चुनावी इखमा भएको आक्रमणबाट बाजुरामा विद्यार्थी नेताको मृत्यु
नेपालबहस संवाददाता
मंसिर ५, २०७९ सोमबार १७:३०:२१
५ मंसिर, काठमाडौं । बाजुरामा चुनावी इखमा भएको आक्रमणबाट एक विद्यार्थी नेताको हत्या भएको छ । आइतबार दिउँसो मतदानका क्रममा भएको विवादको इखमा राति घरमा गएर गरिएको आक्रमणबाट त्रिवेणी नगरपालिका-७ का बासिन्दा नेत ऐडीको मृत्यु भएको हो ।
वडा नम्बर ७ को नाटेश्वरी मतदान केन्द्रमा भएको विवादको निहुँमा एक समूहले घरमै पुगेर कुटपिट गर्दा सख्त घाइते भएका ऐडी उपचारका क्रममा बयलपाटा अस्पतालमा मृत्यु भएको बाजुरा प्रहरीले जनाएको छ । ऐडी नेकपा (एमाले) संवद्ध अनेरास्ववियु सुदूरपश्चिम विश्वविद्यालयका अध्यक्ष हुन् ।
मतदानका क्रममा एमाले र कांग्रेसका कार्यकर्ताबीच भएको विवादका क्रममा प्रहरीले चलाएको गोली लागेर स्थानीय २५ वर्षीय कांग्रेस कार्यकर्ता सुरेन्द्र ऐडीको ज्यान गएको थियो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार