गण्डकीमा ५० मुनिका १५ र ६० माथिका ८ जना सांसद
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_x6Vewor94V.jpeg
)
नेपालबहस संवाददाता
मंसिर १०, २०७९ शनिबार १७:२२:२६
![](https://nepalbahas.prixacdn.net/media/albums/chunab_twiPyGC4JE.jpg)
१० मंसिर, पोखरा । यसपालिको निर्वाचनबाट गण्डकीको राजनीतिमा पुस्ता हस्तान्तरण भएको छ । नतिजा सार्वजनिक भएको ३४ सीटमध्ये १५ जना ५० वर्ष भन्दा कम उमेरका निर्वाचित भएका छन् । मुस्ताङ (क) बाट सबैभन्दा कान्छा सांसद निर्वाचित भए । कांग्रेस नेता नम्डु गुरुङ भर्खर ३३ वर्ष लागे ।
उनीजस्ता ४ सांसद ४० वर्ष मुनिका छन् । मुस्ताङकै प्रदेश सभा (ख) बाट कांग्रेसका ३९ वर्षिय विकल शेरचन सांसद बनेका छन् । म्याग्दीबाट पनि दुवै सांसद ४० वर्ष मुनिका छन् । प्रदेशसभा (क) मा माओवादीका हरि भण्डारी ३८ वर्ष तथा (ख) बाट माओवादीकै ३९ वर्षका रेशम जुग्जाली सांसद बनेका छन् । बागलुङ १ (ख) मा कांग्रेसका ३८ वर्षका डिल्लीराम सुवेदी निर्वाचित भएका छन् ।
गोरखा १ (ख) बाट निर्वाचित कांग्रेसका नन्दप्रसाद न्यौपाने ४२ वर्षका छन् । गोरखा २ (क) बाट निर्वाचित माओवादीकै फडिन्द्र देवकोटा ४६ वर्षका हुन् । मनाङ (क) बाट निर्वाचित भएका कांग्रेसका मुनिन्द्र जंग गुरुङ ४१ वर्ष भएका छन् । लमजुङ (क) बाट निर्वाचित भएका कांग्रेसका टकराज गुरुङ ४७ वर्ष लागे भने (ख) का सांसद कांग्रेसकै भेषबहादुर पौडेल पनि ४७ वर्षका छन् ।
कास्की ३ (ख) का सांसद कांग्रेसका प्रकाश बराल बल्ल ४३ वर्ष टेके । नवलपुर १२ (क) बाट एमालेकी पद्या जिसी ४७ वर्षको उमेरमा संसद छिरेकी छिन् । बागलुङ २ (क) मा कांग्रेसकै जीत शेरचन निर्वाचित भए । उनी बल्ल ४३ वर्ष भएका छन् । २ (ख) का दोर्ण कुवँर पनि ४२ वर्षका हुन् ।
११ जना सांसद ५० देखि ६० वर्ष उमेरका छन् । गोरखा २ (ख) बाट निर्वाचित भएका कांग्रेसका सुरेन्द्रराज पाण्डे ५८ वर्ष लागे । उनी मुख्यमन्त्रीका दावेदार समेत हुन् । कास्की १ (ख) का सांसद एमालेका बेदबहादुर गुरुङ ५२ वर्षका हुन् । कास्की २ (क) बाट एमालेका भीम कार्की ५२ वर्षको उमेरमा सांसद बने ।
कास्की २ (क) बाट निर्वाचित भएका एमालेका भीम कार्की ५२ वर्ष तथा (ख) बाट निर्वाचित कांग्रेसका विन्दुकुमार थापा ६५ वर्षका छन् । तनहुँ १ (क) बाट कांग्रेसका अशोक कुमार श्रेष्ठ ५९ वर्षका छन् भने १ (ख) बाट माओवादीका हरिबहादुर चुमान ५९ वर्षका छन् ।
नवलपुर १ (ख) बाट एमालेका रोशन गाहा थापा ५९ वर्ष पुगे भने २ (ख) बाट एमालेकै लक्ष्मण पाण्डे ५४ वर्षको उमेरमा सांसद बनेका छन् । बागलुङ १ (क) मा कांग्रेसका ५६ वर्षिय दीपेन्द्र बहादुर थापा निर्वाचित भए । पर्वत १(क) मा निर्वाचित एमालेका भक्त कुवँर ५६ वर्षको भए । स्याङजा १ (क) बाट एमालेकी ५६ वर्षिय सीता सुन्दास निर्वाचित भइन् भने १ (ख) मा एमालेकै ५१ वर्षका सुधिर पौडेल निर्वाचित भएका छन् ।
हालसम्मको नतिजा अनुसार कास्की २ (ख) का कांग्रेस सांसद विन्दुकुमार थापा सबैभन्दा बढी उमेरका छन् । उनी ६५ वर्षका भए । पर्वत (ख) बाट निर्वाचित भएका मित्रलाल बस्याल पनि समान ६५ वर्षकै छन् । उनी एमालेबाट विजयी भएका हुन् । तनहुँ २ का दुवै सांसद ६० नाघेका छन् । २ (क) बाट निर्वाचित भएका एमालेका श्यामराजा महत ६३ वर्ष तथा २ (ख) बाट निर्वाचित भएका कांग्रेसका जित प्रकाश आले ६० वर्षका छन् ।
नवलपुर १ को प्रदेश सभा (क) बाट निर्वाचित कांग्रेसका महेन्द्रध्वज जिसी ६४ वर्ष भए । गोरखा १ (क) बाट निर्वाचित माओवादीका कृष्ण धिताले ६२ वर्षका भए । कास्की १ (क) बाट निर्वाचित भएका एमालेका खगराज अधिकारी ६० वर्ष लागे ।कास्की ३ (क) का सांसद एमालेका गणेशमान गुरुङ पनि ६१ वर्षका छन् । स्याङजाका २ निर्वाचन क्षेत्रको मत गन्न अझै सुरु भएको छैन । २ (क) मा ६० नाघेका उम्मेद्वारबीच प्रमुख प्रतिश्पर्धा छ भने (ख) मा ५५ र ४५ वर्ष उमेरका उम्मेद्वारबीच प्रतिश्पर्धा हुने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
कांग्रेस केन्द्रीय प्रचार विभागले फागुन ९ देखि २१ सम्म प्रचार अभियान सञ्चालन गर्ने
फागुन ६, २०८१ मंगलबार
अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन अनुमोदन
फागुन ६, २०८१ मंगलबार
प्रधानमन्त्रीको अध्यक्षतामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसभाको पाँचौँ बैठक सम्पन्न
फागुन ६, २०८१ मंगलबार
साउदीमा अमेरिकी र रुसी विदेशमन्त्रीबीच वार्ता, युक्रेनलाई किन सहभागी गराइएन ?
फागुन ६, २०८१ मंगलबार
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
फागुन ६, २०८१ मंगलबार
ओडिसाको घटना समाधान नगरे भारतमा विद्यार्थी पठाउन रोक्छौंः शिक्षा मन्त्रालय
फागुन ६, २०८१ मंगलबार