निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन आईजीपी सिंहको निर्देशन
नेपालबहस संवाददाता
मंसिर १, २०७९ शुक्रबार ०:२८:५५
१ मंसिर, काठमाडौं । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले प्रहरीले निर्वाचन शान्तिपूर्ण, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गरी राष्ट्रले सुम्पेको जिम्मेवारी पूरा गर्न कटिबद्ध हुनुपर्ने बताएका छन् ।
बुधबार भर्चुअल भिडियो कन्फरेन्समार्फत् प्रदेश प्रहरी प्रमुख, प्रदेश प्रहरी कार्यालय प्रमुख, प्रदेश तालिम केन्द्रका समादेशक, प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख, जिल्ला प्रहरी प्रमुख र गण प्रमुखहरूलाई निर्वाचन लक्षित निर्देशन दिँदै यस्तो बताएका हुन् ।
उनले निर्वाचनको सुरक्षा चुनौतीहरूलाई मध्यनजर गरी थप सक्रिय भई निर्वाचन अनुकूल वातावरण बनाउने गरी काम गर्नसमेत निर्देशन दिए । महानिरीक्षक सिंहले प्रहरी कर्मचारीको व्यावसायिकतालाई व्यवहारमा समेत शतप्रतिशत लागू गर्नुपर्नेमा जोड दिए ।
औचित्य पुष्टि हुने गरी एवं कर्तव्यनिष्ठताको क्रममा गरिएका काम कारबाहीप्रति संगठनको सदैव साथ रहनेसमेत उनले बताए । भर्चुअल कन्फरेन्समा वरिष्ठ प्रहरी अधिकृतहरूका साथै प्रहरी कार्यालयहरूका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअदालत परिसरबाट फेरि पक्राउ परे दुर्गा प्रसाईं, समर्थकबाट सरकार विरुद्ध नाराबाजी
मंसिर २७, २०८१ बिहिबार
सीआईबी भन्छ, बैंकर र व्यवसायी धम्क्याएर रकम असुल्ने गिरोह नै खडा गरेका थिए दुर्गा प्रसाईंले
मंसिर २५, २०८१ मंगलबार
ध्वनी प्रदुषण गराउने ५२ मोटरसाइकल ट्राफिक नियन्त्रणमा
मंसिर २४, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार
अमेरिकी डलर देखाई साढे ६ लाख ठगी गर्ने २ जना पक्राउ
मंसिर २७, २०८१ बिहिबार
संघीय निजामती विधेयकका संशोधनकर्तासँग छलफल सुरु
मंसिर २७, २०८१ बिहिबार
बाइडेनले दिए करिब १५०० अपराधीलाई क्षमादान
मंसिर २७, २०८१ बिहिबार