धनुषा छाडेर सर्लाही पुगेका राजेन्द्र महतो यादवसँग पराजित
नेपालबहस संवाददाता
मंसिर १०, २०७९ आइतबार ३:९:१७
१० मंसिर, जनकपुरधाम । धनुषा क्षेत्र नं. ३ छाडेर सर्लाही २ फर्किएका राजेन्द्र महतो उतै रोकिएका छन् । उनलाई माओवादी केन्द्रको चुनाव चिह्न लिएर चुनाव लडेका नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवले २ हजार ११ मत अन्तरले पराजित गरेपछि महतो उतै रोकिएका हुन् ।
लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो दोस्रो पटक महिन्द्र राय यादवबाट पराजित भएपछि संसदभित्र उनको कचकच पनि सकिएको छ । विजयी महिन्द्रले २३ हजार ५२९ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी बनेका महतोले २१ हजार ५१८ मतमा मात्र पाएका छन् ।
संविधानसभा निर्वाचन–२०७० मा पनि सर्लाही–५ मा महिन्द्रले राजेन्द्रलाई नै हराएका थिए । त्यस बेला पनि महिन्द्रले २ हजार ७८४ मतअन्तरले राजेन्द्रलाई पराजित गरेका थिए । यो हारले ६५ वर्षीय राजेन्द्रको आगामी राजनीति यात्रा चुनौतीपूर्ण बनेको छ ।
२०७० मा चुनाव लड्दा राजेन्द्र सदभावना पार्टी नेपालका अध्यक्ष थिए भने महिन्द्र तराई मधेश सद्भावना पार्टीका अध्यक्ष । मधेश आन्दोलनपछि मधेस केन्द्रित ६ दल मिलेर महन्थ ठाकुरको नेतृत्वमा राष्ट्रिय जनता पार्टी (राजपा) बन्यो । राजेन्द्र र महेन्द्र एउटै दलका सहयात्री बन्न पुगे । २०७४ को निर्वाचनमा महिन्द्र सर्लाही–२ बाट लड्ने भएपछि राजेन्द्रले मधेश आन्दोलनको केन्द्र धनुषा ३ रोजेका थिए ।
मधेश आन्दोलनको रापतापको प्रभावले राजेन्द्र २ हजार ९०३ मतान्तरले विमलेन्द्रलाई पराजित गर्दै सांसद बने भने महिन्द्र सर्लाही–२ बाट चुनिएर आए । प्रतिनिधिसभाको त्यही कार्यकालमा मधेशकेन्द्रित दुई दल राजपा र संघीय समाजवादी फोरम मिलेर जनता समाजवादी पार्टी (जसपा) बन्यो । तर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुस २०७७ मा प्रतिनिधिसभा विघटन गरेपछि जसपाका नेताहरु दुई खेमामा विभावित भए । राजेन्द्र, महन्थ ठाकुरतिर लागे भने महिन्द्र, उपेन्द्र यादवतिर ।
गत वैशाखको स्थानीय चुनावको नजिताले धनुषा ३ मा पार्टीको अवस्था कमजोर देखेपछि राजेन्द्र पनि सर्लाही–२ मा फर्किएका हुन् । अघिल्लो पटक आफूलाई जिताउन भूमिका खेलेकी जुली महतोले यो पटक धनुषा ३ बाट प्रत्यक्ष उम्मेदवार बनेका करण पनि उनी उता गएका थिए ।
माओवादीले महिन्द्रलाई यो क्षेत्रमा उम्मेदवार बनाउने अडान लिएपछि राजेन्द्र सत्ता गठबन्धनको साझा उम्मेदवार समेत बन्न सकेनन् । तर उनी मित्रवत् प्रतिस्पर्धा गर्न तयार भए । कांग्रेसका जंगीलाल राय लगायतको साथका कारण उनी चुनाव जित्नेमा आशावादी पनि थिए । सर्लाहीमा २०५१ यता लगातार ५ पटक चुनाव जितेर बलियो पकड बनाएका महेन्द्रँग पराजित भए ।
यो हारले पार्टीको नेतृत्व लिने राजेन्द्र महतोको योजनामा अवरोध आउन सक्ने नेताहरु बताउँछन् । किनकी ८० वर्ष पुगिसकेका लोसपा अध्यक्ष ठाकुर महोत्तरी–३ बाट चुनाव जितेर आएका छन् भने नेताहरु शरत सिंह भण्डारीले महोत्तरी– २ र सर्वेन्द्रनाथ शुक्लाले पनि रुपन्देही–४ मा चुनाव जितेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपनिर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भई मतदान गर्न आयोगको आग्रह
मंसिर १५, २०८१ शनिबार
मतगणनाको अद्यावधिक परिणाम आयोगको बेवसाइटमा हेर्न सकिने
मंसिर १४, २०८१ शुक्रबार
उपनिर्वाचनको मौन अवधि सुरु, के गर्न पाइँदैन ?
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
भारतमा सबैभन्दा बढी कर तिर्ने पाँच सेलेब्रेटी, साउथ हिरो पनि परे
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार
एनपिएलका आयोजकप्रति दर्शकहरू रुष्ट
मंसिर १५, २०८१ शनिबार
निगमले बढायो पेट्रोल र हवाई इन्धनको मूल्य
मंसिर १५, २०८१ शनिबार