सिरहामा कांग्रेस शून्यमा हुनुमा पार्टीभित्रको कलह प्रमुख कारण
नेपालबहस संवाददाता
मंसिर ११, २०७९ आइतबार २१:१०:२३
११ मंसिर, सिरहा । सिरहाको चारवटै निर्वाचन क्षेत्रमा प्रतिनिधि तथा प्रदेशसभातर्फ नेपाली कांग्रेस शून्य भएको छ । प्रतिनिधिसभाको चार र प्रदेशसभाको आठवटा निर्वाचन क्षेत्रमा कांग्रेस शून्य बनेको हो ।
कांग्रेसको किल्ला मानिने सिरहाको चारवटै क्षेत्रमा एमाले र जसपा विजयी भएका छन् । डा।सिके राउत नेतृत्वको जनमत पार्टीको उदय पनि कांग्रेस पराजित हुनुको एउटा कारण मानिएको छ । त्यसबाहेक पार्टीभित्रको अन्तरकलह नै मुख्य रहेको नेताहरुले टिप्पणी गरेका छन् ।
सत्तामा सामेलसहित वाम लोकतान्त्रिक गठबन्धनबीच सिट बाँडफाँड हुँदा सिरहामा प्रतिनिधिसभामा दुईवटा क्षेत्रमा कांग्रेसको भागमा परेको थियो । जसमा चित्रलेखा यादव र पद्मनारायण चौधरीले उम्मेदवारी दिएका थिए । दुईवटा क्षेत्र एकीकृत समाजवादी र माऔवादीका भागमा परेको थियो ।
स्थानीय तहको मतलाई आधार मान्दा सिरहाको चार निर्वाचन क्षेत्रमध्ये तीनवटामा सता गठबन्धनको जित सुनिश्चित देखिए पनि कांग्रेसभित्रको अन्तरकलहका कारण हार व्यहोर्नुपरेको नेपाली कांग्रेसका जिल्ला सचिव शैलेन्द्र यादवले बताए । अघिल्लो स्थानीय निर्वाचनमा सिरहामा जनमत पार्टीको उम्मेदवारी परेको थिएन । अरु स-साना दलको वर्चस्व पनि थिएन । तर अहिलेको निर्वाचनमा जनमत पार्टीले एमाले र जसपाको मत नकाटेर कांग्रेसको मात्र काटेकोले हार व्यहोर्नु परेको सचिव यादवले दाबी गरे । चुनावी परिणाम विगतको जस्तो नआए पनि जनताले गठबन्धनलाई विश्वास गरी अत्यधिक मत दिएको र त्सलाई संरक्षण गर्नतर्फ लाग्नुपर्ने उनको भनाइ छ ।
०७४ मा सिरहा १ बाट कांग्रेसका स्व. नेता प्रदीप गिरि निर्वाचित भएका थिए । गिरिले २३ हजार ९५१ मत ल्याएर निर्वाचित हुँदा एमालेका गंगा यादव २१ हजार ३७१ मत ल्याएर दोस्रो भएका थिए । त्यो बेला प्रदीप गिरिको जितमा संगठनको मतभन्दा पनि व्यक्तित्वको मत निर्णायक बनेको यस क्षेत्रका स्थानीय बुद्धिजीविहरू बताउँछन् । पार्टीभित्रको मतभेदका कारण यस क्षेत्रमा पराजित हुन पुगेको कांग्रेसका कार्यकर्ताहरू बताउँछन् ।
सिरहामा कांग्रेसमा पार्टीभित्रकै गुट–उपगुटका कारण यो निर्वाचनमा सत्तागठबन्धनले हार व्यहोर्नुपरेको कांग्रेसका जिल्ला तहका नेताहरू जनहरु स्वीकार्छन् । यहाँ कांग्रेसमा पहिलेदेखि नै गहिरो मतभेद कायमै रहेकाे र जसका प्रभाव र परिणाम यस निर्वाचनमा देखिएकाे नेपाली कांग्रेसका नेताहरू बताउँछन् ।
सिरहा १ को प्रतिनिधिसभा सदस्य निर्वाचित भएका रामशंकर यादव कांग्रेसका नेता तथा पूर्वमन्त्री पदमनारायण चौधरीलाई दुई हजार ८३ मतान्तरले पछि पार्दै विजयी भएका हुन् । सिरहा २ मा पूर्वमन्त्री तथा कांग्रेस नेतृ चित्रलेखा यादव लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार थिइन् ।
२०७४ को आमनिर्वाचनमा यस क्षेत्रबाट माओवादीबाट टिकट पाएका सुरेशचन्द्र दास यादव २८८८ मतान्तरले निर्वाचित भएका थिए । उनले यादवले २० हजार १४८ र उनका प्रतिस्पर्धी सत्रुधनप्रसाद सिंहले १७ हजार २६० मत प्राप्त गरी पराजित भएका थिए । पराजित भएका सिंह हालै सम्पन्न निर्वाचनमा सिरहा २ ‘ख’मा निर्वाचित भएका छन् ।
