रामेछाप (ख)मा गठबन्धनका उम्मेदवार चौलागाँईलाई सुरुवाती अग्रता
नेपालबहस संवाददाता
मंसिर ९, २०७९ शुक्रबार १९:४:२७
९ मंसिर, मन्थली । एउटै मात्र संघीय निर्वाचन क्षेत्र रहेको रामेछापको प्रदेशसभा (ख) सत्ता गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का युवराज चौलागाँईले सुरुवाती अग्रता लिएका छन् ।
शुक्रबार बिहानबाट शुरु भएको मतगणनाको पछिल्लो परिणामअनुसार नौ सय मत गणना हुँदा चौलागाँइृले ५३२ मत प्राप्त गरेका छन् ।
उनलाई नेकपा (एमाले)का मिलकुमार घिसिङले २८६ मत ल्याएका छन् । खाँडादेवी गाउँपालिका–१ राकाथुमबाट मतगणना सुरु गरिएको छ । खाँडादेवी एमालेको पकड क्षेत्र मानिन्छ । तर मत गणना भइरहेको वडा गत स्थानीय तह चुनावमा माओवादी केन्द्रले जितेको वडा हो ।
यहाँको प्रदेश (क)मा यसअघि नै गठबन्धनका उम्मेदवार रहेका माओवादी केन्द्रका तारानारायण श्रेष्ठ प्रदेश सांसद विजयी भइसकेका छन् ।
रामेछापमा गठबन्धन भागबण्डामाा प्रतिनिधिसभा कांग्रेसलाई र प्रदेशसभाका दुर्व क्षेत्र माओवादी केन्द्रलाई परेको थियो । प्रतिनिधिसभातर्फ भने माओवादी केन्द्रभित्रका असन्तुष्ट खेमाले डहुका रामकुमार लामालाई खुकुरी चिन्हबाट स्वतन्त्र उम्मेदवार उठाएका छन् । उम्मेदवार चाैलागाँइ सुनपति गाउँपालिकाकी उपाध्यक्ष गीता विष्टकी श्रीमान हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार