पाटिको घोषणापत्रमा किन अटाएन मानव वन्यजन्तु द्धन्द्ध न्युनिकरणको उपाय ?
नेपालबहस संवाददाता
मंसिर १, २०७९ बिहिबार २३:४५:५२
♦ दीपक शर्मा
१ मंसिर, बर्दिया । बर्दियामा मानव वन्यजन्तु द्धन्द्धको घटना नौलो होइन तर निर्वाचन नजिकिदै गर्दा दलहरुले यसलाई निर्वाचनमा मसलाको रुपमा प्रयोग गर्दै आइरेका छन । तर पनि समस्याको जड सम्म पुग्न सकिरहेका छैनन ।
बर्दिया राष्ट्रिय निकुञ्जको कुरा नगरौं उसको आफनै नियम कानुन अनुसार काम गरिरहेको छ उसको त्यहि काम गराईमा स्थानिय वासीहरुको सहयोग र समर्थन पनी गर्दै आइरहेका छन । तर बेला बेलामा जंगली जनावरको आक्रमणमा परी मानिसको मृत्यु हुने अंगभगं हुने गर्दछन भने कहिले काहि आफ्नाे ज्यान जोगाउनका लागी जनावरलाई मारेको अवस्थामा कानुन अनुसार सजाएको भागीदार पनि बन्ने गरेका छन ।
निकुञ्जको विषय भन्दा बाहिर आउँदा पनि समस्या त्यो भन्दा भयाभह छ । घना बाक्लो जंगलका कारण जिल्ला बन कार्यालयको मातहतमा रहेका सामुदायिक वनहरुमा पनि जंगली जनावर र मानवको द्धन्द्ध चलिरहेको हुन्छ । बर्दियाको मधुवन नगरपालिका १, २ र ३ राष्ट्रिय वनले घेरिएको भुभाग रहेको छ ।
यस क्षेत्रमा बर्षेनी हात्ति, बाघ, गैडा, चितुवा लगायतका जंगली जनावरहरुले धनजनको क्षति गर्दै आइरहेका छन । यसै क्षेत्रमा पर्ने अन्तराष्ट्रिय खाता जैविकमार्गका भारतको कतरनियाघाट वाइल्ड लाइफ सेन्चुरी र बर्दिया राष्ट्रिय निकुञ्जमा हात्ति, बाघ लगायतका जनावरहरु आहार विहारका लागी ओहोर-दोहर गर्ने गर्दछन । सोहि क्रममा मानव वन्यजन्तुबीच द्धन्द्ध हुने क्रममा मानविय क्षतिसँगै बालिनालीको पनि क्षति हुने गर्दछ । जंगली जनावरहरुको लागी यो मार्ग जैविक मार्ग हो भने बर्दिया र बाँके तथा कैलालीका वासीन्दाका लागी यो एक मात्र हुलाकी राजमार्ग पनि हो । यहि हुलाकी राजमार्ग भएर तिन वटा जिल्लाका वासिन्दाहरु जोखिमपुर्ण यात्रा गर्न बाध्य भएका छन ।
स्थानियबासी भदै थारुका अनुसार बेलुका पख घर बाहिर निस्कन सकिदैन दिउँसो गाइवस्तु चराउन जाँदा पनि समुहमा नै जानु पर्दछ । हामिलाई मात्र होइन यो जंगलको बाटो भएर यात्रा गर्ने यात्रुहरुलाई समेत अप्ठेरो छ रातिको समयमा मोटरसाइकलमा यात्रा गर्न सकिने अवस्था छैन । अब निर्वाचन नजिकै आइरहेको छ जसले मानव वस्ती वरीपरी तारजालि को व्यवस्थापन गर्द उसैलाई भोट दिने स्थानिय राधिका देविको भनाई छ ।
खाता सामुदायिक वन समन्वय समितिका अध्यक्ष हरी गुरुङले स्थानियवासीहरुलाई बन्यजन्तुको महत्वका विषयमा जानकारी गराउनुपर्ने ,त्यसको संरक्षण र त्यसपछि उनिहरुबाट कसरी सुरक्षित हुन सकिन्छ भन्ने खालको जानकारी बालक देखि जेष्ठ नागरिक सम्मका लाई जानकारी हुन जरुरी छ । साथै जनावरबाट मानविय क्षति तथा बालिनाली क्षति भएको अवस्थामा तत्कालै राहत उपलव्ध गराउनु पर्ने देखिन्छ । मानविय क्षति तथा बाली नालीको क्षति भएको अवस्थामा प्रकृया पुरयादा महिनौ लाग्ने भएको हुँदा मावन वन्यजन्तु द्धन्द्ध पनि बढदै गएको देखिन्छ । गुरुङका अनुसार राष्ट्रिय वनको आसपास मानविय वस्तीको विकास हुँदा जंगली जनावर मानव वस्तीमा समेत पुग्ने गर्दा मानविय क्षति पनि बढेको छ ।
