नवनिर्वाचित सांसद रबि लामिछानेविरुद्ध उजुरी
नेपालबहस संवाददाता
मंसिर ९, २०७९ शुक्रबार २१:३८:२०
९ मंसिर, काठमाडौं । चितवन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा (सांसद) राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध गृह मन्त्रालयमा उजुरी परेको छ । समाजवादी केन्द्र नेपालको सर्वोच्च नेता बताउने युवराज सफलले सांसद लामिछानेविरुद्ध उजुरी दिएका हुन् ।
लामिछानेले नेपाली नागरिकता पुनर्प्राप्तिको कानुनी प्रकृयासमेत पुरा नगरी निर्वाचन आयोगमा दल दर्ता गरेको र चुनावमा भाग लिई प्रतिनिधिसभाको उम्मेदवार समेत निर्वाचित भएको व्यहोराको उजुरी मंसिर ९ मा मन्त्रालयको गुनासो व्यवस्थापन शाखामाख दर्ता भएको जनाइएको छ ।
निर्वाचन आयोगले मतगणना सम्पन्न भइसकेको जनाउँदै उजुरी लिन नमिल्ने बताएपछि महाशाखामा उजुरी दिइएको हो ।
लामिछाने विरुद्ध निर्वाचन आयोगमा पनि उजुरी परेकाे थियाे । लामिछानेले अमेरिकाबाट फर्किएपछि रद्द भइसकेको नेपाली नागरिकता प्रयोग गरी उम्मेदवारी दर्ता गरेको भन्दै उम्मेद्ववारी खारेजीकाे मागसहित उजुरी परेको थियो । तर आयाेगले आफ्नाे क्षेत्राधिकारभित्र नपर्ने भन्दै उजुरीमाथि कारबाही गर्न मानेन ।
लामिछाने अमेरिकाको नागरिकता ‘त्याग’ गरेर नेपाल फिर्ता भएका हुन् । यसअघि पनि उनको नागरिकताबारे प्रश्न नउठेको होइन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्यायपरिषदको सदस्यमा वरिष्ठ अधिवक्ता दामोदर खड्काको नाम सिफारिस
पुष २७, २०८१ शनिबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
अमेरिकामा आँधीका कारण तीन हजार भन्दा बढी उडानहरू रद्द
पुष २७, २०८१ शनिबार
लस एन्जलस आगलागीः ‘बम खसेजस्तो’ भयानक अवस्था, मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
पुष २७, २०८१ शनिबार
विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
सरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
कैलालीमा ‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे
पुष २७, २०८१ शनिबार
नक्शा स्वीकृत गर्ने प्रणाली विद्युतीय माध्यमबाट सञ्चालन गर्न निर्देशन
पुष २७, २०८१ शनिबार