पहिलो तीन महिनामा निक्षेप र कर्जाको वृद्धिदर सुस्त : राष्ट्र बैंक
नेपालबहस संवाददाता
मंसिर १, २०७९ बिहिबार २३:१९:१
१ मंसिर, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा निक्षेप र कर्जाको वृद्धिदर सुस्त देखिएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार असोज मसान्तसम्ममा निक्षेप शून्य दशमलव चार र कर्जा एक दशमलव तीन प्रतिशतले मात्रै बढेको देखिएको हो ।
गत आर्थिक वर्षको सोही अवधिमा निक्षेप एक दशमलव दुई र कर्जा सात दशमलव सात प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा भने असोजमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप आठ दशमलव दुई प्रतिशतले र कर्जा छ दशमलव चार प्रतिशतले बढेको छ ।
राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा चल्ती, बचत र मुद्दति निक्षेपको अंश क्रमशः सात दशमलव छ प्रतिशत, २६ दशमलव सात प्रतिशत र ५९ प्रतिशत छ ।
अघिल्लो आवमा यस्तो अंश क्रमशः सात दशमलव सात प्रतिशत, ३४ दशमलव चार प्रतिशत र ५० दशमलव चार प्रतिशत थियो । असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३७ प्रतिशत छ ।
पहिलो तीन महिनामा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये संस्थागत क्षेत्रतर्फ ६३ दशमलव नौ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ ३६ दशमलव एक प्रतिशत छ । यो अवधिसम्ममा वाणिज्य बैंकको कर्जा प्रवाह एक दशमलव दुई प्रतिशत, विकास बैंकको कर्जा प्रवाह दुई दशमलव छ प्रतिशत र वित्त कम्पनीको कर्जा प्रवाह शून्य दशमलव तीन प्रतिशतले बढेको छ ।
बैंक तथा वित्तीय संस्थाले गरिरहेको कर्जा लगानीमध्ये ६६ दशमलव सात प्रतिशत कर्जा घरमा र १२ दशमलव दुई प्रतिशत कर्जा चालु सम्पत्ति ‘कृषि तथा गैरकृषिजन्य वस्तु’को धितोमा प्रवाह भएको छ ।
तीन महिना अवधिमा औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा पाँच दशमलव छ प्रतिशत, सेवा उद्योग क्षेत्रतर्फको कर्जा तीन दशमलव नौ प्रतिशत र यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा दुई दशमलव आठ प्रतिशतले बढेको छ ।
त्यस्तै थोक तथा खुद्रा व्यापार क्षेत्रको कर्जा दुई शमलव दुई प्रतिशत, निर्माण क्षेत्रको कर्जा एक दशमलव सात प्रतिशत र कृषि क्षेत्रको कर्जा शून्य दशमलव आठ प्रतिशतले बढेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छआजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ५, २०८१ शुक्रबार
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
पुष ४, २०८१ बिहिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
नेपाल र बङ्गलादेशबीचको खेलमा वर्षा बाधक
पुष ५, २०८१ शुक्रबार
अष्ट्रेलिया भ्रमणपछि विराट-रोहितको युगको अन्त्य !
पुष ५, २०८१ शुक्रबार
एमसीएमा हुने बक्सिङ डे टेस्टमा अष्ट्रेलियाको टोलीमा ठूलो परिवर्तन
पुष ५, २०८१ शुक्रबार
पर्यटकीय गाउँ सिक्लेस र मनोरम दृश्य
पुष ५, २०८१ शुक्रबार