सीके राउतको जनमत पार्टीले प्रदेशमा खाता खोल्यो, सप्तरी १ (क) र २ (ख)मा विजय हासिल
नेपालबहस संवाददाता
मंसिर ६, २०७९ मंगलबार १८:१९:२५
६ मंसिर, काठमाडौं । चन्द्रकान्त (सिके) राउत नेतृत्वको जनमत पार्टीले मधेस प्रदेसमा खाता खोलेको छ । मधेस प्रदेशसभा अन्तर्गत सप्तरी २ को (क)मा जनमत पार्टीका सतिशकुमार सिंह विजयी भएका छन् ।
उनले जसपाका शैलेन्द्र साहलाई पराजित गरेका छन् । साह मधेश प्रदेशका अर्थमन्त्री हुन् । विजयी सिहं तिलाठी कोइलाडी गाउँपालिकाका पूर्वअध्यक्ष पनि हुन् ।
गएको वैशाखमा भएको स्थानीय निर्वाचनमा भने उनी लोसपाबाट अध्यक्ष पदमा लडेका थिए । तर उनी पराजित भए । त्यसपछि जनमत पार्टी प्रवेश गरेका उनलाई जनमतले प्रदेशसभा सदस्यमा टिकट दिएको थियो ।
राउतलाई विखण्डकारीको आरोप लाग्दै आएको छ । राउत केही वर्षसम्म भूमिगत जीवन बिताएका केपी ओली नेतृत्वको तत्कालीन सरकासँग सम्झौता गरेर खुला राजनीतिमा आएका थिए ।
यस्तै, सप्तरीकाे २ (ख)मा पनि जनमत पार्टीकै उम्मेदवार विजयी भएका छन् । यहाँ जनमत पार्टीका महेश यादव १३ हजार ३२५ मत ल्याएर विजयी भएका हुन् । उनले माओवादी केन्द्रकी उम्रश यादवलाई पराजित गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाघको आक्रमणबाट रौतहटमा वडा अध्यक्ष घाइते
मंसिर १६, २०८१ आइतबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
जनमत पार्टी अध्यक्ष सिके राउत चीन प्रस्थान
मंसिर १५, २०८१ शनिबार
छत्तीसगढ–तेलंगाना सीमामा भएको मुठभेडमा सात संदिग्ध माओवादी लडाकूको मृत्यु
मंसिर १६, २०८१ आइतबार
काश पटेललाई एफबिआईको नयाँ निर्देशक बनाउने ट्रम्पको लक्ष्य
मंसिर १६, २०८१ आइतबार
आइतबार १० अंकले घट्यो नेप्से, ८ अर्ब ३३ करोडका शेयर खरिदबिक्री भए
मंसिर १६, २०८१ आइतबार
झापामा बेसारखेती गर्ने कृषकको सङ्ख्या वृद्धि
मंसिर १६, २०८१ आइतबार
बेमौसमी काँक्रा बेचेर डेढ लाख बढी आम्दानी
मंसिर १६, २०८१ आइतबार
११ महिनामा १० लाख ५५ हजार बढी पर्यटकले नेपाल भ्रमण गरे, ११ हजार अमेरिकन आए
मंसिर १६, २०८१ आइतबार