिक समूहको गतिविधि, अवैध हातहतियारलाई चुनौतीका रूपमा लिएका छन्।
निर्वाचनका लागि जिल्लामा एक हजार नौ सय ५४ हजार सुरक्षाकर्मी परिचालन भएका छन् । जसमा आठ सय ४३ म्यादी प्रहरी, दुई सय २६ नेपाल प्रहरी, चार सय ५० नेपाली सेना र दुई सय ३५ सशस्त्र प्रहरी मतदान स्थलमा खटिएका छन् ।
निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जिल्ला निर्वाचन कार्यालय जुम्लाका प्रमुख महेश शर्माले बताए । उनका अनुसार टाढा रहेका मतदान अधिकृतहरू गइसकेका छन् । नजिकै रहेका मतदान स्थलहरूका लागि जाने क्रम जारी रहेको छ ।
जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दका अनुसार सबै मतदान स्थलमा सुरक्षाकर्मी बिहीबार पुग्ने बताए । निर्वाचनको लागि आठ सय ३९ कर्मचारी खटाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
हुम्लाबाट जिल्ला बाहिर जान टिकटको समस्या
कात्तिक २७, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा रोल्पाको होलेरीमा सेवा विस्तार
मंसिर १०, २०८१ सोमबार
मंसिर १५ देखि पुस ६ गतेसम्म सञ्चालन हुने नेपाल प्रिमियर लिगको ट्रफी अनावरण
मंसिर १०, २०८१ सोमबार
लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु
मंसिर १०, २०८१ सोमबार
एसियन हाइड्रोपावरको पुस २ गते वार्षिक साधारणसभा बस्ने
मंसिर १०, २०८१ सोमबार
घट्यो सुनको मूल्यः हिजो १ लाख ६७ हजार थियो, आज तोलाको १ लाख ५१ हजारमा कारोबार
मंसिर १०, २०८१ सोमबार