गृहमन्त्री र प्रधानमन्त्रीका गुप्तचरी फरक, देशभरका सूचना गलत !
केदार भट्टराई (काका)
मंसिर ११, २०७९ आइतबार १८:१०:१४
११ मंसिर, काठमाडौं । सरकारका कुनैपनि कार्य सफल र असफल बनाउने भूमिकामा गुप्तचरी संयन्त्रको ठूलो हात रहन्छ । यद्यपि देशमा भएको यति ठूलो आम निर्वाचनमा प्रधानमन्त्री र गृहमन्त्रीले पाएका सूचना एकाधबाहेक सबै गलत देखिए । प्रधानमन्त्री मातहतमा रहेको गुप्तचरी संयन्त्र देशभर परिचालित छन् । तर, प्रधानमन्त्री र गृहमन्त्रीले आफ्नै क्षेत्रमा भइरहेका गतिविधिहरु थाहा पाउँदैनन् ।
सिंहदरवारभित्र रहेको राष्ट्रिय अनुसन्धान विभाग विषेश गरी प्रधानमन्त्रीको प्रत्यक्ष सम्पर्कमा रहन्छ । उसले दिने सूचनालाई आधार मानेर प्रधानमन्त्रीको कोर टीमले कार्यक्रम बनाउँछ । यसरी आउने सूचना गलत हुँदा पूर्व तयारीका काम गर्न नसकिने पुर्वसुरक्षा अधिकारीहरु बताउँछन् । उनीहरुको भनाइमा आम निर्वाचनमा नेपालको गुप्तचरी संयन्त्र पूर्ण असफल भएको देखाउँछ । यतिबेला गुप्तचर विभागबाट जाने गलत सूचनाको प्रभाव सबैभन्दा बढी कांग्रेस नेतृत्वको गठबन्धनलाई परेको छ ।
गृहमन्त्री आफसँगै नेपाल प्रहरीका सबै संयन्त्रहरु परिचालित छन् । उनीसँग भएको संयन्त्र नामले फरक भएपनि गुप्तचरी विभागभन्दा बलियो छ । तर, उनले प्राप्त गरेको सूचनाहरु सही नभएका कारण कतिपय ठाउँमा नहार्नुपर्ने उम्मेदवारहरु पनि हारेका छन् । एक उच्च पूर्वसुरक्षा अधिकारीले भने, ‘अहिले गृहमन्त्री पराजित भएर मात्र भनिएको हैन् । २०४८ सालदेखि नै गुप्तचरी संयन्त्र सरकार वा गृहमन्त्रीको विपक्षमा देखिँदै आएको छ ।’
उनले २०४८ यताका सबैजसो निर्वाचनमा प्रधानमन्त्री, गृहमन्त्रीजस्ता शक्तिशाली र साधन स्रोतसम्पन्न व्यक्तिहरुबिरुद्ध यस्ता संयन्त्र जाँदाासमेत कसैले पत्तो पाउँदैन् । नेपाल प्रहरीभित्रको संयन्त्र र प्रधानमन्त्री मातहतबाट गुप्तचरी विभागले दिएको सूचना गृहमन्त्री बालकृष्ण खाँणले कात्तिक २६ मा सार्वजनिक गरेका थिए । जुन सूचना अहिले विपरित देखिएको छ ।
उनले पाएको सूचना थियो, ‘गोप्य अध्ययनले १ सय ३१ क्षेत्रमा गठबन्धन विजयको माला पहिराउने गरी अगाडि देखिएको छ । थप २३ क्षेत्रमा पनि प्रतिस्पर्धीका रूपमा गठबन्धन देखापरेको छ । एमाले २१ क्षेत्रमा मात्रै अगाडि रहेको सूचना हाम्रो विश्वासिलो संयन्त्रबाट आएको छ ।’ तर, यही सूचना जानकारी गराउने गृहमन्त्री बालकृष्ण खाँण रुपन्देही क्षेत्र नम्बर ३ बाट राप्रपाका उम्मेदवार दीपक बाहोरासँग पराजित भएका छन् ।
खाँणको गुप्तचरी संयन्त्रले कांग्रेससहित माओवादी, एकीकृत समाजवादी, लोसपा र राष्ट्रिय जनमोर्चा देशभर एमालेविरुद्ध गठबन्धन भएको निष्कर्ष दिएको थियो । उनले यस्तो सूचना दिइरहँदा एमालेले केही सीटमा राप्रपा र जसपासँग तालमेल गरेको थियो । त्यही मेसोमा चुनावी कार्यक्रममै खाँणले गोप्य रिपोर्टको हवाला दिँदै गठबन्धन एक्लैले प्रत्यक्षमा बहुमतनजिक सीट जित्ने दाबी गरेका थिए । उक्त अभिव्यक्तिपछि सुरक्षा संयन्त्र दुरुपयोग गरेर रिपोर्ट तयार पारेको भन्दै खाँणको सुरक्षा संयन्त्रभित्रै आलोचना भएको थियो ।
उच्च सुरक्षा स्रोतका अनुसार गलत सूचनाका कारण वर्तमान सरकारका प्रधानमन्त्रीसहित १४ जना मन्त्रीहरु चुनावी मैदानमा रहेपनि छ जनालाई चुनावमा प्रत्यक्ष प्रभाव पारेको छ । प्रधानमन्त्री देउवासहित अर्थमन्त्री जनार्दन शर्मा, शिक्षामन्त्री देवेन्द्र पौडेल, परराष्ट्रमन्त्री नारायण खड्का, उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडू, शहरी विकासमन्त्री मेटमणि चौधरी र श्रममन्त्री शेरबहादुर कुँवरले मात्रै चुनाव जितेका छन् ।
सन्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की उम्मेदवार रहेको सुनसरी–४ को अन्तिम परिणाममा उल्टै किचलो आइरहेको छ । चुनावमा भाग लिएका उर्जामन्त्री पम्फा भुसाल, खानेपानी मन्त्री उमाकान्त चौधरी, खेलकुद मन्त्री महेश्वरजंग गहतराज, पर्यटनमन्त्री जीवनराज श्रेष्ठ र प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ पराजित भए । उनीहरुलाई स्थानीय बस्तुस्थितिबारे जानकारी दिने र चुनावी रणनीति परिवर्तन गर्ने काम संयन्त्रबाट हुन सकेन् ।
गलत सूचनाको प्रभाव बहालवाला मन्त्रीहरुलाई मात्र हैन, अन्य धेरै उम्मेदवारहरुलाई परेको छ । नेपाली कांग्रेस लुम्बिनीका सभापति अमरसिंह पुनले २० दिन अगाडी नै आफु बिरुद्ध षडयन्त्र भइरहेको जानकारी पाएका थिए । उनले उक्त सूचना अनुसार निर्वाचनको रणनीति प्रयोग गरेको भए हारको सम्भावना थिएन । पूनले सूचना जानकारी गराउँदा पनि पछि गठबन्धनलाई असर पर्ने भन्दै उनलाई रणनीति बदल्न रोकिएको थियो ।
केदार भट्टराई (काका)
नेपालबहस डटकमका कार्यकारी सम्पादक केदार भट्टराई दुई दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील छन् । भूगोल साप्ताहिकबाट पत्रकारिता शुरु गरेका पत्रकार भट्टराईले साप्ताहिक विमर्श, देशान्तर, रेडियो नेपाल वाणी नेटवर्कमा काम गरिसकेका छन् । भट्टराईले आर्थिक, राजनीतिक, भ्रष्टाचार एवं विकृति र विसंगतिका विरुद्ध तीखो कलम चलाउँदै आएका छन् ।
लेखकबाट थपबारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
प्रथम अदानचुली साँस्कृतिक तथा पर्यटकीय महोत्सव हुने
पुष ४, २०८१ बिहिबार
निजामती विधेयक छलफलः ‘सरुवा र बढुवामा हुने मनपरि रोक्ने ऐन बनाऔं’
पुष ४, २०८१ बिहिबार
दमकमा दुई जना युवतीसँग होटलमा बसेका युवा मृत फेला
पुष ४, २०८१ बिहिबार
भारतले च्याम्पियन्स ट्रफी पाकिस्तानमा नभई तटस्थ मैदानमा खेल्ने
पुष ४, २०८१ बिहिबार
असदको पतन रुसका लागि ‘पराजय’ होइन: पुटिन
पुष ४, २०८१ बिहिबार