बर्दिया क्षेत्र न २ मा स्वतन्त्र उम्मेदवार लालविर चौधरी निर्वाचित
नेपालबहस संवाददाता
मंसिर ७, २०७९ बुधबार २२:१:३९
♦ दीपक शर्मा
७ मंसिर, बर्दिया । बर्दिया क्षेत्र न २ मा प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार रहेका लालविर चौधरी निर्वाचित भएका छन । बुधवार सम्पन्न भएको मत गणनामा १ सय ३५ मत अन्तरको फरकमा नल्का चुनाव चिन्ह बाट स्वतन्त्र उम्मेदवार रहेका लालविर चौधरीलाई नागरिक उम्मुक्ति पार्टिको समर्थन रहेको थियो ।
चौधरीले गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका शुरेस पन्थलाई पराजित गरेका हुन् । चौधरीले २६ हजार ५ सय २० मत ल्याउदा शुरेस पन्थले २६ हजार ३ सय ८४ मत ल्याउका थिए । यसै गरी नेकपा एमालेका पंकजसिह राठौरले १६ हजार ९० मत ल्याउका छन, भने राप्रपाका विनय रावलले १३ हजार २ सय ९२ मत ल्याएका छन । सो निर्वाचन क्षेत्रमा नागरिक उन्मुक्ति पार्टिबाट रेशम चौधरीको नाम सिफारिस भएको थियो ।
साथै रेशम चौधरीकै बुवा रहेका लालविर चौधरीले पार्टिकै सहयोगमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । निर्वाचन आयोगले रेशम चौधरीको उम्मेदवारी खारेज गरेपछि नागरिक उन्मुक्ति पार्टिले स्वतन्त्र उम्मेदवार बनेका लालविर चौधरीलाई समर्थन गरेको थियो । जित निकालेका चौधरी रेशम चौधरीका बुवा हुन । २०७४ सालको निर्वाचनमा यो क्षेत्रबाट नेकपा माओवादी केन्द्रले जित निकालेको थियो ।
यसैगरी बर्दिया क्षेत्र न १ को प्रदेश सभा क मा गठबन्धनको तर्फबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका भुवनेश्वर चौधरुी बिजयी भएका छन । उनले नेकपा एमालेका उम्मेदवार शालिकराम अधिकारीलाई १ सय १९ मतको फरकमा पराजित गरेका हुन । चौधरीले १७ हजार २६ मत ल्यायर विजय हुदा नेकपा एमालेका शालिकराम अधिकारीले १६ हजार ९ सय ७ मत ल्याएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबिआरआई परियोजनामा सरकारले ऋण होइन, अनुदान लिन्छः सञ्चारमन्त्री
मंसिर ११, २०८१ मंगलबार
सामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
इजरायली राजदूतद्वारा बीपी सङ्ग्रहालयको निरीक्षण
मंसिर ११, २०८१ मंगलबार
चार महिनामा १ अर्ब ४३ करोड बराबरको सुन भित्रियो, मूल्य घटेपछि बजारमा बढ्यो चहलपहल
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
महिला किसान समूहलाई बाख्रा वितरण
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाह युद्बबिराम रोक्न सकारात्मक, चाँडै सहमति हुन सक्ने
मंसिर ११, २०८१ मंगलबार