सुदूरपश्चिममा कांग्रेसः २०७४ मा अस्तायो, २०७९ मा उदायो
नेपालबहस संवाददाता
मंसिर ८, २०७९ बिहिबार २०:१५:५५
८ मंसिर, धनगढी । २०७४ को आम निर्वाचनमा सुदूरपश्चिमा कमजोर देखिएको नेपाली कांग्रेस २०७९ को आम निर्वाचनमा भने अन्यभन्दा ठूलो दल बनेको छ । अघिल्लो पटकको निर्वाचनमा कांग्रेसले सुदूरपश्चिमबाट एक स्थानमा मात्रै जितेको थियो ।
यस पटकको निर्वाचनको मतगणना जारी रहँदा कांग्रेसले ६ सिटमा जित हासिल गरिसकेको छ भने एक स्थानमा अग्रता कायम गरिरहेको छ । यस हिसाबले सुदूरपश्चिमका १६ निर्वाचन क्षेत्रमा कांग्रेस ठुलो दल बन्ने स्थिति बनिरहेको छ ।
०७४ को निर्वाचनमा कांग्रेस सभापति शेरबहादुर देउवाले मात्रै यस प्रदेशबाट जितेका थिए । संघका साथै प्रदेशसभामा पनि कांग्रेस पहिलो शक्ति बन्ने निश्चित भएको छ । ३२ प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये २८ क्षेत्रको मत गणनामा हुँदा कांग्रेसले ७ स्थानमा जितसहित तीन स्थानमा अग्रता कायम गरेको छ । ०७४ को निर्वाचमा प्रदेशको पहिलो शक्ति एमाले बनेको थियो । यस पटक निकै कमजोर स्थितिमा छ ।
प्रत्यक्ष निर्वाचनमा संघतर्फ सुदूरपश्चिममा एमाले, नागरिक उन्मुक्ति पार्टीभन्दा पनि कमजोर स्थितिमा छ । हालसम्म एक स्थामा पनि जित हासिल गर्न नसकेको एमालेले कञ्चनपुर–१ मा मात्रै अग्रता कायम गरेको छ । प्रदेशतर्फ पनि एमाले कमजोर अवस्थामा छ । हालसम्म प्रदेशमा एमालले दुई स्थानमा मात्रै जित हात पारेको छ । प्रदेशमा एमालेको अग्रता छैन । माओवादी केन्द्र संघमा कमजोर देखिए पनि प्रदेशमा सम्मानजनक स्थितिमा छ ।
हालसम्म संघतर्फ जित हासिल नगरेको माओवादी केन्द्रले बैतडी र कैलाली–२ मा अग्रता कायम गरिरहेको छ । प्रदेशतर्फ चार स्थानमा माओवादी केन्द्रका उम्मेदवार विजयी भइसकेका छन् भने एक स्थानमा अग्रता कामय गरिरहेको छ । अछाम–२ का दुई प्रदेशसभा र बाजुराका दुई प्रदेशसभामा भने अझै पनि मतगणना सुरु भइसकेको छैन । बाजुरामा ४ मंसिरको निर्वाचनमा झडप भएपछि केही स्थानमा पुनः मतगणना गर्नुपर्ने भएका कारण मत गणना रोकिएको छ ।
संघमा एक जित र एक स्थानमा अग्रता कायम राखेको नागरिक उन्मुक्ति पार्टी प्रदेशमा पनि दुई जित र तीन स्थानमा अग्रता कामय गरिरहेको छ । एकीकृत समाजवादी पार्टीले गठबन्धनबाट पाएका सबै सिटमा जित हात पारेर प्रत्यक्षतर्फ संघमा बलियो स्थितिमा छ । समाजवादीका तीनै जना उम्मेदवारले जितका छन् । प्रत्यक्ष निर्वाचनमा ठुलो दल बन्ने देखिएको कांग्रेसले संघीय निर्वाचन क्षेत्रतर्फ कैलाली–४, कञ्चनपुर, २ र ३, डडेल्धुरा, दार्चुला र अछाम–२ मा जित हात पारेको छ ।
यसैगरी, प्रदेशसभातर्फ कञ्चनपुर–२ को (ख), दार्चुला (क), अछाम–१ को (क), अछाम–२ (क), बझाङ (क), कैलाली–४ (ख) र बैतडी (ख)मा जित हात पारेको छ । कैलाली–२ (क), कैलाली–५ (ख), कञ्चनपुर–१ (ख), कञ्चनपुर–३ (ख) मा कांग्रेसको अग्रता छ । अछाम–२ मा पुष्पबहादुर शाह, दार्चुलामा दिलेन्द्रप्रसाद बडू, डडेल्धुरामा शेरबहादुर देउवा, कञ्चनपुर–२ मा एनपी साउँद, क्षेत्र नम्बर–३ मा रमेश लेखक, कैलाली–४ मा वीरबहादुर बलायर निर्वाचित भएका छन् ।
कञ्चनपुर–२ (ख)मा कांग्रेसका बहादुर सिंह थापा निर्वाचित भएका छन् । दार्चुला–१ (क) मा कांग्रेसका उम्मेदवार बिक्रम सिंह धामी निर्वाचित भएका छन् । अछाम–१ (क) मा कांग्रेसका उम्मेदवार मेघराज खड्का निर्वाचित भएका छन् । बझाङ प्रदेशसभा (क) मा कांग्रेसकै पृथ्बीबहादुर सिंह निर्वाचित भएका छन् । बैतडी–१ (ख) बाट शिवराज भट्ट निर्वाचित भएका छन् । कैलाली–४ (ख) मा कांग्रेसका प्रकाशबहादुर बम निर्वाचित भएका छन् ।
कैलाली–२ (क) मा कांग्रेसका कमल शाह, कैलाली–५ (ख) मा कांग्रेसका प्रकाशबहादुर देउवा, कञ्चनपुर–१ (ख) मा कांग्रेसका दिवानसिंह विष्टको अग्रता छ । कञ्चनपुर–३ (ख) मा कांग्रेसका बेलबहादुर रानामगरको अग्रता रहेको छ । संघीय निर्वाचनतर्फ कमजोर देखिएको माओवादी केन्द्रले सुदूरपश्चिमका प्रदेशसभातर्फ भने तुलनात्मक रुपमा सफलता प्राप्त गरेको छ । संघमा माओवादी केन्द्रले कैलाली–२ र बैतडीमा अग्रता कायम गरिरहेको छ ।
माओवादी केन्द्र सुदूरपश्चिममा प्रदेशतर्फ चार स्थानमा विजयी भएको छ, भने यो समाचार तयार पर्दासम्म दुई स्थानमा अग्रता लिइरहेको छ । माओवादी केन्द्रले कञ्चनपुर–२ (क), दार्चुला (ख), डोटी (क), र अछाम (ख)मा जित हासिल गरेको छ । माओवादी केन्द्रले डडेल्धुरा (क)मा अग्रता कायम गरेको छ । कञ्चनपुर–२ (क) मा माओवादी केन्द्रका ओमविक्रम भाट निर्वाचित भएका छन् । दार्चुला–२ मा माओवादी केन्द्रका उम्मेदवार मानबहादुर धामी निर्वाचित भएका छन् ।
डोटी–१ को (ख)मा माओवादी केन्द्रका उम्मेदवार शिवसिं ओली निर्वाचित भएका छन् । अछाम–१ (ख)मा माओवादी केन्द्रका उम्मेदवार झपटबहादुर साउद निर्वाचित भएका छन् । बझाङ प्रदेश सभा (ख)मा भीमबहादुर भण्डारी निर्वाचित भएका छन् ।
एक वर्षअघि मात्रै दर्ता भएको नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिममा बलियो प्रभाब बनाइरहेको छ । नागरिक उन्मुक्ति पार्टीले कैलालीबाट संघतर्फ तीन र प्रदेशतर्फ पनि तीनै स्थानमा जित हासिल गरेको छ । कैलाली–१ मा पनि संघ र प्रदेशमा अग्रता कायम गरिरहेको छ । यसैगरी कैलाली–२ (क) मा पनि अग्रता रहेको छ ।
०७४ को निर्वाचनमा संघ र प्रदेशसभामा प्रत्यक्षतर्फ पहिलो दल बनेको एमाले ४ मंसिरमा सम्पन्न निर्वाचनमा भने कमजोर स्थितिमा देखिएको छ । आठ जिल्लाको मत गणना हुँदा एमाले सून्य छ । कञ्चनपुर–१ मा मात्रै एमालेका उम्मेदवार तारा लामा तामाङको अग्रता रहेको छ । ०७४ मा उसले जितेको बझाङ, अछाम, डोटी, दार्चुला गुमाइसकेको छ भने बैतडी र कैलालीमा पनि पछाडि छ ।
संगठनात्मक रुपमा कमजोर रहेको एकीकृत समाजवादी पार्टीले संघीय निर्वाचनमा शतप्रतिशत रिजल्ट ल्याएको छ । सत्तारुढ गठबन्धनबाट डोटी, अछाम–१ र बझाङमा उम्मेदवारी दिएको एकीकृत समाजवादीले सबैमा जित जित हासिल गरेको हो । डोटीमा एकीकृत समाजवादीका उम्मेदवार प्रेम आले, अछाम–१ मा शेरबहादुर कुँवर र बझाङमा भानुभक्त जोशी निर्वाचित भएका हुन् । तीनै जनाका प्रतिद्वन्द्धी एमालेका उम्मेदवार थिए ।
एकीकृत समाजवादीले प्रदेशसभातर्फ एक स्थानमा जित हात पारेको छ । कैलाली–४ (ख) बाट एकीकृत समाजदावी उम्मेदवार दीर्घ सोडारी निर्वाचित भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपनिर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भई मतदान गर्न आयोगको आग्रह
मंसिर १५, २०८१ शनिबार
मतगणनाको अद्यावधिक परिणाम आयोगको बेवसाइटमा हेर्न सकिने
मंसिर १४, २०८१ शुक्रबार
उपनिर्वाचनको मौन अवधि सुरु, के गर्न पाइँदैन ?
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
निगमले बढायो पेट्रोल र हवाई इन्धनको मूल्य
मंसिर १५, २०८१ शनिबार
जनमत पार्टी अध्यक्ष सिके राउत चीन प्रस्थान
मंसिर १५, २०८१ शनिबार
राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री ओलीको भेट
मंसिर १५, २०८१ शनिबार
त्रिवि क्रिकेट मैदानमा भीडमा च्यापिँदा दुई प्रहरीसहित सात घाइते
मंसिर १५, २०८१ शनिबार
बसको ढोकाबाट खसेर दुई जनाको मृत्यु
मंसिर १५, २०८१ शनिबार
चीनले घोषणा गरेको अनुदान लिनका लागि सरकारले पहल गर्नेछः उपप्रधानमन्त्री सिंह
मंसिर १५, २०८१ शनिबार