स्याङ्जाको चापाकोट र गल्याङमा हवाई फायर
नेपालबहस संवाददाता
मंसिर ४, २०७९ आइतबार २३:५०:८
४ मंसिर, पोखरा । स्याङ्जाको चापाकोट र गल्याङमा दलहरुबीच विवादपछि झडप भएको छ । झडपले उग्र रूप लिन नदिन भन्दै प्रहरीले ४ राउण्ड हवाइ फायर गरेको छ ।
चापाकोट नगरपालिका–१ को भानु मावि मतदानस्थलमा दलका प्रतिनिधिबीच विवाद हुँदा झडप भएपछि स्थिति नियन्त्रणमा लिन एक राउण्ड हवाइ फायर गरेको प्रहरीले जनाएको छ ।
यसैगरी गल्याङ–७ मनहरीखरणक मावि मतदानस्थलमा विवाद बढ्दै गएपछि प्रहरीले हवाइ फायर गरेको छ । चर्को भीडलाई नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए ।
दुवै ठाउँमा मतदान प्रक्रिया लम्बिने भएको छ । अहिले मतदान सुरू भएको छ । पूर्वनिर्धारित समयभन्दा दुई घण्टा समय लम्बिने उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
यी ठाउँमा आज पनि वर्षाको सम्भावना, उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात
पुष १४, २०८१ आइतबार
नेपाली कला र संस्कृति प्रवर्द्धन गर्न अमेरिकामा सांगीतिक कार्यक्रम
पुष १४, २०८१ आइतबार
स्तो छ आजको विदेशी मुद्राको विनिमयदर
पुष १४, २०८१ आइतबार
आइतबारदेखि मौसम सुधार हुने
पुष १३, २०८१ शनिबार
अबको लडाइँ भ्रष्टाचार र वैज्ञानिक शिक्षाका लागि गरिनुपर्छः नेता डा कोइराला
पुष १३, २०८१ शनिबार
सुशासनका लागि भ्रष्ट्राचारविरुद्ध निरन्तर आन्दोलन: अध्यक्ष प्रचण्ड
पुष १३, २०८१ शनिबार