गठबन्धनमय बन्यो सिन्धुपाल्चोक, प्रतिनिधिमा जाने सापकोटा र बस्नेत को हुन् ?
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
मंसिर ९, २०७९ शुक्रबार २१:२:२४
![](https://nepalbahas.prixacdn.net/media/albums/mohan-_TmbTau3zrV.jpg)
♦ सम्झना कार्की
९ सिन्धुपाल्चोक, मंसिर । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा सिन्धुपाल्चोक गठबन्धनमय बन्यो । क्षेत्र नम्बर १ मा लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका माधव सापकोटा सुबोध र क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत प्रतिनिधिसभा सदस्यमा विजयी भए ।
प्रदेशसभा क्षेत्र ‘क’ मा नेपाली कांग्रेसकी मसिना खड्का भण्डारी, क्षेत्र नम्बर २ ‘ख’ मा माओवादी केन्द्रका सरल सहयात्री पौडेल र क्षेत्र ‘क’ मा माओवादी केन्द्रका युवराज दुलाल र ‘ख’ मा कृष्णकुमार तामाङ प्रदेशमा विजयी भएका छन् ।
माओवादीका पोलिटव्युरो सदस्य माधव सापकोटा प्रतिनिधिसभा सदस्यमा विजयी भए । सापकोटा १३ वर्षकै उमेरमा २०५१ सालमा अखिल ‘क्रान्तिकारी’ बाल इकाइ समितिमा संगठित भएका थिए । २०५३ सालमा विद्यालय इकाइ समिति अध्यक्ष भए ।
२०५४ सालमा क्षेत्रीय समिति सदस्य हुँदै २०५५ सालमा जिल्ला समिति सदस्य, २०५६ साल साउनदेखि जिल्ला उपाध्यक्ष भए । २०५६ पुसदेखि २०५८ सम्म अखिल ९क्रान्तिकारी० सिन्धुपाल्चोक जिल्ला समिति अध्यक्षको भूमिकामा रहे ।
२०५७ सालमा तत्कालीन पूर्वी पहाड क्षेत्रीय समन्वय समिति संयोजक रहेका सापकोटा २०५८ असोजमा संगठनको केन्द्रीय समिति सदस्य बनेका थिए । २०५५ सालमा सेल सेक्रेटरी र पूर्णकालीन कार्यकताको रूपमा सक्रिय उनी २०५६ माघदेखि पूर्णरूपमा भूमिगत भएर माओवादी आन्दोलनमा सक्रिय भूमिकामा रहे ।
२०७१ असार ११ गते सिन्धुपाल्चोक जिल्ला पार्टी अध्यक्ष भएका सापकोटा २०७३ सालमा पार्टी केन्द्रीय समिति सदस्य भए । २०७९ वैशाखदेखि सिन्धुपाल्चोक जिल्ला पार्टी इञ्चार्ज र २०७९ असारदेखि पार्टी पोलिटब्युरो सदस्य एवं सिन्धुपाल्चोक जिल्ला इञ्चार्जको रूपमा कार्यरत छन् । निर्वतमान सभामुख अग्निप्रसाद सापकोटाले युवा पुस्तालाई मौका प्रदान गरेपछि पार्टीले उनलाई उम्मेदवार बनाएको थियो ।
पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री मोहनबहादुर बस्नेत सिन्धुपाल्चोक २ मा पहिलोपटक नेपाली कांग्रेसलाई विजयी गराउने व्यक्ति भएका छन् । उनले सिन्धुपाल्चोक कांग्रेसमा नयाँ इतिहास नै रचे । विसं २०५६ को आमनिर्वाचन र २०७० को दोस्रो संविधानसभा निर्वाचनमा सिन्धुपाल्चोक १ बाट निर्वाचित भएका कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका बस्नेतलाई यसपटक गठबन्धनका कारण पार्टीले २ नम्बर क्षेत्रबाट टिकट दिएयो । यो क्षेत्रमा उनी भारी मतले विजयी भए । बस्नेत विसं २०३४ देखि राजनीतिमा सक्रिय छन् ।
बस्नेतले राजनीतिशास्त्र र समाजशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन गरेका छन् । विसं २०५६ को निर्वाचनपछि स्वास्थ्य राज्यमन्त्रीका रूपमा काम गर्दा जिल्लालगायत देशभर स्वास्थ्य पूर्वाधार निर्माणमा उनले महत्वपूर्ण काम गरेका छन् । विसं २०७० को दोस्रो संविधानसभामा निर्वाचित भएपछि २०७४ को निर्वाचन गराउने चुनावी सरकारकालमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका कार्यभार सम्हालेका थिए । लामो समय संसद्को सार्वजनिक लेखा समिति र राजनैतिक तथा संवैधानिक संवाद समितिमा पनि बसेर काम गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
इजरायली सुरक्षा क्याबिनेटले गाजा युद्धविरामको नयाँ चरणबारे छलफल गर्दै
फागुन ५, २०८१ सोमबार
बजेट कोष बढाउन कार करमा निर्भर श्रीलङ्का
फागुन ५, २०८१ सोमबार
कुमारी बैंकका ग्राहकहरुलाई मिसन हस्पिटलमा विशेष छुट
फागुन ५, २०८१ सोमबार