निर्वाचन आयोगद्वारा १४९ क्षेत्रका विजयीहरूको विवरण सार्वजनिक
नेपालबहस संवाददाता
मंसिर १०, २०७९ आइतबार ०:५१:७
१० मंसिर काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्यतर्फको १४९ क्षेत्रको अन्तिम मत परिणाम सार्वजनिक गरेको छ । निर्वाचन आयोगका अनुसार शनिबार बेलुका ५ बजेसम्म कूल १६५ निर्वाचन क्षेत्रमध्ये १४९ क्षेत्रको मतपरिणम सार्वजनिक भइसहेको छ ।
पछिल्लो विवरण अनुसार नेपाली कांग्रेस पहिलो स्थानमा छ । कांग्रेसले ५० क्षेत्रमा चुनाव जितेको छ । दोस्रो स्थानमा रहेको नेकपा एमालेले ३८ क्षेत्रमा जितेको छ । नेकपा माओवादी केन्द्रले १६ सीट जितेको छ भने नेकपा एकीकृत समाजवादीले १० सीट जितेको छ ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले ७, राष्ट्रिय स्वतन्त्र पार्टीले ७, जसपाले ५, लोसपाले ४ र नागरिक उन्मुक्ति पार्टीले ३ क्षेत्रमा जित हासिल गरेको छ । पाँच जना स्वतन्त्र उम्मेदवारले पनि जितेका छन् भने नेमकिपा, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाले एक÷एक सिट जितेका छन् ।
नेपाली कांग्रेसका निर्वाचितहरु
१. मुस्ताङ – योगेश गौचन
२. मनाङ – टेकबहादुर गुरुङ
३. काठमाडौं १ – प्रकाशमान सिंह
४. काठमाडौं ३ – सन्तोष चालिसे,
५. काठमाडौं ४– गगनकुमार थापा
६. काठमाडौं ५ – प्रदीप पौडेल
७. रसुवा – मोहन आचार्य
८. ललितपुर १ – उदयशमशेर जबरा
९. तनहुँ २ – शंकर भण्डारी
१०. डडेलधुरा – शेरबहादुर देउवा
११. काठमाडौं १० – राजेन्द्र कुमार केसी
१२. पर्सा ४ – रमेशकुमार रिजाल
१३. सुर्खेत २ – हृदयराम थानी
१४. ओखलढुंगा – रामहरि खतिवडा
१५. झापा १ – विश्वप्रकाश शर्मा
१६. पर्सा १ – अजयकुमार चौरसिया
१७. गोरखा १ – राजेन्द्र बजगाई
१८. म्याग्दी – खमबहादुर गर्बुजा
१९. अछाम २ – पुष्पबहादुर शाह
२०. कैलाली ४ – वीरबहादुर बलायर
२१. दार्चुला – दिलेन्द्रप्रसाद बडू
२२. कञ्चनपुर ३ – रमेश लेखक
२३. भक्तपुर २– दुर्लभ थापा क्षेत्री
२४. दैलेख २ – दिक्पाल कुमार शाही
२५. कञ्चनपुर २ – एनपी साउँद
२६. तनहुँ १ – रामचन्द्र पौडेल
२७. बाँके ३ – किशोरसिंह राठौर
२८. नवलपुर १ – शशांक कोइराला
२९. धादिङ २ – रामनाथ अधिकारी
३०. रौतहट ४ – देवप्रसाद तिमल्सिना
३१. सिन्धुली १ – श्यामकुमार घिमिरे
३२. सप्तरी ३ – दिनेशकुमार यादव
३३. नवलपुर २ – विष्णुकुमार कार्की
३४. सुर्खेत १ – पूर्णबहादुर खड्का
३५. बर्दिया २ – सञ्जय गौतम
३६. दाङ ३ – दीपक गिरी
३७. नवलपरासी १ – विनोद चौधरी
३८. सिन्धुपाल्चोक २ – मोहन बस्नेत
३९. धनुषा २ – रामकृष्ण यादव
४०. स्याङ्जा १ – राजु थापा
४१. गुल्मि १– चन्द्र भण्डारी
४२. मोरङ ६ – डा. शेखर कोइराला
४३. मोरङ ३ – डा. सुनिल शर्मा
४४. कपिलबस्तु २ – सुरेन्द्रराज आचार्य
४५. संखुवासभा – दिपक खड्का
४६. तेह्रथुम – सीता गुरुङ
४७. कैलाली ५ – डिल्लिराम पन्त
४८. सप्तरी ४ – तेजुलाल चौधरी
४९. नुवाकोट २ – अजुर्ननरसिंह केसी
५०. मुगु – ऐनबहादुर शाही
नेकपा एमालेका निर्वाचितहरु
१. उदयपुर २ – अम्बरबहादुर रायमाझी
२. काठमाडौं ९ – कृष्णगोपाल श्रेष्ठ
३. ललितपुर २ – प्रेमबहादुर महर्जन
४. गुल्मी २ – गोकर्ण विष्ट
५. झापा २ – देवराज घिमिरे
६. झापा ५ – केपी शर्मा ओली
७. ताप्लेजुङ – योगेश भट्टराई
८. पर्सा ३ – राजकुमार गुप्ता
९. अर्घाखाँची – टोपबहादुर रायमाझी
१०. प्युठान – सूर्य थापा
११. मकवानपुर २ – महेश कुमार बर्तौला
१२. कास्की २ – विद्या भट्टराई
१३. पर्वत – पदम गिरी
१४. लमजुङ – पृथ्वीसुब्बा गुरुङ
१५. रुपन्देही ५ – वासुदेव घिमिरे
१६. सोलुखुम्बु – मानवीर राई
१७. धनकुटा – राजेन्द्र राई
१८. झापा ४ – एलपी साँवा लिम्बु
१९. सिरहा १ – राम शंकर यादव
२०. बाँके १ – सूर्यप्रसाद ढकाल
२१. बैतडी – दामोदर भण्डारी
२२. कपिलवस्तु १ – बलराम अधिकारी
२३. कञ्चनपुर १ – तारा लामा तामाङ
२४. पाँचथर – वसन्त कुमार नेम्वाङ
२५. कास्की ३ – दामोदर पौडेल
२६. सर्लाही ३ – हरिप्रसाद उप्रेती
२७. मोरङ २ – ऋषीकेश पोखरेल
२८. कपिलवस्तु ३ – मंगलप्रसाद गुप्ता
२९. रुपन्देही १ – छविलाल विश्वकर्मा
३०. रुपन्देही २ – विष्णु पौडेल
३१. पाल्पा १ – नारायण आचार्य
३२. कास्की १ – मनबहादुर गुरुङ
३३. काभ्रे २ – गोकुल बास्कोटा
३४. बारा ३– ज्वाला कुमारी शाह
३५. बारा १ – अच्युत मैनाली
३६. पाल्पा २– ठाकुर गैरे
३७. सिराह ३ – लिलानाथ श्रेष्ठ
३८. धनुषा ३ – जुली कुमारी महतो
नेकपा माओवादी केन्द्रका निर्वाचितहरु .
१. सिन्धुली २ – लेखनाथ दाहाल
२. सिन्धुपाल्चोक १ – माधव सापकोटा
३. बाग्लुङ २ – देवेन्द्र पौडेल
४. रोल्पा – वर्षमान पुन
५. रुकुम पूर्व – पूर्णबहादुर घर्तीमगर
६. जाजरकोट – शक्तिबहादुर बस्नेत
७. गोरखा २ – पुष्पकमल दाहाल ‘प्रचण्ड’
८. दाङ २ – रेखा शर्मा
९. रुकुम पश्चिम – जनार्दन शर्मा ‘प्रभाकर’
१०. खोटाङ – रामकुमार राई
११. भोजपुर – सुदन किराँती
१२. मोरङ ४ – अमनलाल मोदी
१३. हुम्ला – कार्जेन लामा
१४. नुवाकोट १ – हितबहादुर तामाङ
१५. खोटाङ – रामकुमार राई
१६. काभ्रे १ – सूर्यमान तामाङ
नेकपा एकीकृत समाजवादीका
१. अछाम १ – शेरबहादुर कुँवर
२. बारा ४ – कृष्णकुमार श्रेष्ठ
३. दैलेख १ – अमरबहादुर थापा
४. सल्यान – प्रकाश ज्वाला
५. डोटी – प्रेमबहादुर आले
६. बझाङ – भानुभक्त जोशी
७. रौतहट १ – माधवकुमार नेपाल
८. डोल्पा – धनबहादुर बुढा
९. धादिङ १ – राजेन्द्र पाण्डे
१०. दाङ १ – मेटमणि चौधरी
राष्ट्रिय स्वतन्त्र पार्टीका
१. काठमाडौं ७ – गणेश पराजुली
२. काठमाडौं ८ – विराजभक्त श्रेष्ठ
३. काठमाडौं २ – सोबिता गौतम
४. काठमाडौं ६ – शिशिर खनाल
५. ललितपुर ३ – तोसिमा कार्की
६. चितवन २ – रवि लामिछाने
७. चितवन १ – हरि ढकाल
राष्ट्रिय प्रजातन्त्र पार्टीका
१. बाँके २ – धवलशमशेर जबरा
२. जुम्ला – ज्ञानेन्द्रबहादुर शाही
३. मकवानपुर १ – दीपकबहादुर सिंह
४. झापा ३ – राजेन्द्र लिङ्देन
५. चितवन ३ – विक्रम पाण्डे
६. नवलपरासी पश्चिम २ – ध्रुवबहादुर प्रधान
७. रुपन्देही ३ – दीपक बोहरा
जनता समाजवादी पार्टीका
१. पर्सा १ – प्रदीप यादव
२. सप्तरी १– नवलकिशोर साह
३. सिराह ४– विरेन्द्र प्रसाद महतो
४. सिराह २ – राजकिशोर यादव
५. बारा २ – रामसहाय प्रसाद यादव
लोकतान्त्रिक समाजवादी पार्टीका
१. रूपन्देही ४ – सर्वेन्द्रनाथ शुक्ला
२. सर्लाही १ – रामप्रकाश चौधरी
३. महोत्तरी २ – शरद्सिंह भण्डारी
४. महोत्तरी ३ – महन्थ ठाकुर
नागरिक उन्मुक्ति पार्टीका
१. कैलाली ३ – गंगाराम चौधरी
२. कैलाली १ – रञ्जिता श्रेष्ठ चौधरी
३. कैलाली २ – अरुणकुमार चौधरी
जनमत पार्टी
१. सप्तरी २ – डा. चन्द्रकान्त (सीके राउत)
राष्ट्रिय जनमोर्चा
१. बाग्लुङ १ – चित्रबहादुर केसी
नेपाल मजदुर किसान पार्टी
१. भक्तपुर १ – प्रेम सुवाल
स्वतन्त्र
१. बर्दिया २ – लालवीर चौधरी
२. सर्लाही ४ – अमरेशकुमार सिंह
३. मोरङ ५ – योगी मण्डल
४. रौतहट ३ – प्रभु साह
५. रौतहट २ – किरण साह
निर्वाचन आयोगका अनुसार अब १५ निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम आउन बाँकी छ । बाँकी रहेका निर्वाचन क्षेत्र मध्ये इलाम निर्वाचन क्षेत्र नम्बर–१ मा एमालेका महेश बस्नेतले अग्रता लिएका छन् । दोस्रोमा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल छन् । इलाम क्षेत्र नम्बर–२ मा एमालेका सुवास नेम्वाङ अगाडि छन् । दोस्रोमा कांग्रेसका डम्बरबहादुर खड्का छन् ।
मोरङ–१ मा नेपाली कांग्रेसका डिगबहादुर लिम्बूको अग्रता कायम छ । एमालेका घनश्याम खतिवडा दोस्रो स्थानमा छन् । सुनसरी–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङको अग्रता छ । दोस्रोमा जसपाका अशोक राई छन् ।
सुनसरी–३ मा एमालेकी भगवती चौधरी अग्रस्थानमा छिन् । कांग्रेसका विजयकुमार गच्छदार पछ्याउँदै छन् । पछिल्लो मतपरिणामानुसार सुनसरी–४ मा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की अगाडि छन् । दोस्रोमा एमालेका जगदीशप्रसाद कुसियैत छन् ।
धनुषा–१ मा जसपाका दीपक कार्की अगाडि छन् भने दोस्रोमा माओवादी केन्द्रका मातृकाप्रसाद यादव छन् । धनुषा–४ मा कांग्रेस सहमहामन्त्री महेन्द्र यादवको अग्रता कायम छ । दोस्रोमा एमालेका रघुवीर महासेठ छन् ।
महोत्तरी–१ मा माओवादी केन्द्रका गिरिराजमणि पोखरेल अगाडि छन् भने दोस्रोमा एमालेका लक्ष्मी महतो कोइरी रहेका छन् । महोत्तरी–४ मा कांग्रेसका महेन्द्रकुमार रायको अग्रता छ । दोस्रोमा जसपाका सुरेन्द्र कुमार यादव छन् ।
सर्लाही–२ मा माओवादी केन्द्रका महिन्द्रराय यादव अगाडि छन् । दोस्रोमा लोसपाका राजेन्द्र महतो रहेका छन् । रामेछापमा कांग्रेसका पूर्णबहादुर तामाङको अग्रता छ । दोस्रोमा एमालेका कैलाशप्रसाद ढुंगाना छन् ।
दोलखामा मतगणना हुन सकेको छैन । स्याङ्जा–२ मा पनि विवादका कारण मतगणना सुरु भएको छैन । बाजुरामा राजनीतिक दलहरूले जिल्लाका २४ मतदान केन्द्रमा पुनः मतदानको माग गर्दै उजुरी दिएका छन् । त्यहाँको एक केन्द्रमा आज पुनः मतदान गरिएको छ । मतगणना सुरु गरिएको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह
मंसिर ११, २०८१ मंगलबार
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन
मंसिर १०, २०८१ सोमबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
अमेरिकामा ‘पुष्पा–२’ काे बम्पर ओपनिङ, हालसम्मकाे सबै रेकर्ड ताेडिने
मंसिर १२, २०८१ बुधबार
श्रीलङ्कामा प्रतिकुल मौसमका कारण ८२ हजार भन्दा बढी प्रभावित
मंसिर १२, २०८१ बुधबार
पाथीभरामा विदेशी पर्यटकको चहलपहल बढ्यो
मंसिर १२, २०८१ बुधबार
फ्रान्समा भेटिए १० वर्ष देखी श्रीमतीलाई सामूहिक बलात्कार गराउने अपराधी
मंसिर १२, २०८१ बुधबार
मस्कको स्टारलिंकले डायरेक्ट–टू–सेल स्याटेलाइट टेक्नोलोजी लन्च गर्ने
मंसिर १२, २०८१ बुधबार
चीन भ्रमणमा जान लागेका प्रधानमन्त्रीलाई कांग्रेसको सुझावः बीआरआईमा ऋण नलिनु, अनुदान लिनु
मंसिर १२, २०८१ बुधबार
सर्लाहीका चिनी उद्योग सञ्चालनको तयारीमा
मंसिर १२, २०८१ बुधबार