बागलुङबाट प्रतिनिधिसभा सदस्यमा चित्रबहादुर केसी विजयी
नेपालबहस संवाददाता
मंसिर ७, २०७९ बुधबार २१:५७:३१
७ मंसिर, पोखरा । मंसिर ४ मा भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचन अन्तर्गत प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय जनमोर्चाले बागलुङबाट पहिलो जित निकालेको छ । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी बागलुङको प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट निर्वाचित भएका छन् ।
प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन २०७९ को अन्तिम मतपरिणाम अनुसार सत्ता गठबन्धनको समर्थनमा जनमोर्चाका अध्यक्ष केसीले नेकपा एमालेका उमेदवार सूर्यप्रसाद पाठकलाई हराएका हुन् ।
केसीले २१ हजार ४५१ मत ल्याउँदा एमालेका पाठकले १८ हजार ८२५ मत ल्याए । यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले नौ हजार १८१ मत प्राप्त गरे । राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मीप्रसाद सापकोटाले ९०३ मत ल्याए ।
अन्य दुई स्वतन्त्र उमेदवार शिवलाल सापकोटाले १२५ र चन्द्रबहादुर क्षेत्रीले १९३ मत पाए । एक लाख एक हजार २२३ मतदाता रहेको यो क्षेत्रमा ५४ हजार ७११ मत खस्दा ५२ हजार ८७० मत सदर भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपनिर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भई मतदान गर्न आयोगको आग्रह
मंसिर १५, २०८१ शनिबार
मतगणनाको अद्यावधिक परिणाम आयोगको बेवसाइटमा हेर्न सकिने
मंसिर १४, २०८१ शुक्रबार
उपनिर्वाचनको मौन अवधि सुरु, के गर्न पाइँदैन ?
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
भारतमा सबैभन्दा बढी कर तिर्ने पाँच सेलेब्रेटी, साउथ हिरो पनि परे
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार
एनपिएलका आयोजकप्रति दर्शकहरू रुष्ट
मंसिर १५, २०८१ शनिबार
निगमले बढायो पेट्रोल र हवाई इन्धनको मूल्य
मंसिर १५, २०८१ शनिबार