कांग्रेसको गढ मध्यपुर थिमिमा एमालेका बस्नेतलाई कति सहज ?
नेपालबहस संवाददाता
मंसिर १, २०७९ शुक्रबार १:०:३३
१ मंसिर, भक्तपुर । कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको भक्तपुर-२ मा कांग्रेस र एमाले दुवै आफू विजयी हुनेमा ढुक्क छन् । एमाले उम्मेदबार महेश बस्नेत ०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेसलाई सजिलै पराजित गरेको भन्दै सोही आधारमा जित निश्चित रहेको बताउँछन् । उता, कांग्रेस स्थानीय तह निर्वाचनको ताजा जनमतमा आफु र गठबन्धन अघि रहेको दाबी गरिरहेको छ ।
स्थानीय हत निर्वाचणको मत परिणामअनुसार कांग्रेसले सबैभन्दा बढी मत प्राप्त गरेको छ। एमालेभन्दा कांग्रेस दुई हजार पाँच सय ३७ बढी मतले अगाडि छ ।
भक्तपुर-२ मा मध्यपुर थिमि नगरपालिका र सूर्यविनायक नगरपालिका पर्छ । मध्यपुर थिमि नगरपालिका कांग्रेसको गढको रुपमा चिनिन्छ। यहाँ निरन्तर कांग्रेसले जित निकाल्दै आएको छ । पछिल्लो स्थानीय तह निर्वाचनमा पनि यो कांग्रेसले मेयर जितेको थियो । कांग्रेसले १५ हजार ९८ मत ल्याएर मेयर विजयी भएको थियो । त्यो बेला एमालेले मध्यपुर थिमिको मेयरमा ११ हजार ३५ मात्रै मत पाएको थियो ।
उता, सूर्यविनायकमा भने एमालले मेयर जितेको थियो । एमाले मेयरले १४ हजार सात सय ५८ पाई विजयी भएको थियो भने कांग्रेस मेयरले १३ हजार दुई सय ३२ मत पायो ।
दुवै नगरपालिका अर्थात् भक्तपुर-२ मा कांग्रेस र एमालेले ल्याएको कुल मतको आधारमा कांग्रेस दुई हजार पाँंच सय ३७ मतले अगाडी छ । यद्यपि, एमाले नेता बस्नेत ०७४ सालमा यति मत ल्याएर विजयी भएको भन्दै हिडेका छन् । कांग्रेस उम्मेदबार पनि दुर्लभ थापा भर्खरै भएको स्थानीय तहको निर्वाचण परिणामअनुसार आफू जित्नेमा ढुक्कमा छन् ।
यी दुई नगरपालिकामध्ये मध्यपुर थिमिमा नौ वटा र सूर्यविनायकमा १० वटा गरी कुल १९ वटा वडा छन् । यीमध्ये सबैभन्दा बढी कांग्रेसले ११ वटा वडा, एमालले सात वटा र नेपाल मजदुर किसान पार्टी ‘नेमकिपा’ ले एउटा वडामा वडा अध्यक्ष विजयी भएको थियो ।
यस क्षेत्रमा कांग्रेस, एमाले, नेमकिपासहित राप्रपाका मोहन केसी, जनता समाजवादी पार्टी दिलबहादुर तामाङ, नेपाल विवेकशिल पार्टीका शशीविक्रम कार्की गरी कुल २६ जना उम्मेदबार मैदानमा छन् । जिल्ला निर्वाचन कार्यालय सल्लाघारी भक्तपुरले जनाएअनुसार यहाँको कुल मतदाता ९१ हजार नौ सय ११ छन् । यहाँं एक सय सात मतदान केन्द्र छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
कांग्रेसले चैत्र मसान्तभित्र भ्रातृ संस्थाको महाधिवेशन गराउने, देउवाले तोके संयोजक
मंसिर २६, २०८१ बुधबार
रवि लामिछानेलाई आज पोखरा लगिँदै, अनुसन्धान प्रतिवेदन बुझाउने तयारीमा प्रहरी
मंसिर २६, २०८१ बुधबार
टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
मंसिर २६, २०८१ बुधबार
जापानले रक्षा बजेट विस्तारका लागि कर बढाउने
मंसिर २६, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
उपराष्ट्रपति यादव कतारको राष्ट्रिय दिवसमा सरिक
मंसिर २६, २०८१ बुधबार
अफगान शरणार्थी मन्त्रीको आत्मघाती विष्फोटमा मृत्यु
मंसिर २६, २०८१ बुधबार
मानव बेचबिखनमा वृद्धि: राष्ट्रसंघ
मंसिर २६, २०८१ बुधबार