बैतडी जीप दुर्घटना अपडेट : चारजनाको मृत्यु, घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर
नेपालबहस संवाददाता
मंसिर ५, २०७९ सोमबार १६:५२:१४
सीपी लोहिया
५ मंसिर, बैतडी । बैतडीमा प्रहरी बोकेको जीप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रहरी जवान लोकन्द्रबहादुर थापा मगर, रमेश साउद र सहायक हवल्दार अर्जुन कठायत छन् । एकजनाको शव दुर्घटनाग्रस्त जिपमुनि रहेकाले निकाल्ने प्रयास भइरहेको छ ।
दुर्घटनामा घाइते भएका चारजनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत नेपालगञ्ज लगिएको छ । सोमबार बिहान ९ बजे पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि हेलिकप्टरमार्फत नेपालगञ्ज लगिएको प्राथमिक स्वास्थ्य केन्द्र पाटनले जनाएको छ ।
६ जना घाइतेको परिचय खुलेको छ । घाइते हुनेमा गोपालबहादुर पाल, आसा धामी, भानु बिष्ट, अर्जुन कठायत, टेकेन्द्रसिंह ऐर र लोकबहादुर कठायत छन् । जिप सडकबाट करिब दुई सय मिटर तल खसेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।
दुर्घटनामा परेका प्रहरी तालिम केन्द्र दिपायलमा कार्यरत थिए । उनीहरूलाई निर्वाचनका लागि बैतडी खटाइएको थियो । जीपमा १२जना प्रहरी सवार रहेको बुुझिएको छ ।
से१ज ८५४ नम्बरको जीप पाटन नगरपालिका-४ को निङलाडी खोलामा दुर्घटना भएको हो । घटनाका विषयमा थप जानकारी आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपोखराबाट घान्द्रुक जाँदै गरेको जीप सडकबाट खस्दा ५ जना घाइते
पुष ४, २०८१ बिहिबार
सिरहामा सडक दुर्घटनामा घट्यो, मृत्यु हुनेको सङ्ख्या बढ्दो
पुष ३, २०८१ बुधबार
मिनी बस दुर्घटना हुँदा २ जनाको मृत्यु, १२ घाइते
पुष १, २०८१ सोमबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार