रुस र युक्रेनद्वारा युद्धबन्दी आदानप्रदान, रूसलाई ५० र युक्रेनलाई ५२ सैनिक प्राप्त
नेपालबहस संवाददाता
मंसिर ११, २०७९ आइतबार २०:२:२०
११ मंसिर, किभ । रसिया र युक्रेनले बिहीबार युद्धबन्दी आदानप्रदान गरे । दुबै पक्षले ५० जना युद्धबन्दी आदानप्रदान गरेका किभ र मस्कोका अधिकारीहरूले जानकारी दिए । रुसी रक्षा मन्त्रालयले युक्रेनले पक्राउ परेका ५० रुसी सैनिकलाई रिहा गरेको जनाएको छ ।
यस्तै, युक्रेनी राष्ट्रपति प्रशासनका प्रमुख एन्ड्री येर्माकले युक्रेनले ४८ सैनिक र दुई अफिसरहरू प्राप्त गरेको छ जसमा समुद्री, पैदल सेना, सीमा रक्षक र क्षेत्रीय रक्षाका सदस्यहरू छन् ।
‘हामीले मारिओपोलका १९ रक्षकहरू, चोर्नोबिल आणविक उर्जा केन्द्रका १५ जना र ज्यामिनी टापुबाट सात जना युद्धबन्दीलाई फिर्ता गर्न सफल भएका छौं’, येर्माकले भने । रुसी नियन्त्रणमा रहेको युक्रेनको दोनेत्स्क क्षेत्रको मस्को समर्थित प्रमुख डेनिस पुसिलिनले यसअघि किभसँग कैदी आदानप्रदान भइरहेको बताएका थिए ।
फेब्रुवरीमा युक्रेनमा द्वन्द्व सुरु भएदेखि किभ र मस्कोले हालसम्म १ हजारभन्दा बढी युद्धबन्दीहरू आदानप्रदान गरिसकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलस एन्जलस आगलागीः ‘बम खसेजस्तो’ भयानक अवस्था, मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
पुष २७, २०८१ शनिबार
कजाकस्तानले तेल उद्योगलाई प्रदूषणको लागि जरिवाना
पुष २७, २०८१ शनिबार
अमेरिकामा आँधीका कारण तीन हजार भन्दा बढी उडानहरू रद्द
पुष २७, २०८१ शनिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
अमेरिकामा आँधीका कारण तीन हजार भन्दा बढी उडानहरू रद्द
पुष २७, २०८१ शनिबार
लस एन्जलस आगलागीः ‘बम खसेजस्तो’ भयानक अवस्था, मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
पुष २७, २०८१ शनिबार
विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
सरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
कैलालीमा ‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे
पुष २७, २०८१ शनिबार
नक्शा स्वीकृत गर्ने प्रणाली विद्युतीय माध्यमबाट सञ्चालन गर्न निर्देशन
पुष २७, २०८१ शनिबार