‘अविरल जनसाहित्य यात्रा’ कवि ज्ञवालीका कविता
नेपालबहस संवाददाता
मंसिर ११, २०७९ आइतबार १८:४१:१५
११ मंसिर, काठमाडौं । राष्ट्रिय जनसाहित्यिक संघ, नेपालको ‘अविरल जनसाहित्य यात्रा’को ७३ औँ शृङ्खलामा कवि रूद्र ज्ञवालीका एक दर्जन कविता प्रस्तुत गरिएको छ । भैरहवाका प्रगतिवादी कवि ज्ञवालीले सामाजिक रूपान्तरण र राष्ट्रियताका विषयमा केन्द्रित कविता शनिवार आयोजित कार्यक्रममा प्रस्तुत गरे । उनलाई कविता वाचनमा कवि अनुराधा ढकाल, देबु लुइँटेल, रूपक अलङ्कार, ज्ञानु विद्रोही र रमेश पोखरेलले सघाएको थियो ।
कार्यक्रममा अग्रज साहित्यकार शान्ता मानवीले कवितामा जीवन, राष्ट्रियता, नेतृत्व, सरकार, जनता, कार्यकर्ता, समाज आदि सबैका सरोकारका विषय समेटिएको बताए । वाचित कवितामाथि टिप्पणी गर्दै समालोचक प्रा डा रामप्रसाद ज्ञवालीले कवितामा चेतनाको स्रम्प्रेषणका माध्यमबाट कविले नागरिक दायित्वसमेत निर्वाह गरेको देखिएको बताए ।
संघका राम विनयले साहित्यमा पनि वर्गीय प्रेम हुने र विनाभेदभाव सबैलाई समान अवसर प्रदान गर्दै सिर्जनामा रहेका कमीकमजोरी सुधार्ने उद्देश्यका साथ वाचित रचनामाथि विशेषज्ञ व्यक्तित्वद्वारा समीक्षा गर्न शृङ्खला सञ्चाल गरिएको जानकारी गराए । राष्ट्रिय जनसांस्कृतिक महासंघका अध्यक्ष प्रेमनाथ अधिकारीले सिर्जनाका माध्यमबाट सशक्त वैचारिक दृष्टिकोण सम्प्रेषण गर्ने र सामाजिक रूपान्तरण अभियानलाई सघाउने उद्देश्यअनुसार अविरल यात्राले काम गरेका जनाए ।
कवि रूद्र ज्ञवालीका हालसम्म ‘निर्वासन’ कथा संग्रह २०५८, ‘सपना फुल्ने रातहरू’ गजल संग्रह २०६१, ‘विवरुका कथाहरू’ कथा संग्रह सहप्रकाशन २०६६, ‘उन्मुक्त आकाश’ मुक्तक संग्रह २०६६, ‘असल साथी’ बालकथा संग्रह २०७२, ‘पात्रहरू’ कथा संग्रह २०७३, ‘रुझेर अग्निवर्षामा’ मुक्तक संग्रह २०७५ जस्ता कृतिहरू प्रकाशित छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचन्द्रागिरि पुगेर प्रधानमन्त्री ओलीले लेखे यस्ता कविता
कात्तिक १६, २०८१ शुक्रबार
मुक्तकमणि तीर्थराज अधिकारीको मुक्तकसङ्ग्रह 'सारवत्' विमोचन
भदौ ९, २०८१ आइतबार
उ मर्यो र त, उ शहिद भयो
भदौ ८, २०८१ शनिबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
अपहरण गरी ५० हजार फिरौती मागेको आरोपमा वीरगंजमा दुई जना पक्राउ
मंसिर १०, २०८१ सोमबार
बयानका लागि रवि लामिछानेलाई भोलि काठमाडौं ल्याइने
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
पुल नबन्दा स्थानीयलाई सास्ती
मंसिर १०, २०८१ सोमबार
पाँचखालमा ‘सेज’ निर्माण सुस्त
मंसिर १०, २०८१ सोमबार
आज पनि हेर्न नभ्याइनेमा पर्यो जग्गादानविरुद्धको रिट
मंसिर १०, २०८१ सोमबार