महोत्तरीमा एमाले-माओवादी कार्यकर्ताबीच झडप, पाँच जना घाइते
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
मंसिर २, २०७९ शुक्रबार १८:४६:३३
![](https://nepalbahas.prixacdn.net/media/albums/gaite_0uvatJoCk1.jpg)
♦ विशाल बस्नेत
२ मंसिर, महोत्तरी । माओवादी केन्द्र र एमाले कार्यकर्ताबीच झडप भएको छ । महोत्तरीको रामगोपालपुर नगरपालिकाबाट मदिरा सेवन गरेर सम्सी पुगेका एमालेका कार्यकर्ताले आक्रमण गरेको स्थानीयले बताएका छन् ।
स्थानीय रामभुषण साहले एमाले कार्यकर्ताको कुटाइबाट पाँच जना घाइते भएका छन् । ‘मदिरा सेवन गरेका युवाहरुले भोट एमालेलाई नै हाल्नुपर्ने धम्की गर्दै आक्रमण गरे,’ पीडित अनिल मण्डलले भने ।
आक्रमणमा परी घाइते हुनेमा अनिल मण्डल, रामदरेस मण्डल, रामदुलारी मण्डल, राधिका मण्डल, रायवीर मण्डल छन् । उनीहरुमध्ये एकजनाको भारतको सीतामाढी र अन्य चारजनाको रामगोपालपुरको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
रामगोपालपुरका विजय यादव, रामवली यादव, अनिल यादव र रामो यादवको नेतृत्वमा झन्डै ४० जना युवा सम्सीको लक्ष्मीनिया प्रवेश गरेर कुटपिट गरेको स्थानीयको भनाइ छ ।
एमाले जिल्ला इन्चार्ज सरोज यादवले घटनाको विषयमा आफूलाई जानकारी नभएको बताए । माओवादीले भने घटनाको भत्सर्ना गरेको छ । माओवादीका जिल्ला इन्चार्ज राजु खड्काले घटना निन्दनीय भएको वताए । ‘आक्रमण जसले गरे पनि पनि दोषीउपर छानबिन होस्,’ उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
रुख कटान गरेको आरोपमा २ जना पक्राउ
फागुन ५, २०८१ सोमबार
भन्सार छलेको सामानसहित रौतहटमा एक जना पक्राउ
फागुन ५, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
शपथ खाएर झुटो बोलेको भन्दै सिंगापुरका सांसदलाइ १४ हजार डलर जरिवाना
फागुन ६, २०८१ मंगलबार
मुस्ताङको कैह्योलोङ गुफा ओझेलमा
फागुन ६, २०८१ मंगलबार
क्यानडाको टोरन्टो विमानस्थलमा ८० जना सवार विमान पल्टियो
फागुन ६, २०८१ मंगलबार
अन्तर पालिकास्तरीय महिला फुटबलको उपाधि कनकाईलाई
फागुन ६, २०८१ मंगलबार
६ महिनामा ३ हजार १ सय ३४ जनाले गरे आत्महत्या
फागुन ६, २०८१ मंगलबार
सांसदका प्रश्न, प्रधानमन्त्रीका उत्तर देशका लागि कति प्रभावकारी होलान् ?
फागुन ६, २०८१ मंगलबार