तपाईको आजको राशीफल कस्तो छ ?
नेपालबहस संवाददाता
मंसिर २, २०७९ शुक्रबार ११:५:५७
आजको पात्रो : २ मंसिर २०७९, शुक्रबार । तद्नुसार नोभेम्बर महिनाको १८ तारिक २०२२ । मार्गकृष्णपक्ष नवमी, गर करण, पूर्वफाल्गुनी नक्षत्र, वैधृति योग, चन्द्रमा सिंह राशिमा रहेको छ । आज बिहान सूर्योदय ६ः२८ र सूर्यास्त ५ः११ मा हुनेछ । आज बिहान १०ः२९ देखि ११ः५० सम्म राहुकाल रहेको छ । यो समयमा आजको दिन शुभकार्य नगर्नु होला । शुक्रबार विदेश यात्राका लागि सामान्यता बारको हिसाबले शुभ मानिन्छ । आर्थिक लगानीको लागि शुक्रबार शुभबार होइन । आजको दिन तन्त्र, मन्त्र साधनाको लागि शुभ रहेको छ । आजका देवता दिती र ग्रहदेव गुरु हुन् । आज सकेसम्म विवाद हुने काम नगर्नु होला । विलिसिताका सामान खरिदका लागि दिन शुभ रहेको छ ।
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) :- रोजगारीको क्षेत्रमा नयाँ सफलता हात लाग्नेछ । शुक्रबार भएकाले मेष राशीका जातकले नजिकको देवालयको यात्रा गर्दा मनमा खसियाली छाउने छ । बिहानै देवालयको दर्शन गरेर काम सुरु गर्दा दिनभर गरिने कार्यमा सफलता प्राप्त हुनेछ ।
वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) :- व्यापार व्यवसायमा सोचेअनुसार नाफा प्राप्त हुँदा खुसियाली हुनसक्छ । आजको दिन व्यापारबाट फाइदा नहुँदा पनि त्यति निराश नहुनु होला । मन, बचन र कर्म सकारात्मक हुन जरुरी छ । सकारात्मक सोचले मात्र दैनिककाम गर्दा मनमा हर्ष उत्पन्न हुनसक्छ ।
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) :- परिवार र आफन्तजनले अनेक आरोप लगाउन सक्नेछन् । आजको सदन दिन कष्ट आउनेछन् । मनमा पनि निराशा उत्पन्न हुनसक्छ । आज सकारात्मक सोच मात्र राखेर काम गर्नुभयो भने मनमा खुसीयाली छाउने छ । कसैलाई पनि बैरभाव हुने काम नगर्नुहोला ।
कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) :- पारिवारिक तनावका कारण मनमा अनेकखालका समस्या आउनसक्छ । आजको दिन कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । कसैसँग विवाद भयो भने हानी हुनसक्छ । त्यसैले एकाग्र चित्तले आफ्नो दैनिक काम सम्पादन मात्र गर्नुभयो भने सफलता प्राप्त हुनेछ ।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) :- परिवारका सदस्यबाट आर्थिक सहयोग प्राप्त हुनेछ । यात्राका समस्या हुनसक्छ । यात्रा गर्नुभन्दा पहिले राहुकाल छलेर मात्र शुभ साइतको समयमा यात्रा गर्नुहोला । परिवारको साथ पाउने योग रहेको छ । परिवारका सदस्यले अनावश्यक लान्छना लगाउनसक्नेछ । आजको दिन सिंह राशिका जातकले कम बोल्नु नै बुद्धिमानी हुनेछ । चन्द्रमाको साथ रहेको छ । आज बिहान सूर्योदयको दर्शन गर्नुहोला ।
कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) :- आजको दिन आफन्तसँग सम्बन्ध विग्रन सक्छ । स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिन्छ । अध्ययन अध्यापनबाट सफलता हात लाग्नेछ । कन्या राशिका जातकले स्त्रीबाट सहयोग प्राप्त हुँदा निराशा हुनुपर्नेछ । आज आम्दानीको धनराशिबाट घरमा महिलालाई केही उपहार दिनु राम्रो हुन्छ ।
तुला (रा.री.रु.रे.रो.ता.ती.तु.ते) :- आजको दिन सुरु गरेको काम सफल हुनेछ । कार्यमूलक यात्रा हुनेछ । कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नुहोला । तपाईलाई सफलता हात लाग्नेछ । कुनै कामबीचमा छोडेको छ भने त्यो कामका पुरा नहुँदा मनमा चिन्ता भइरहन्छ ।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) :- तपाईले आफ्नो ग्रह बलियो भएको बेला कार्यायोजनाअनुसार काम गर्नुभयो भने सफलता मिल्नेछ । आजको दिन तपाईले शिवालयमा गएर जल अर्पण गर्नुभ यो सोचे अनुसार काम बन्नेछ । शिवालयको नाम स्मरण मात्रले पनि मनमा शान्ति मिल्नेछ । अध्यात्मिक कार्यमा केही समय दिनुभयो भने कार्यमा सफलता मिल्नेछ । आज बिहान सूर्योदयको दर्शन गर्नुहोला ।
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) :- आजको दिन सफलता मिल्नेछ । आजको दिन सोचअनुसारको काम हुनेछ । सन्ताबाट सुख र स्त्रीको साथ सहयोगले राम्रो काम गर्नुहुनेछ । यात्रामा सफलता मिल्नेछ । यात्रा गर्दा प्रयोजनमूलक यात्रा मात्र गर्नुहोला ।
मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी):-तपाईले गरेका कामबाट मानसम्मान मिल्नेछ । आफन्तजनको सहयोगले मनमा हर्ष प्राप्त हुनेछ । आजको दिन लक्ष्मीको आरधनाले मनमा प्रसन्नता छाउनेछ । विगतदेखि गर्दै आएका कामको मूल्यांकन हुनेछ । बिहान सूर्योदयको दर्शन अवस्य गर्नुहोला ।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) :- कुम्भ राशीका जातकले आजको दिन सोचअनुसारको काम हुनेछ । शत्रुमाथि विजय प्राप्ति हुनेछ । व्यापारबाट प्राप्त धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । आजको दिन घर नजिकको देवालय दर्शन गर्नुभयो भने थप शक्ति मिल्नेछ ।
मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची) :- आजको दिन मनमा प्रसन्नता छाउने छ । लामो दुरीको यात्रा गर्दै हुनुहुन्छ भने बिहान सूर्योदयको दर्शन गरेर मात्र यात्रा शुरुवात गर्नुहोला । सकारात्मक सोच र अध्ययन अध्यापनमा मन लाग्नेछ । साँझपख शिवालयमा जाँदा मीन राशिका जातकका लागि अध्यापन, लेखनमा रुचि बढ्नेछ । व्यापार व्यवसायमा हुनुहुन्छ भने केही हानी हुनसक्ने छ । परिवारमा विवाद हुनसक्छ । मौन रहनु उत्तम हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकस्तो छ तपाईको आजको राशीफल ?
भदौ ६, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
साउन २२, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
साउन २०, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार