पाल्पाको दुइटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार विजयी, १ बाट आचार्य र २ मा गैरे
नेपालबहस संवाददाता
मंसिर ९, २०७९ शुक्रबार २२:०:२
९ मंसिर, काठमाडौं । पाल्पाको प्रतिनिधिसभातर्फ दुई वटै निर्वाचन क्षेत्रमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । क्षेत्र नं. १ बाट एमालेका नारायणप्रसाद आचार्य र २ बाट ठाकुरप्रसाद गैरे विजयी भएका हुन् ।
क्षेत्र नं. १ मा आचार्य ३१ हजार १०३ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ज्ञानबहादुर गाहाले २० हजार दुई सय ५६ मत ल्याएको सहायक निर्वाचन अधिकृत रामहरि पाण्डेयले जानकारी दिए ।
यस्तै, यहाँ स्वतन्त्र उम्मेदवार विपिन कँडेलले दुई हजार आठ सय ६३, जनता समाजवादी पार्टी नेपालका मेहरमान रानाले ८५, राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर सिंजालीले दुई सय ५२, मङ्गोल नेशनल अर्गनाइजेशनका थमनबहादुर बुढामगरले एक हजार नौ सय १६ र राष्ट्रिय जनमुक्ति पार्टीका उजरसिं दर्लामीले एक सय १५ प्राप्त गर्नुभयो । आयोगका अनुसार स्वतन्त्र उम्मेदवारहरु नारायण न्यौपानेले २७, राजु सुनारले ६८ र डोलराज तिमिल्सिना (पुतली चिह्न) ले १० मत प्राप्त गरे ।
प्रतिनिधिसभा क्षेत्र नं १ मा ९६ हजार ३३ मतदाता रहेकोमा निर्वाचनमा ५८ हजार चार सय ९१ मत खसेको थियो । जसमध्ये एक हजार चार सय सात मत बदर भएको छ । प्रतिनिधिसभामा निर्वाचित आचार्य २०७४ को क्षेत्र नं १ (ख)बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।
यस्तै पाल्पाको निर्वाचन क्षेत्र नं. २ बाट एमालेकै ठाकुर गैरे विजयी भएका छन् । उनले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)का नेता सोमप्रसाद पाण्डेलाई हराएका छन् ।
गैरेले २७ हजार ८१७ मत प्राप्त गरेर विजयी हुँदा पाण्डेले २३ हजार ८५१ मत पाएका छन् । यो निर्वाचन क्षेत्रमा सधैं पाण्डेले चुनाव जित्दै आएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह
मंसिर ११, २०८१ मंगलबार
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन
मंसिर १०, २०८१ सोमबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
अमेरिकामा ‘पुष्पा–२’ काे बम्पर ओपनिङ, हालसम्मकाे सबै रेकर्ड ताेडिने
मंसिर १२, २०८१ बुधबार
फ्रान्समा भेटिए १० वर्ष देखी श्रीमतीलाई सामूहिक बलात्कार गराउने अपराधी
मंसिर १२, २०८१ बुधबार
मस्कको स्टारलिंकले डायरेक्ट–टू–सेल स्याटेलाइट टेक्नोलोजी लन्च गर्ने
मंसिर १२, २०८१ बुधबार
चीन भ्रमणमा जान लागेका प्रधानमन्त्रीलाई कांग्रेसको सुझावः बीआरआईमा ऋण नलिनु, अनुदान लिनु
मंसिर १२, २०८१ बुधबार
सर्लाहीका चिनी उद्योग सञ्चालनको तयारीमा
मंसिर १२, २०८१ बुधबार
एमालेको जागरणसभा स्थलमा रक्सीका बोलत असरल्ल थिए, फोहोर २ ट्रक भयोः वेस्ट मेनेजमेन्ट
मंसिर १२, २०८१ बुधबार