अब संस्थापक शेयर कारोबारको स्वीकृति लिन प्रहरी रिपोर्ट अनिवार्य
नेपालबहस संवाददाता
मंसिर ८, २०७९ बिहिबार १५:५१:१
८ मंसिर, काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीको संस्थापक शेयर कारोबारको सम्बन्धमा स्वीकृति माग गर्दा खरिदकर्ताको प्रहरी प्रतिवेदन पेस गर्नुपर्ने अनिवार्य व्यवस्था गरेको छ । बीमा क्षेत्रमा हुने आर्थिक अपराधलाई कम गर्न नयाँ निर्देशन जारी गरेको हो ।
प्राधिकरणले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा बीमकले अपनाउनु पर्ने निरोधात्मक उपायहरुलाई थप प्रभावकारी बनाउन तथा बीमा क्षेत्रमा हुने आर्थिक अपराधलाई न्यूनीकरण गर्न ६ बुँदे निर्देशन दिएको छ।
एक प्रतिशत भन्दा बढीको संस्थापक शेयर कारोबारको सम्बन्धमा प्राधिकरणको स्वीकृत माग गर्दा खरीदकर्ताको प्रहरी प्रतिवेदन पेश गर्नुपर्ने व्यवस्था प्राधिकरणले गरेको छ। बीमालेखमा हिताग्राहीर मनोनित उल्लेख गर्दा निजको पहिचान सम्बन्धी कागजात ‘नागरिक्ता वा सरकारी निकायबाट जारी परिचय खुल्ने अन्य कागजात’ अनिवार्य लिनुपर्ने व्यवस्था गरिएको छ।
बीमालेखमा हिताग्राहीरमनोनित उल्लेख गर्दा सो व्यक्ति उच्च राजनैतिक व्यक्ति भए नभएको एकिन गर्नुपर्ने प्राधिकरणले भनेको छ। २५ लाख भन्दा बढी बीमांक कायम गरी जारी हुने जीवन बीमालेखमा इच्छयाईएको व्यक्तिसँगको सम्बन्ध खुल्ने कागजात अनिवार्य लिनुपर्ने प्राधिकरणको निर्देशनमा छ।
बीमाका संचालक तथा कार्यकारी प्रमुखको नियुक्तिका लागि ‘फिट एण्ड प्रपर टेष्ट’ गर्दा निजको अपराधिक पूष्ठभूमि बारे जानकारी लिन प्रहरी प्रतिवेदन रिपोट अनिवार्य गर्नुपर्ने व्यवस्था गरेको छ।
त्यस्तै ,बीमकका कर्मचारी तथा बीमा अभिकर्ताका लागि सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी तालिम, अभिमुखीकरण संख्या बढाउनु पर्ने प्राधिकरणले जनाएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप४ अंकले बढेको बजारमा ५ अर्ब ३३ करोडका शेयर किनबेच भए, अधिकांश कम्पनीको मूल्य घट्यो
पुष ११, २०८१ बिहिबार
धितोपत्रको नयाँ लाइसेन्स वितरणमा प्रधानमन्त्रीको रुची, सेटिङमा विचौलिया !
पुष ९, २०८१ मंगलबार
१४ अंकले बढेर २६२६ विन्दुमा रोकियो नेप्से, सोमबार भन्दा ७७ करोड बढी भयो कारोबार
पुष ९, २०८१ मंगलबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
आबिद हुसेन
पुष ११, २०८१ बिहिबार
कार्यकक्षमै प्रहरी जवानले आफैँमाथि गोली चलाए
पुष १३, २०८१ शनिबार
प्रतिभाको मण्डला कलाको एकल प्रर्शनी सुरु
पुष १३, २०८१ शनिबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
क्यानाडामा लहरे खोकीका बिरामीको सङ्ख्या निरन्तर वृद्धि
पुष १३, २०८१ शनिबार
टिकटकमाथि प्रतिबन्ध लगाउने कानुन अघि नबढाउन अदालतलाई ट्रम्पको आग्रह
पुष १३, २०८१ शनिबार
टर्कीएको पहिलो ‘सञ्चार उपग्रह’ सफलतापूर्वक आफ्नो कक्षमा पुग्यो
पुष १३, २०८१ शनिबार
महिला कानुन व्यवसायीहरूको राष्ट्रिय सम्मेलन विराटनगरमा
पुष १३, २०८१ शनिबार