निर्वाचन आयोगको निर्णयपछि मात्रै स्याङ्जा-२ को मतगणना गरिने, सुरक्षा व्यवस्था कडा
नेपालबहस संवाददाता
मंसिर ७, २०७९ बुधबार १८:२१:१४
७ मंसिर, स्याङजा । निर्वाचन आयोगले निर्णय गरेपछि मात्रै स्याङजा-२ को मतगणना सुरु हुने भएको छ । प्रदेश र प्रतिनिधिसभाको मंसिर ४ मा मतदान सम्पन्न भएपनि नेकपा एमालेले विवाद निकालेपछि जिल्लास्तरीय छलफलबाट दलीय सहमति जुटेको छैन् ।
तत्काल मतगणना सुरु गर्नुपर्ने माग राख्दै स्याङजा-२ मा नेपाली काग्रेसले धर्ना दिँदै आएको छ । नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका सत्ता गठबन्धनका साझा उम्मेदवार धनराज गुरुङसमेत चाँडो मतगणनाको माग गर्दै धर्नामा बसेका छन् ।
वालिङस्थित निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय बैठक बसे पनि दलहरुबीच सहमति जुटेको छैन् । दलहरु आफ्नै अडानमा रहेकाले मतगणना सुरु हुन नसकेको हो । निर्वाचन अधिकृतको कार्यालयमा सबै मतदान केन्द्रबाट मतपेटिकाहरु ल्याई सुरक्षित राखिएको स्याङ्जा क्षेत्र नं २ का निर्वाचन अधिकृत रामचन्द्र शर्माले जानकारी दिए ।
लोकतान्त्रिक वाम गठबन्धनले तत्काल मतगणना सुरु गर्न दवाव दिइरहेको छ । नेकपा एमालेले पुनः मतदानको माग गर्दै दवाव दिइरहेको छ । सर्वदलीय बैठकमा सहमति नजुटेपछि स्याङजा-२ को परिस्थितिबारे निर्वाचन आयोगमा लेखेर पठाएको अधिकृत शर्माले जानकारी दिए । उनले हामीले सहमतिका लागि प्रयास गर्यौँ तर निष्कर्षमा पुग्न नसकेको र अब केन्द्रबाट आयोगको जे निर्णय आउँछ सोही प्रक्रिया अनुसार अगाडि जाने बताए ।
नेपाली कांग्रेसले स्याङ्जाको चापाकोट नगरपालिका–३, ४ र ५ का चारवटा मतदान केन्द्रमा बुथ कब्जा गरी धाँधली गरेको आरोप एमालेले लगाउँदै ती ठाउँमा पुनः मतदान गर्नुपर्ने माग गरेको छ । कांग्रेस भने प्रक्रिया पूरा भएर निर्वाचन कार्यालयमा सुरक्षित आएको जनताको अभिमतलाई सम्मान गर्दै तत्काल मतगणना गरेर निकास निकाल्नुपर्ने अडानमा छ ।
एमालेलगायत दलहरुले पुनः मतदानको माग गर्दै सडकमा विरोध प्रदर्शन जारी राखेका छन् । कांग्रेसले पनि मतगणना गर्नुपर्ने माग राख्दै निर्वाचन अधिकृतको कार्यालय अगाडि वालिङमा धर्नामा बसेको छ । कांग्रेसका कार्यकर्ताहरु रातभरि नै सडकमै बसेका थिए । दुवै पक्षले निर्वाचन अधिकृतको कार्यालयमा धर्ना दिएपछि सम्भावित घटनालाई दृष्टिगत गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
कांग्रेसले चैत्र मसान्तभित्र भ्रातृ संस्थाको महाधिवेशन गराउने, देउवाले तोके संयोजक
मंसिर २६, २०८१ बुधबार
रवि लामिछानेलाई आज पोखरा लगिँदै, अनुसन्धान प्रतिवेदन बुझाउने तयारीमा प्रहरी
मंसिर २६, २०८१ बुधबार
टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
मंसिर २६, २०८१ बुधबार
जापानले रक्षा बजेट विस्तारका लागि कर बढाउने
मंसिर २६, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
उपराष्ट्रपति यादव कतारको राष्ट्रिय दिवसमा सरिक
मंसिर २६, २०८१ बुधबार
अफगान शरणार्थी मन्त्रीको आत्मघाती विष्फोटमा मृत्यु
मंसिर २६, २०८१ बुधबार
मानव बेचबिखनमा वृद्धि: राष्ट्रसंघ
मंसिर २६, २०८१ बुधबार