२०७४ सालमा समानुपातिक सांसद भएकी यादव कांग्रेसकी प्रमुख सचेतक छिन्। पुनः यसै क्षेत्रबाट उम्मेदारी दिएकी उनीप्रति रहेको मतदाताको असन्तुष्टिका कारण ११५० मतान्तरले पराजित भइन् । सिरहा २ मा जनता समाजवादी पार्टी, नेपालका उम्मेदवार राजकिशोर यादव २४ हजार १७८ मत ल्याई विजयी भएका छन् ।
सिरहा ३ मा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका विश्वनाथ साह र जसपा एमाले गठबन्धनका लीलानाथ श्रेष्ठबीच कडा प्रतिस्पर्धा रह्यो । प्रतिनिधिसभा निर्वाचन २०७४ मा श्रेष्ठले २३ हजार २२७ मत ल्याएर निर्वाचित हुँदा संघीय समाजवादी फोरमका असेश्वर यादवले २१ हजार २२० मत ल्याएर दोस्रो भएका थिए । पुनः यसै क्षेत्रबाट प्रतिनिधिसभामा लडेका पूर्वमन्त्री लीलानाथ श्रेष्ठले २८ हजार ६४ मत ल्याई विजयी भएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार विश्वनाथ साहलाई ११८२ मतान्तरले पराजित गरेका हुन् । पराजित विश्वनाथ साहले २६ हजार ८८२ मत ल्याएका छन् । विश्वनाथ साह २०४८ को आम निर्वाचन र २०६४ को संविधानसभा निर्वाचनमा तत्कालीन सिरहा–५ मा जनमोर्चा नेपालबाट उम्मेदवार बने पनि पराजित भएका थिए ।
सिरहा ४ मा एमाले जसपा गठबन्धनबाट जसपाका वीरेन्द्र महतो र सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका पूर्वमन्त्री धर्मनाथ साहबीचको प्रतिस्पर्धामा २४ हजार १०२ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका उम्मेदवार वीरेन्द्रप्रसाद साहलाई सात हजार ८०८ मतान्तरले पराजित गरेका हुन् । पराजित वीरेन्द्रप्रसाद साहले १६ हजार २९४ मत ल्याए । सता गठबन्धनका एकीकृत समाजवादीका उम्मेदवार धर्मनाथ साहले १४ हजार ६५३ मत ल्याइ तेस्रो स्थानमा रहे ।
२०७४ को आमनिर्वाचनमा सिरहा २ बाट निर्वाचित भएका जसपाका नेता राजकिशोर यादवले पूर्वकानुनमन्त्री अजयशंकर नायकलाई करिब दुई हजारभन्दा बढी मतान्तरले पराजित गरी सिरहा ४ बाट निर्वाचित भएका थिए ।
सिरहामा कांग्रेसमा पार्टीभित्रकै गुट–उपगुटका कारण यो निर्वाचनमा सत्तागठबन्धनले हार व्यहोर्नुपरेको कांग्रेसका जिल्ला तहका नेताहरू जनहरु स्वीकार्छन् । सिरहामा कांग्रेसमा पहिलेदेखि नै गहिरो मतभेद कायमै छ । जसको प्रभाव र परिणाम यस निर्वाचनमा देखिएकाे नेपाली कांग्रेसका नेताहरू बताउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपनिर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भई मतदान गर्न आयोगको आग्रह
मंसिर १५, २०८१ शनिबार
मतगणनाको अद्यावधिक परिणाम आयोगको बेवसाइटमा हेर्न सकिने
मंसिर १४, २०८१ शुक्रबार
उपनिर्वाचनको मौन अवधि सुरु, के गर्न पाइँदैन ?
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
भारतमा सबैभन्दा बढी कर तिर्ने पाँच सेलेब्रेटी, साउथ हिरो पनि परे
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार
एनपिएलका आयोजकप्रति दर्शकहरू रुष्ट
मंसिर १५, २०८१ शनिबार
निगमले बढायो पेट्रोल र हवाई इन्धनको मूल्य
मंसिर १५, २०८१ शनिबार