जनताको जीवनस्तर उकास्न एमालेकै नेतृत्वमा सरकार आवश्यक : ओली
नेपालबहस संवाददाता
मंसिर १, २०७९ शुक्रबार १:१९:४५
१ मंसिर, काठमाडौं । नेकपा ‘एमाले’का अध्यक्ष केपी शर्मा ओलीले जनताको जीवनस्तर उकास्नका लागि काम अघि बढाउने बताएका छन । झापाको गौरीगञ्जमा आज आयोजित चुनावीसभामा उनले नागरिकको जीवनस्तर उठाउनका लागि एमालेकै नेतृत्वमा सरकार आवश्यक रहेको बताए।
अध्यक्ष ओलीले एमालेले महिलालाई महिनावारी हुँदा मासिकरूपमा रु एक हजार पाँच सय सेनिटरी प्याड किन्न दिने बताए । “त्यसका लागि एमालेकै सरकार बन्नुपर्छ”, अध्यक्ष ओलीले भने, “एमालेको सरकार बनेपछि महिलाले त्यो समस्या भोग्नुपर्ने छैन ।”
पूर्वप्रधानमन्त्री ओलीले एमालेको नेतृत्वको सरकार हुँदा हुलाकी मार्ग निर्माण सुरु भएको बताए । उनले नागरिकताको समस्या, सुकुम्बासी समस्या अब समाधान गरिने बताए । “जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजका आधारमा नागरिकता प्रदान गरिनेछ”, उनले भने, “हामीले गैरनेपालीलाई नागरिकता नदिने भनेका हौँ ।”
अध्यक्ष ओलीले गौरीगञ्जलाई स्मार्टसिटीका रूपमा विकास गरिने बताए। उनले हुलाकी राजमार्ग बनिसकेपछि गौरीगञ्जको विकास हुने बताए । यस्तै ओलीले नदी नियन्त्रणका लागि काम भइरहेको बताए । अध्यक्ष ओली झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुन । गौरीगञ्जमा उनको अन्तिम चुनावीसभा हो ।
यसअघि झापा क्षेत्र नं १ मा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले मंसिर ४ गतेको निर्वाचनले देशको भाग्य र भविष्य निर्माण गर्ने हुँदा मतदातालाई संयमित बनेर देश जोगाउने शक्तिलाई मतदान गर्न आग्रह गरे ।
निर्वाचनबाट देश जोगाउने शक्ति आउनुपर्ने भन्दै उनले भने, “यसले जनताको भाग्य र भविष्यको फैसला गर्नेहुँदा बेलैमा होस पु¥याउनुस् ।” अध्यक्ष ओलीले एमाले एक थोक भन्ने र अर्को थोक गर्ने पार्टी नभएको जिकिर गर्दै अहिले आम मतदातालाई जे गर्छौं भनेको छ चुनावपछि त्यही गर्ने आश्वासन दिए ।
क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार पूर्वकानूनमन्त्री तथा नेकपा ‘एमाले’का स्थायी कमिटी सदस्य अग्नि खरेल, प्रदेश ‘१’ का सदस्यका उम्मेदवार तथा संविधान सभासदस्य रवीन कोइराला र ‘२’ की उम्मेदवार राप्रपाकी सविना बजगाइँले कार्यक्रममा सम्बोधन गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
कांग्रेसले चैत्र मसान्तभित्र भ्रातृ संस्थाको महाधिवेशन गराउने, देउवाले तोके संयोजक
मंसिर २६, २०८१ बुधबार
रवि लामिछानेलाई आज पोखरा लगिँदै, अनुसन्धान प्रतिवेदन बुझाउने तयारीमा प्रहरी
मंसिर २६, २०८१ बुधबार
टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
मंसिर २६, २०८१ बुधबार
जापानले रक्षा बजेट विस्तारका लागि कर बढाउने
मंसिर २६, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
उपराष्ट्रपति यादव कतारको राष्ट्रिय दिवसमा सरिक
मंसिर २६, २०८१ बुधबार
अफगान शरणार्थी मन्त्रीको आत्मघाती विष्फोटमा मृत्यु
मंसिर २६, २०८१ बुधबार
मानव बेचबिखनमा वृद्धि: राष्ट्रसंघ
मंसिर २६, २०८१ बुधबार