निषेध अवधिमै रुपन्देहीको शुद्धोधनबाट गाडीसहित २६ कार्टुन मदिरा बरामद
नेपालबहस संवाददाता
मंसिर २, २०७९ शुक्रबार २३:३७:५९
२ मंसिर, भैरहवा । रुपन्देहीको शुद्धोधनबाट मदिरासहित दुईवटा गाडी नियन्त्रणमा लिइएको छ । प्रहरीले शुद्धोधनको वडा नम्बर १ बेलवा र वडा नम्बर ५ खजुरीयबाट मदिरासहित गाडी नियन्त्रणमा लिएको जनाएको छ ।
आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी मदिरा बिक्री वितरण, ओसारपसारमा प्रतिवन्ध लगाइएको छ । निषेध गरिएको अवधिमा सुद्धोधन–१ बेलवामा शुक्रबार दिउँसो नम्बर नखुलेको गाडीसहित करिब १५ कार्टुन मदिरा नियन्त्रणमा लिएको छ भने शुद्धोधन ५ खजुरियाबाट लु १ च ९२१९ छोटाहात्ती गाडी सहित २६ कार्टुन मदिरा बरामद भएको छ ।
बरामद भएको मादिराको बाहिरी भागमा अन्तशुल्क स्टिकर भए पनि भित्री बोतलमा स्टिकर रहेको छैन । बेलवामा बरामद मदिरा निर्वाचन आचारसंहिता अनुगमन समिति रुपन्देहीका अधिकृत विष्णु प्रसाद ज्ञवालीले नियन्त्रणमा लिई जिल्ला प्रहरी प्रमुखको आदेशमा इलाका प्रहरी कार्यालय रन्यौरा बुझाइएका छन् भने खजुरीयाको बरामद मदिरा ईलाका प्रहरी कार्यालय छपियामा राखिएको छ ।
स्थानीयले मदिरासहितको गाडी नियन्त्रणमा लिएपछि प्रशासनलाई खबर गरेका थिए । बरामद मदिरा र गाडीसहित आवश्यक कारबाही हुने प्रहरी अधिकृतहरूले जानकारी दिए । यसबारे थप अनुसन्धान भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनवीनतम् र रचनात्मक कार्य गर्न प्रहरी महानिरीक्षकको निर्देशन
मंसिर १०, २०८१ सोमबार
नेपाल प्रहरीका ८ जना डीआईजीमा बढुवाका लागि सिफारिस
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
निर्वाह भत्ता दिने निर्णय नसच्याए काम छाडेर सडकमा उत्रने आवासीय चिकित्सकहरुको चेतावनी
मंसिर ११, २०८१ मंगलबार
इजरायली राजदूतद्वारा बीपी सङ्ग्रहालयको निरीक्षण
मंसिर ११, २०८१ मंगलबार
चार महिनामा १ अर्ब ४३ करोड बराबरको सुन भित्रियो, मूल्य घटेपछि बजारमा बढ्यो चहलपहल
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
महिला किसान समूहलाई बाख्रा वितरण
मंसिर ११, २०८१ मंगलबार