जनताको विश्वास जित्न डा. शेखरको नेतृत्वमा सरकार आवश्यक
यज्ञप्रसाद भट्टराई
मंसिर ८, २०७९ बिहिबार २३:५:१६
नेपाली कांग्रेसले २०१५ सालमा ल्याएको भूमिसुधार नीतिले जमिन्दारहरु तर्सिएर केही गद्धार कांग्रेसीहरुकै कारण राजा महेन्द्रले पञ्चायती ब्यवस्था मात्रै ल्याएनन् कांग्रेसका केही अवसरवादी नेताहरुलाई आफ्ना सहयोगी समेत बनाएका थिए । त्यसैगरी अहिले नेपाली कांग्रेसलाई सवल र सक्षम पार्टी बनाउन अग्रसर भैरहँदा आम नेपाली जनताले अत्यन्तै धेरै बिश्वास र भरोसा गरेका वरिष्ठ नेता डा. शेखर कोइरालालाई विभिन्न क्षेत्रमा स्वयं पार्टी पंक्तिबाट रोक्ने र छेक्ने काम भैरहेको छ । तर अब यसमा पूर्णविराम लगाउनु पर्ने अवस्था आईसकेको छ ।
जनताको अभिमत लोकतन्त्रको सुन्दर पक्ष हो, जसलाई प्रजातन्त्रमा विश्वास राख्ने जो कोहीले पनि सहर्ष स्वीकार्नु पर्दछ । अब बन्ने संसदमा कसले, कति, कस्तो अवस्थामा उपस्थिति जनाउने छन् ? त्यो अझै पनि प्रतिक्षाको बिषय हो । तर हामी तमाम नेपाली जनताले एउटा बिषयमा भने निडरताका साथ आवाज उठाउनु पर्छ त्यो के हो भने अब नेपाली कांग्रेसले बिगतमा झैं गलत गर्नु हुँदैन । कार्यकर्ताको भावना विपरित नेतृत्वको एकलकाँटे लिँडेढिपीले नेपाली कांग्रेसलाई कहिल्यै पनि बलियो बनाउँदैन ।
अहिलेको समयको माग हो डा. शेखर कोइरालाले अबको सरकारको नेतृत्व गर्नुपर्छ भन्ने कुरा, जसलाई अब मूर्तरुप दिने समय आईसकेको छ । नेतृत्वको बिगतले हामी सबैलाई नराम्ररी पछारेर गएको छ । अब हाम्रो काँधमा देश बनाउने र पार्टी भित्र शुद्धिकरणको अभियान चलाउने दुबै कुराको जिम्मेवारी थपिएको छ । यसलाई सहजताका साथ अगाडि बढाउन सक्ने नेतृत्व नेपाल कांग्रेसमा कोही छ भने त्यो हो डा। शेखर कोइराला ।
ईमान्दारीका साथ भन्ने हो भने अहिले नेपाली कांग्रेस अत्यन्तै तरल अवस्थामा पुगेको छ । नेतृत्वमा संगठन निर्माण गर्ने भन्दा पनि कसैको साहारामा सत्तामा उक्लिने अप्राकृतिक सम्बन्ध निर्माणले आम कार्यकर्ता तहमा निराशा उत्पन्न भएको छ । नेतृत्वको सधैभरिको दवाव कार्यकर्ताहरुले बोकेर हिडछन् भन्ने छैन । त्यसकारण पार्टीलाई भविष्यसम्म जीवित राख्न सक्ने र अहिले भैरहेका गुटगत कृयाकलापहरुलाई समाप्त पारेर सिंगो र सवल नेपाली कांग्रेस निर्माण नै आजको अपरिहार्य आवश्यकता हो भन्ने बुझेका कांग्रेस नेता तथा कार्यकर्ताहरुले यी सबै कुरा गर्न सक्ने क्षमतावान नेताका रुपमा डा। शेखर कोइरालालाई हेरेका छन् । यसकारण कांग्रेसले यस कुरामा निर्णय गर्न अब ढिलाई गर्नु हुँदैन ।
डा। कोइराला अहिले मोरङ्ग क्षेत्र नं. ६ बाट निर्वाचित हुने अन्तिम तयारीमा छन् । लोकतन्त्रमा यही विधि र प्रकृयाद्धारा जनताद्धारा अनुमोदित भएर जनप्रतिनिधिका रुपमा सांसद भएर सिंहदरबार हुँदै सरकारको नेतृत्व गर्ने तहमा पुग्ने हो । सरकारको नेतृत्व गर्ने प्रकृयामा अब नेपाली कांग्रेसले डा। शेखर कोइरालालाई सर्वसम्मत संसदीय दलको नेता बनाएर देशको प्रधानमन्त्री बनाउने प्रकृया शुरु गरिहाल्नु पर्छ ।
नेपाली राजनीतिमा निष्कलंक र निर्विवाद नेताका रुपमा सबैले स्वीकार गरेका कांग्रेस वरिष्ठ नेता डा. शेखर कोइराला नेपाली कांग्रेसलाई एकताबद्ध बनाएर लैजान र जनउत्तरदायी सरकारको नेतृत्व गर्ने अवस्थामा अगाडि आउन अब जरुरी छ । जनताको भरोसा र आस्था माथि फेरी पनि कुठाराघात गर्ने प्रयास अब नेपाली कांग्रेसले गर्दैन भन्ने आम नेपाली जनता र नेपाली कांग्रेसका तमाम नेता तथा कार्यकर्ताहरुको चाहना पनि रहेको देखिन्छ । यस कुरामा वर्तमानका नेपाली कांग्रेसका युवा नेताहरुले पनि अत्यन्तै गहन भएर सोच्न आवश्यक छ ।
प्रधानमन्त्रीले बिकास मात्र गर्ने होईन, सरकारको नेतृत्व गर्ने हो । मन्त्रालय बीचको सामञ्जस्याता मिलाउने हो । बिकासका काममा मन्त्रालय र मन्त्रीहरुलाई सजग बनाउने हो । भ्रष्टाचार नियन्त्रण गर्दै सुशासनको प्रत्याभूति दिलाउन पनि एकपटक डा. शेखर कोइरालाको नेतृत्वमा नेपालमा सरकार बनाउन अपरिहार्य छ । बिकास मन्त्रालयमार्फत, विभाग, जिल्ला, प्रदेश, नगर र गाउँस्तरमा हुने निरन्तरको प्रकृया हो । मन्त्रालय हाँक्न सवल र सक्षम युवाहरु आउनु पर्छ । जनतामा सरकार भएको अनुभूति दिलाउन सक्नु नै अब बन्ने सरकारको मुख्य र एउटै लक्ष्य रहनु पर्छ । बिगतमा नेतृत्व तहबाट भए गरेका गल्ती र कमजोरीहरुलाई सच्याउँदै जनताका मन जित्ने काम गर्ने नेपाली कांग्रेसका लागि यो नै सुनौलो अवसर हुन सक्दछ ।
संसदमा बहुमत पुगे एकल, नपुगे अन्य राजनीतिक दलहरुसँग समन्वय गरेर भए पनि सरकारको नेतृत्व नेपाली कांग्रेसले नै गर्नुपर्दछ । नेपाली कांग्रेसमा बिगतमा लागेका काला दागहरु मेटाउन अब नेतृत्व परिवर्तन गर्न जरुरी छ । नेतृत्व परिवर्तन सँगसँगै कार्यशैली परिवर्तन गर्न जरुरी छ, जनताका सवालमा तत्काल कार्यक्रम बनाएर जनताले राहत महशुस गर्ने कार्य थालनी गर्न जरुरी छ । जनतालाई अत्यन्तै ठूलो समस्याका रुपमा रहेको महङ्गो शिक्षालाई निशुल्क बनाउने र स्वास्थ्य सेवालाई सरल र सहज बनाउने कार्यमा तत्काल एक्सनमा जान जरुरी छ ।
सके बन्द भएका उद्योग कलकारखानाहरुलाई तत्काल सञ्चालनमा ल्याउने, नसके साना तथा मझौला उद्योगहरु तत्काल सञ्चालन गरेर गाउँको बिकराल बेरोजगारी समस्यालाई न्यूनिकरण गर्नेतर्फ अग्रसर हुनुपर्दछ । देशका शैक्षिक जनशक्ति बिदेशिने क्रम अत्यन्तै ठूलो छ, देशबाट युवा तथा शैक्षिक जनशक्ति निरन्तर बिदेशिनु देश बिकासका लागि अत्यन्तै ठूलो अभिशाप हो । यसतर्फ अब बन्ने सरकारले तत्काल युवालाई स्वदेशमै टिकाउने लोभदाग्दा कार्यक्रमहरु घोषणा गरिहाल्नु पर्छ र तत्काल एक्सनमा गएर कार्य आरम्भ गरिहाल्नु पर्दछ । यसका लागि आम नेपाली जनताको विश्वास जित्न नेपाली कांग्रेसका नेता डा। शेखरको नेतृत्वमा सवल, सक्षम र जनउत्तरदयी सरकार बनाउनु आजको अपरिहार्य आवश्यकता बनेको छ ।
अहिले जनताको दैनिकी अत्यन्तै दुःखका साथमा चलिरहको छ । खाद्यान्न तथा उपभोग्य बस्तुको मुल्यबृद्धिले आफ्नो धरातल छोडिसकेको छ । यसलाई तत्काल नियन्त्रण गर्ने संयन्त्र निर्माण गर्न जरुरी छ । साथै जनतालाई राहत पुग्ने गरिका प्याकेज कायक्रमहरु तत्काल घोषणा गर्नुपर्दछ । जनताका अत्यावश्यक बस्तुहरु जस्तै चामल, दाल, तेलहन, तरकारी लगायतका दैनिक उपभोग्य बस्तुहरुमा सरकारले तत्काल हस्तक्षेप गरी तत्काल मुल्य निर्धारण गर्न जरुरी छ । यसका लागि अब बन्ने सरकारले अत्यन्तै ठूलो चुनौतिका सामना गर्नुपर्ने हुन सक्छ तर यो सरकारको गर्नै पर्ने कार्य भित्र पर्नुपर्दछ ।
सरकारको नेतृत्व जनताले अत्यन्तै भरोसा र विश्वास गरेका नेताले गर्नुपर्दछ । अबको ५ बर्ष बिना स्वार्थ केबल जनतालाई सर्बोपरी मानेर नेतृत्वले काम गर्न सक्यो भने जनतामा दलहरु प्रतिको घटदो विश्वास बढनेछ । संसदीय ब्यवस्थामा दलले सीमित ब्यक्तिका लागि हैन आम जनताका पक्षमा काम गर्छ भन्ने विश्वास दिलाउन सके नेपाली कांग्रेसको भविष्य अझै पनि उज्वल छ ।
यज्ञप्रसाद भट्टराई
यज्ञप्रसाद भट्टराई पूर्वको झापामा रहेर राजनीतिक, सामाजिक अभियानमा क्रियाशील छन् । सहकारी आन्दोलनमा समेत सरिक रहेका भट्टराईले पछिल्लो समय नेपालबहस डटकममा आबद्ध रहेर लेखन तथा पत्रकारिता गरिरहेका छन् ।
लेखकबाट थपठूलो जनशक्तिलाई बेरोजगार बनाएको शिक्षाका कुरा गरौँ
पुष २, २०८१ मंगलबार
कांग्रेसमा सभापतिको बहस, शेखरप्रति बढ्दो छ क्रेज
मंसिर ३०, २०८१ आइतबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
मंसिर २९, २०८१ शनिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
बाल अस्पताल निर्माणमा सघाउन कतारसँग आग्रह
पुष ३, २०८१ बुधबार
पहिलो पटक सीआरएन नम्बर र शेयर आवेदन सेवा सिटिजन्स मोबाइल बैंकिङ एपमा
पुष ३, २०८१ बुधबार
‘निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्ने’
पुष ३, २०८१ बुधबार