मधेसमा प्रतिनिधिसभातर्फ माओवादी केन्द्र शून्य, सिके राउत र प्रभु साहकाे बलियाे प्रभाव
नेपालबहस संवाददाता
मंसिर ११, २०७९ आइतबार १८:१२:०
१०, मंसिर, काठमाडौं । नेकपा (माओवादी केन्द्र) यस पटक आम निर्वाचनमा प्रतिनिधि सभातर्फ मधेश प्रदेशमा शून्य बनेको छ ।
माओवादी केन्द्रका उपमहासचिव समेत रहेका पोखरेले महोत्तरी–१ बाट एमालेका उम्मेदवार लक्ष्मी महतोसँग आइतबार पराजित भएपछि मधेस प्रदेशमा माओवादी केन्द्र शून्य बन्न पगुको हो ।
एमालेका उम्मेदवार महतो २३ हजार ४०२ मत ल्याएर विजय भएका छन् भने ९माओवादी केन्द्र०का उम्मेदवार पोखरेलले २२ हजार ३७२ मत ल्याएर पराजित भएका छन् । नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर लडेका नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवमात्र सर्लाहीबाट विजयी भए तर उनी जसपाका पंक्तिमा गनिन्छन् ।
मधेस प्रदेशको प्रतिनिधि सभातर्फ ३२ वटा क्षेत्रमध्ये माओवादी केन्द्रले ७ ठाउँमा मात्र आफ्नो उम्मेदवारी दिएको थियो भने प्रदेश सभातर्फ ६४ वटा क्षेत्रमध्ये १७ ठाउँमा मात्र उम्मेदवारी दिएको छ ।
माओवादी केन्द्रले प्रदेश सभातर्फ भने चारवटा सीट जितेको छ । पर्सा १ (क) मा माओवादी केन्द्रका रोहवर अन्सारी, सर्लाही ४ ९ख० मा फकिरा महतो, महोत्तरी १ (ख)बाट भरतप्रसाद साह र रौतहट ४ (क) मा युवराज भट्टराई प्रदेश सांसद निर्वाचित भएका छन् । अब उसको दुवै क्षेत्रमा अग्रता छैन ।
सिरहाको ३ नम्बर क्षेत्रमा माओवादी केन्द्रका विश्वनाथ साहएमालेका उम्मेदवार लीलानाथ श्रेष्ठबाट पराजित भएका छन् । धनुषा १ मा माओवादी केन्द्रका उम्मेदवार मातृका यादव जसपाका दीपक कार्कीबाट पराजित भए ।
सर्लाही ३ मा नरेन्द्र साह कलवार एमालेका हरिप्रसाद उप्रेतीसँग पराजित भए । रौतहट ३ मा माओवादी केन्द्रले रवीन्द्र पटेल चापाकल चिन्ह भएका स्तन्त्र उम्मेदवार प्रभु साहसँग पराजित भए । प्रभु साहले उनकाे क्षेत्रबाट एउटा प्रदेशमा एउटा र २ मा प्रदेश सांसद जिताएका छन् ।
यस्तै, बारा २ मा माओवादी केन्द्रका उम्मेदवार शिवकुमार कुशवाहा जसपाका रामसहाय यादवसँग पराजित भए । मधेसमा नेता नेताबीच गुट, उपगुट भएकै कारण चुनाव परिणाम अर्कैको पोल्टामा गएको नेताहरु नै बताउँछन् ।
बरु, पार्टी गठन भएकै वर्ष सिके राउतको जनमत पार्टीबाट सप्तरीबाट राउतले नै जितेका छन् । उनका पार्टीबाट याे प्रदेशमा केही उम्मेदवार प्रदेश सांसद पनि जितेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमतगणनाको अद्यावधिक परिणाम आयोगको बेवसाइटमा हेर्न सकिने
मंसिर १४, २०८१ शुक्रबार
उपनिर्वाचनको मौन अवधि सुरु, के गर्न पाइँदैन ?
मंसिर १४, २०८१ शुक्रबार
स्थानीय तह उपनिर्वाचन: आज रातिदेखि मौन अवधि सुरु हुँदै
मंसिर १३, २०८१ बिहिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
विमानस्थलबाट १ केजी सुनसहित एक जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
जनकपुरको विजयी सुरुवात, ८ विकेटले विराटनगर पराजित
मंसिर १५, २०८१ शनिबार
एनपीएल विजेताले १ करोड ११ लाख पाउने
मंसिर १५, २०८१ शनिबार
१२७ रनमै अलआउट भयो विराटनगर किंग्स
मंसिर १५, २०८१ शनिबार
त्रिवि मैदानमा एनपीएलको रौनकः फोटोफिचर
मंसिर १५, २०८१ शनिबार
चीन सकारात्मक छ, बीआरआईमा सहमति हुन्छः परराष्ट्रमन्त्री राणा
मंसिर १५, २०८१ शनिबार