सप्तरीमा निर्वाचनको तयारी पूरा, बुथमा सुरक्षाकर्मीसहित आजै मतदान सामग्री पठाइने
नेपालबहस संवाददाता
मंसिर १, २०७९ बिहिबार २२:४४:५८
१ मंसिर, सप्तरी । जिल्ला निर्वाचन अधिकृतको कार्यालय सप्तरीका मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले सप्तरीमा निर्वाचनको तयारी पूरा भएको बताएका छन् ।
उनले जिल्लामा २९७ मतदानस्थलमा ५३६ वटा स्थायी र २ वटा अस्थायी गरी ५३८ वटा बुथमा निर्वाचन सम्पन्न गराउन सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका छन् ।
जिल्लामा टाढा रहेको बुथमा सुरक्षाकर्मीसहित आजै मतदान सामग्री पठाइने काम भइरहेको छ । नजिकै रहेका बुथमा भोलि कर्मचारी सुरक्षाकर्मीसहित मतदान सामग्री पुग्ने उनको भनाइ रहेको छ ।
३० वैशाखमा भएको स्थानीयतह निर्वाचनको आधारमा २९७ वटै मतदानस्थलको सुक्ष्म अध्यनन गरेर निर्वाचनको तयारी गरिएको जानकारी दिए ।
सप्तरीमा २०८ वटा मतदानस्थल अति सम्वेदनशील, ८३ वटा सम्वेदनशील र ६ वटा सामान्य रहेको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ। जिल्लाका चारवटै निर्वाचन अधिकृतको कार्यालयबाट मतदान अधिकृतहरुले निर्वाचन सामग्री बुझसकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाघको आक्रमणबाट रौतहटमा वडा अध्यक्ष घाइते
मंसिर १६, २०८१ आइतबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
जनमत पार्टी अध्यक्ष सिके राउत चीन प्रस्थान
मंसिर १५, २०८१ शनिबार
छत्तीसगढ–तेलंगाना सीमामा भएको मुठभेडमा सात संदिग्ध माओवादी लडाकूको मृत्यु
मंसिर १६, २०८१ आइतबार
काश पटेललाई एफबिआईको नयाँ निर्देशक बनाउने ट्रम्पको लक्ष्य
मंसिर १६, २०८१ आइतबार
आइतबार १० अंकले घट्यो नेप्से, ८ अर्ब ३३ करोडका शेयर खरिदबिक्री भए
मंसिर १६, २०८१ आइतबार
झापामा बेसारखेती गर्ने कृषकको सङ्ख्या वृद्धि
मंसिर १६, २०८१ आइतबार
बेमौसमी काँक्रा बेचेर डेढ लाख बढी आम्दानी
मंसिर १६, २०८१ आइतबार
११ महिनामा १० लाख ५५ हजार बढी पर्यटकले नेपाल भ्रमण गरे, ११ हजार अमेरिकन आए
मंसिर १६, २०८१ आइतबार