सिन्धुपाल्चोकमा क्रिया बसेका चार दाजुभाईले गरे मतदान
नेपालबहस संवाददाता
मंसिर ४, २०७९ आइतबार १७:१९:४५
४ सिन्धुपाल्चोक, मंसिर । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ४ मा क्रियापुत्रीले पनि मतदान केन्द्रमा पुगेर मतदान गरेका छन् । आमाको किरिया बसेका चुर्ण प्रसाद श्रेष्ठ , कमल श्रेष्ठ ,मान वहादुर श्रेष्ठ ,पुर्ण प्रसाद श्रेष्ठ र उनिहरुका श्रीमतीले मतदान गरेका हुन् ।
उनीहरुले कालिकादेवि मावि मतदान केन्द्रमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारहरुलाई भोट दिएका छन् । उनीहरु तिन दिनदेखि आमाको मृत्यको शोकमा क्रिया बसिरहेका छन् ।
जीवनको सबैभन्दा दुखद क्षणमा पनि मतदान गर्नका लागि मतदानस्थल पुगेका उनिहरुले आफ्नो मतले आगमी पाचँ वर्षका लागि देशको भविष्य निर्धारण गर्ने बताएका छन् । मतदान भनेको यो युगको जिम्मेवारी भएकोले मतदान गरेर उत्साहित भएको उनिहरुको भनाई थियो ।
आफ्नो परम्पराअनुसार कसैलाई नछोई मतदान गर्ने वातावरण बनाईएको थियो । सिन्धुपाल्चोकको एक सय ४५ मतदानस्थलहरुमा ३ सय २० मतदान केन्द्रमै उत्साहजनक रूपमा बिहान ७ बजेदेखिनै मतदान भइरहेको छ ।
धेरै मतदान केन्द्रमा बिहानैदेखि मतदाताको लाइन लागेको छ । जिल्लामा शान्त र सामान्य रुपमा मतदान भईरहेको छ । सुरक्षा व्यवस्थापन कडा गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार