अफ्रिकन स्वाइन फिभरले चार सय ३२ बङ्गुर मरे
नेपालबहस संवाददाता
मंसिर २, २०७९ शुक्रबार १७:४१:३२
२ मंसिर, भजनी । कैलालीको भजनी नगरपालिका जयबहादुर बुढा लामो समयदेखि व्यावसायिक बङ्गुरपालन गर्दै आएका छन । उनको सो व्यवसायमा एकाएक अफ्रिकन स्वाइन फिभरले क्षति पुगेको छ । फार्ममा रहेका चार सय ३२ बङ्गुर मरेपछि उनले ठूलो क्षति व्यहोर्नुपरेको हो ।
भजनी नगरपालिका पशु सेवा शाखाले तयार गरेको प्रतिवेदनमा फार्ममा रु ९५ लाख २० हजार बराबरको क्षति भएको विवरण उल्लेख छ । बडिमालिका कृषि प्रवद्र्धन केन्द्रको नामबाट व्यावसायिक बङ्गुरपालन गर्दै आएका बुढालाई यो समस्याले निकै चिन्तित बनाएको बताउछन । “बैंकबाट ऋण लिएर व्यवसाय सुरु गरिएको थियो । अहिले फार्म रित्तो भएको छ । आम्दानीको माध्यम समाप्त हुँदा बैंकको ब्याज र किस्ता कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता बढेको छ”, बुढाले भने, “कतैबाट राहत पाइन्छ कि भनेर आश गरेर बस्नुको विकल्प मेरा लागि अरु केही रहेन । अब व्यवसायमा फर्किने आधार पनि समाप्त भएका छन् ।”
फार्ममा बचेका बङ्गुर पनि नष्ट गर्नुपर्ने पशु सेवा विभाग काठमाडौंका डा. मुकुल उपाध्यायले बताए । “जतिसक्दो छोटो फार्म खाली गराउनुपर्छ । त्यसको संक्रमण अन्यत्र नसर्न दिन बचेका बङ्गुर पनि नष्ट गर्नुपर्छ”, उपाध्यायले भने, “यो संक्रमण अन्त फैलियो भने त्यसले महामारीको रूप लिन सक्छ र जोखिम बढ्न सक्छ ।”
असोज पहिलो साताबाट फार्ममा बङ्गुर मर्न थालेपछि पशुपक्षी अन्वेषण प्रयोगशाला धनगढी र केन्द्रीय प्रयोगशाला काठमाडौंमा प्रयोगशाला परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर पोजेटिभ देखिएको हो । बङ्गुरमा महामरी रोग फैलिन नदिन उक्त क्षेत्र सिल गरिएको छ । भजनी नगरकार्यपालिकाले प्रदेश तथा सङ्घीय सरकारमा सहयोगका लागि सिफारिस गर्ने निर्णय गरेको छ । कात्तिक १५ गते पशुपक्षी रोग अन्वेषण प्रयोगशाला धनगढी र केन्द्रीय प्रयोगशाला काठमाडौंमा यो रोग देखिएको हो ।
बङ्गुर प्रजातिमा देखापर्ने यो रोग केही वर्ष पहिला अमेरिका र त्यसपछि चीनमा देखापरेको थियो । यसका कारण बङ्गुर मर्न थालेपछि गृहसचिव विनोदप्रकाश सिंह, पशु सेवा विभाग काठमाडाैं डा. मुकुल उपाध्याय, पशुपक्षी रोग अन्वेषण प्रयोगशाला धनगढीका डा. नरेशप्रसाद जोशी, भेटेरेनरी अस्पताल कैलालीका डा हेमराज अवस्थीसमेतले स्थलगत अनुगमन गरेका थिए ।
फार्ममा अझै पनि केही बङ्गुर जीवित छन् । फार्मका सञ्चालक बुढाले राहतको पर्खाइमा बचेका बङ्गुर नष्ट गर्न सकेका छैनन। उता नगरपालिकाका नगरप्रमुख केवल चौधरीले संक्रमण अन्यत्र फैलिन नदिनका लागि सावधानी अपनाएको बताउँदै फार्ममा भएको क्षतिको विवरण नगरपालिकाले सङ्कलन गरेर प्रदेश र सङ्घीय सरकारलाई राहतको व्यवस्थापनका लागि सिफारिस गर्ने निर्णय कार्यपालिकाबाट पास गरेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार