तपाईको आजको राशीफल कस्तो छ ?
नेपालबहस संवाददाता
मंसिर ८, २०७९ बिहिबार १०:५१:७
८ मंसिर, काठमाडाैं । आजको पात्रो : ८ मंसिर २०७९, बिहीबार । तद्नुसार नोभेम्बर महिनाको २४ तारिक २०२२ । मार्गशुक्लपक्ष प्रतिपदा, किस्तुध्न करण, अनुराधा नक्षत्र, अतिगण्ड योग, चन्द्रमा वृश्चिक राशिमा रहेको छ । आज बिहान सूर्योदय ६ः३१ मा सूर्यास्त ५ः१० मा हुनेछ । बिहान ११ः३० देखि १२ः१२ सम्मको समय अभिजित मुहूर्त रहेको छ । आजका देवता र ग्रहदेव चन्द्र हुन् । बिहीबार शिक्षण कार्य, अध्ययन अध्यापन र लेखनको काममा लाग्नु उत्तम हुनेछ । आज धार्मिक कार्य, आर्थिक कारोबारका लागि पनि राम्रो समय हो । विलासिताका सामान खरिदका लागि दिन उपयुक्त रहेको छ ।
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) :- मेष राशीका जातकलाई मानसम्मान मिल्नेछ । तपाईको स्वास्थ्यमा सुधार हुनेछ । आफूभन्दा उच्च व्यक्तिबाट सम्मान प्राप्त हुनेछ । आजको दिन मनमा खुसी छाउने छ । परिवारका सदस्यलाई कुनै नयाँ अध्ययन सामग्री खरिद गरेर दिनुहोला ।
वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) :- तपाईलाई आज आकस्मिक धनलाभ हुनेछ । व्यापार व्यवसायबाट सोचभन्दा बढी आर्थिक लाभ प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनाका साथै यात्राको अवसर प्राप्त हुनेछ । मनमा सकारात्मक सोच र खुसी हुने खबरले उत्साह थपिने छ । बगलामुखी दर्शनले दाम्पत्य जीवनमा खुसियाली छाउने छ ।
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) :- धनलाभ र नयाँ नयाँ खबरले मनमा खुसियाली छाउने छ । घरपरिवार र आफन्तसँग केही विषयमा विवाद हुनसक्छ । आजको दिन कम बोल्ने र अर्काका कुरा सुन्ने गर्दा राम्रो हुनेछ । राम्रो काम गर्न खोज्दा पनि अनावश्यक आरोप लाग्न सक्छ ।
कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) :- कर्कट राशिका जातकका लागि सोच र परिवारका कुरा नमिल्दा नकारात्मक सोच आउनसक्छ । अध्ययन अध्यापनमा मन लगाउनु होला । तपाईको सोच अनुसारका काम नहुँदा नकारात्मक धारणा आउनसक्छ । आजको दिन मौन रहनु, नियमित काम बाहेक अन्य काममा त्यति धेरै ध्यान नदिनुहोला ।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) :- सिंह राशीका जातकले बिहीबार बिहान सूर्योदयको दर्शन गर्नुहोला । तपाईलाई अनावश्यक विवाद हुनसक्छ । आजको दिन भुलेर पनि कसैसँग विवाद नगर्नुहोला । अध्ययनमा रुचि छ भने नयाँ पुस्तक अध्ययनको थालनी तपाईको लागि शुभ हुनसक्छ । आजको दिन मौन रहन उत्तम हुनेछ ।
कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) :- आज यात्रा गर्नुपर्ने हुनसक्छ । आफन्त र मित्रजनबाट साथ र सहयोगको प्रस्ताव आउनसक्छ । आजको दिन नयाँ बस्त्र खरिद गरेर लगाउन राम्रो हुनेछ । स्त्रीको साथ र सहयोग लिएर कुनै काम गर्नु थाल्नु भएको छ भने सोचअनुसारको प्रतिफल प्राप्त हुनेछ ।
तुला (रा.री.रु.रे.रो.ता.ती.तु.ते) :- मानसिक असन्तोष र तपाईले सोच अनुसारको काम नहुँदा मनमा चिन्ता थप हुनसक्छ । त्यसैले मनमा सकारात्मक सोच राखेर काम गर्न आवश्यक छ । व्यापार ब्यबसायमा हुनुहुन्छ भने आजको दिन तपाईलाई फाइदा हुन्छ । धैर्यको आवश्यकता हुन्छ । आजको दिन गणेशको मन्दिरको दर्शन गरेर काम शुरु गर्दा शुभ हुन्छ ।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) :- सूर्योदयको दर्शन गरेर दिनको शुरुवात गर्नुहोला । मनमा प्रशन्नता र उत्साह बढ्ने छ । तपाईले कुनै नयाँ कामको शुरुवात समेत गर्न सक्नुहुनेछ । तपाईको कामबाट सफलता प्राप्त हुनेछ । तपाईमाथि अनावश्यक आरोप लाग्नसक्छ त्यसैले आफ्नो नियमित काम गर्दा होसियारी, धैर्य आवश्यक छ। चन्द्रमाको साथ रहेको छ ।
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) :- आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन व्यर्थमा समय खर्च र अनावश्यक आर्थिक भार थपिने छ । आजको दिन मित्रमण्डलीबाट असहयोग हुनसक्छ । साथ सहयोग कसैको नहुँदा पनि तपाईको मनमा उर्जाका लागि देवालय र शिवालयको दर्शन गर्नु जानुहोला । कसैसँग विवाद नगर्नुहोला ।
मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) :- आजको दिन तपाईले सोचेअनुसारको काम हुने भएकाले नयाँ काम गर्नसक्नुहनेछ । धेरै खुसी र दुःखी नभइकन आफ्नो काम गरिरहनु होला । मनमा निकै हर्ष छाइरहने छ विहान सूर्यनारायणलाई जल दिएर दर्शन गर्नुभयो भने दिन सफल हुनेछ । आजको दिन परिवारको सदस्यहरुबीच सम्बन्ध प्रकाढ हुनेछ ।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) :- मनमा अति प्रसन्नता छाउने छ । कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजय प्राप्ति हुनेछ । बिहान सूर्योदयको दर्शन गर्नुहोला ।सामाजिक काममा मन जानेछ । तपाईले गरेको कार्यको परिवारका सदस्य समेत खुसी हुनेछन् । आजको दिन कुनै नयाँ काम गर्न सक्नुहुनेछ ।
मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची) :- बिहीबारका दिन मीन राशीमा जातकले विहान सूर्योदयको दर्शन गरेर नजिक वा देवालयको दर्शन गर्नु उत्तम हुनेछ । अध्ययन अध्यापनको क्षेत्रका कार्य डगर्ने मीन राशि भएका ब्यक्तिले आजको दिन कुनै नयाँ पुस्तक खरिद र लेखनका काम गर्नसक्नुहुन्छ । विद्यार्थी बर्गको लागि विहीबारको दिन कुनै काम शुरु गर्दा सफलता प्राप्त हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतपाईको आजको राशीफल कस्तो छ ?
बैशाख ४, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख ३, २०८१ सोमबार
तपाईको आजको राशिफल कस्तो छ ?
बैशाख २, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
ताप्लेजुङमा टपरी गाँस्ने प्रतियोगिता
जेठ ४, २०८१ शुक्रबार
काठमाडौँमा ‘न्यूयोर्क राइटर्स वर्कसप’ र ‘हिमालयन लिटरेचर फेस्टिभल’ हुँदै
जेठ ४, २०८१ शुक्रबार
गोरखामा पौडी खेल्ने क्रममा डुबेर दुईजनाको मुत्यु
जेठ ४, २०८१ शुक्रबार
बागमती प्रदेशसभाका चारवटा समिति सभापतिमा मनोनयन दर्ता
जेठ ४, २०८१ शुक्रबार
‘विद्युतीय सवारीसाधनको प्रयोग बढाउन आवश्यक’
जेठ ४, २०८१ शुक्रबार
लागुऔषधको कुलतबाट विद्यार्थी जोगाउन अभियान
जेठ ४, २०८१ शुक्रबार