जुम्लामा निर्वाचन सामाग्री बाेकेकाे जीप दुर्घटना, तीन प्रहरीसहित ६ जना घाईते
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
मंसिर १, २०७९ शुक्रबार ०:२६:२६
![](https://nepalbahas.prixacdn.net/media/albums/jeep_zbrEieEqOo.jpg)
♦ दिलमाया शाही
१ मंसिर, जुम्ला । जुम्लामा मतदान केन्द्रतर्फजाँदै गरेको जिप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे१च २१८८ नम्बरको जिप दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक धर्मराज जोसीका अनुसार तिला गाउँपालिका(४ स्थित रावतवाडामा ताम्ती मतदान केन्द्रतर्फ जाँदै गरेको उक्त जिप दुर्घटना भएको हो ।
दुर्घटना परि घाइते भएकाहरूलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानतर्फ ल्याईदै गरेको प्रहरीको भनाइ छ । उनका अनुसार तीनजना प्रहरी एक मतदान अधिकृत, एक साहयक मतदान अधिकृत र एक कार्यालय सहयोगी घाइते भएका छन् ।
दुर्घटनाको प्रारम्भिक जानकारीअनुसार निर्वाचनमा खटिएका कार्यालय सहयोगी अंगराज गिरी, सहायक मतदान अधिकृत आदप्रिसाद न्यौपाने, हरिप्रसाद देवकोटासहित ६ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार उक्त जिपमा आठ जनाको टोली थियो । दुई जना सकुशल रहेको र ६ जना घाइते भएका हुन् । घाइतेलाई कर्णाली स्वाथ्य विज्ञान प्रतिष्ठानमा ल्याएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजुम्लाको उर्थु चौतारा केन्द्रविन्दु भएर भूकम्प
माघ ३०, २०८१ बुधबार
‘समाज बदल्न उपदेश दिनेले आफैँ बदलिनुपर्छ’
माघ २२, २०८१ मंगलबार
कर्णालीमा अंग्रेजी, गणित र विज्ञान विषयका शिक्षक अभाव
माघ २२, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन ६, २०८१ मंगलबार
आज कोशी र गण्डकी प्रदेशको हिमाली क्षेत्रमा हिमपात हुने
फागुन ६, २०८१ मंगलबार
प्रतिनिधिसभा बैठक बस्दै, ई–कमर्स विधेयक पेश गरिने
फागुन ६, २०८१ मंगलबार
नगरकोट भ्रमण वर्ष सफल पार्ने उपत्यका मेयर्स फोरमको निर्णय
फागुन ६, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
फागुन ६, २०८१ मंगलबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार