निर्वाचनको जारी मतगणनामा कांग्रेसकाे प्रत्यक्षतर्फ अग्रता कायमै
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
मंसिर ११, २०७९ आइतबार १४:०:१०
![](https://nepalbahas.prixacdn.net/media/albums/nepali-congress-1_k4pkCxyuap.jpg)
११ मंसिर, काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको जारी मतगणनामा नेपाली कांग्रेसको अग्रता कायमै छ । निर्वाचन आयोगका अनुसार आज बिहान ३ बजेसम्म प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक सय ६५ मध्ये एक सय ५४ क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ ।
प्राप्त मतपरिणामअनुसार हालसम्म नेपाली कांग्रेस ५२, नेकपा ‘एमाले’ ४०, नेकपा ‘माओवादी केन्द्र’ १७, नेकपा ‘एकीकृत समाजवादी’ १०, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी समान सात, जनता समाजवादी पार्टी पाँच, लोकतान्त्रिक समाजवादी पार्टी चार, नागरिक उन्मुक्ति पार्टी तीन तथा पाँच जना स्वतन्त्र उम्मेदवार विभिन्न क्षेत्रबाट निर्वाचित भएका छन् ।
कांग्रेसबाट प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवा, गगनकुमार थापा, विश्वप्रकाश शर्मा, अर्जुननरसिंह केसी, दीपक खड्का, डा शेखर कोइराला, रामहरि खतिवडा, दिनेशकुमार यादव, रामकृष्ण यादव, देवप्रसाद तिमलसेना, अजयकुमार चौरसिया, रमेश रिजाल, श्यामकुमार घिमिरे, मोहन आचार्य, प्रकाशमान सिंह, रमेश लेखक, नारायणप्रसाद साउद, सन्तोष चालिसे, प्रदीप पौडेल, राजेन्द्रकुमार केसी, दुर्लभ थापा क्षेत्री निर्वाचित भएका छन ।
यस्तै उदयशम्शेर राणा, टेकबहादुर गुरुङ, शङ्कर भण्डारी, राजु थापा, योगेश गौचन थकाली, खमबहादुर गर्बुजा, चन्द्रकान्त भण्डारी, सुरेन्द्रराज आचार्य, किशोरसिंह राठोर, सञ्जयकुमार गौतम, पूर्णबहादुर खड्का, हृदयराम थानी, पुष्पबहादुर शाह, दिक्पालकुमार शाही, ऐनबहादुर साही ठकुरी, डिल्लीराज पन्त र दिलेन्द्रप्रसाद बडू निर्वाचित भएका छन। कांग्रेसकै सिता गुरुङ, सुसिनलकुमार शर्मा, रामनाथ अधिकारी, मोहनबहादुर बस्नेत, दिनेशकुमार यादव, तेजुलाल चौधरी, विष्णुकुमार कार्की, महेन्द्रकुमार राय, डिगबहादुर लिम्बु, विनोदकुमार चौधरी, दीपक गिरी, र डिल्लीराज पन्त निर्वाचित भएका छन ।
नेकपा ‘एमाले’बाट अध्यक्ष केपी शर्मा ओली, योगेशकुमार भट्टराई, देवराज घिमिरे, राजेन्द्रकुमार राई, ऋषिकेश पोखरेल, मानवीर राई, अम्बरबहादुर रायमाझी, रामशङ्कर यादव, लिलानाथ श्रेष्ठ, जुलीकुमारी महतो ‘महासेठ’, हरिप्रसाद उप्रेती, अच्युतप्रसाद मैनाली, राजकुमार गुप्ता, कृष्णगोपाल श्रेष्ठ, प्रेमबहादुर महर्जन, गोकुलप्रसाद बाँस्कोटा, पृथ्वीसुब्बा गुरुङ विजयी भएका छन ।
त्यसैगरी मनबहादुर गुरुङ, विद्या भट्टराई, दामोदर पौडेल, पदम गिरी, गोकर्णराज विष्ट, नारायणप्रसाद आचार्य, ठाकुरप्रसाद गैरे, टोपबहादुर रायमाझी, वासुदेव घिमिरे, भीमप्रसाद आचार्य, सूर्यबहादुर थापा, सूर्यप्रसाद ढकाल र दामोदर भण्डारी निर्वाचित हुनुभएको छ । साथै, एलपी ‘साँवा’ लिम्बु, वसन्त नेम्वाङ, राजकुमार गुप्ता, अच्युनप्रसाद मैनाली, ज्वालाकुमारी साह, रामशंकर यादव, लिलानाथ श्रेष्ठ, गोकुलप्रसाद बास्कोटा, मंगलप्रसाद गुप्ता रबासुदेव घिमिरे निर्वाचित भएका छन ।
नेकपा ‘माओवादी केन्द्र’का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता जनार्दन शर्मा, वर्षमान पुन, देवेन्द्र पौडेल, शक्तिबहादुर बस्नेत, अमनलाल मोदी, हितबहादुर तामाङ, रामकुमार राई, लेखनाथ दाहाल, रेखा शर्मा, पूर्णबहादुर घर्ती, महिन्द्रसाय यादव, सूर्यप्रसाद तामाङ ‘दोङ’, छिरिङ डम्बुल लामा ‘भोटे’ र महेन्द्रबहादुर शाही विजयी भएका छन ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राजेन्द्रप्रसाद पाण्डे, धनबहादुर बुढा, अम्बरबहादुर थापा, कृष्णकुमार श्रेष्ठ, शेरबहादुर कुँवर, प्रकाश ज्वाला, मेटमणि चौधरी, प्रेमबहादुर आले र भानुभक्त जोशी विजयी भएका छन ।
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, सोविता गौतम, गणेश पराजुली, विराजभक्त श्रेष्ठ, हरि ढकाल र तोसिमा कार्की निर्वाचित भएका छन । जनता समाजवादी पार्टी ‘जसपा’ का प्रदीप यादव, दीपक कार्की, रामसहायकप्रसाद यादव र बीरेन्द्रप्रसाद महतो निर्वाचित भएका छन ।
राप्रपाका राजेन्द्र लिङ्देन, विक्रम पाण्डे, धवलशमशेर राणा, दीपकबहादुर सिंह र ज्ञानेन्द्रबहादुर शाही तथा लोकतान्त्रिक समाजवादी पार्टी ‘लोसपा’का अध्यक्ष महन्थ ठाकुर, सर्वेन्द्रनाथ शुक्ला, शरतसिंह भण्डारी र रामप्रकाश चौधरी विजयी भएका छन ।
राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र नेमकिपाका प्रेम सुवाल एवं जनमत पार्टीका चन्द्रकान्त राउत तथा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल, प्रभू साह, किरणकुमार साह, अमरेशकुमार सिंह र लालवीर चौधरी निर्वाचित भएको आयोगले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
कांग्रेस केन्द्रीय प्रचार विभागले फागुन ९ देखि २१ सम्म प्रचार अभियान सञ्चालन गर्ने
फागुन ६, २०८१ मंगलबार
अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन अनुमोदन
फागुन ६, २०८१ मंगलबार
प्रधानमन्त्रीको अध्यक्षतामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसभाको पाँचौँ बैठक सम्पन्न
फागुन ६, २०८१ मंगलबार
साउदीमा अमेरिकी र रुसी विदेशमन्त्रीबीच वार्ता, युक्रेनलाई किन सहभागी गराइएन ?
फागुन ६, २०८१ मंगलबार
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
फागुन ६, २०८१ मंगलबार
ओडिसाको घटना समाधान नगरे भारतमा विद्यार्थी पठाउन रोक्छौंः शिक्षा मन्त्रालय
फागुन ६, २०८१ मंगलबार