बर्दियामा गत आर्थिक वर्षमा ९ जना मानिसको मृत्यु भैसकेको छ जसमा ७ जना बाघको आक्रमणमा परी र २ जना हात्तिको आक्रमणमा परी ९ जना मानिसले ज्यान गुमाएका छन । चालु आर्थिक वर्षमा २ जना बाघ र १ जना मानिसको हात्तिको शिकार भैसकेका छन । कतिपय समयमा दिउँसै मानव वस्तीहरुका हात्तिहरुको झुन्ड लाइन लागेर गाँउमा पस्ने गरेका छन ।
बर्दियामा मानव वन्यजन्तु द्धन्द्ध न्युनिकरणका लागी ,डिभिजन वन कार्यालयले स्थानियवासी संग समन्वय गरी काम गरिरहेको डिभिजन वन कार्यालय बर्दियाका सूचना अधिकारी द्रोणराज शर्माले बताए । वन्यजन्तुबाट मानविय क्षति भएका लुम्विनी प्रदेश सरकारको तर्फ बाट १ लाख रुपैया, राष्ट्रिय निकुन्ज बाट ५० हजार रुपैया र राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागबाट १० लाख गरी जम्मा ११ लाख ५० हजार रुपैया राहत दिने व्यवस्था रहेको बताए । यो राहत ३५ दिन भित्रमा सवै प्रकृया पुगेको अवस्थामा मृतकका आफन्तले पाउने व्यवस्था गरिएको छ । साथै वाली नालीको क्षतिको हकमा अधिकतम १० हजार रुपैया सम्म दिइने व्यवस्था रहेको छ । साथै जंगली जनावर बाट घाइते , अगंभंग भएको अवस्थामा उपचार खर्चको विल अनुसार पिडितलाई राहत वितरण गरिने शर्माले बताए ।
डिभिजन वन कार्यालयले मानव वन्यजन्तु द्धन्द्ध न्युनिकरण गर्नका लागी जंगल आसपासका वस्तीहरुमा सचेतना मुलक गतिविधि गरीरहेको समेत वताए । मानव वस्तीमा जंगली जनावर प्रवेश रोक्नका लागी स्थानिय भाषामा हात्तिवार समेत गरीदै आइएको छ । बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत असोक भण्डारीले जंगल र मानव वस्ती रहिरहेसम्म यो द्धन्द्ध रहिरहने भएको हुँदा यसको न्युनिकरणका लागी भैरहेका प्रयासलाई अझ मजवुद बताउनु पर्ने बताए । मानविय क्षति भएको अवस्थामा राहतका लागी पिडितका आफन्तलाई सहयोग गर्ने काम भैरहेको बताए ।
मानव वन्यजन्तु द्धन्द्ध न्युनिकरणका लागी उम्मेदवारहरु ठोस योजना बनाएको देखिदैन उम्मेदवारहरुले केन्द्रकै षोषणापत्रलाई भजाउदै पुल , बाटो , शिक्षा , स्वास्थ्य, खानेपानि र रोजगारीका विषयलाई प्राथमिकतामा राखेका छन । वन्यजन्तु बाट पिडित भएका वस्तीमा गएको वेला पनि उनिहरुले राहत तत्काल पाउनुपर्छ भन्ने बाहेक अरु वोल्ने विषय हुदैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबिआरआई परियोजनामा सरकारले ऋण होइन, अनुदान लिन्छः सञ्चारमन्त्री
मंसिर ११, २०८१ मंगलबार
सामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
इजरायली राजदूतद्वारा बीपी सङ्ग्रहालयको निरीक्षण
मंसिर ११, २०८१ मंगलबार
चार महिनामा १ अर्ब ४३ करोड बराबरको सुन भित्रियो, मूल्य घटेपछि बजारमा बढ्यो चहलपहल
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
महिला किसान समूहलाई बाख्रा वितरण
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाह युद्बबिराम रोक्न सकारात्मक, चाँडै सहमति हुन सक्ने
मंसिर ११, २०८१ मंगलबार